• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

धार्मिक पर्यटकीय आकर्षणस्थल बन्दै तनहुँको ‘आँधीमूल’


  •   शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
  • तनहुँ, असोज ८-
    तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा अवस्थित छ, आँधीमूल मन्दिर ।

    Advertisement

    प्यागोडाशैलीको मन्दिर, उद्यान, दुई पोखरी र माछाको आकृतिका २३ धारालगायतका संरचना पर्यटकका लागि मुख्य आकर्षण बन्ने गरेका छन् ।

    पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेकाले गाउँपालिकाले यस क्षेत्रको विकासमा प्राथमिकता दिएर काम गर्दै आएको छ ।

    गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विकास गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको वडाध्यक्ष प्रेमबहादुर गुरुङ बताए ।

    आँधीमूलमा दर्शन तथा भाकल गरेमा मनले चिताएको पुग्ने जनविश्वास छ । उक्त मन्दिरमा तनहुँ, कास्की, स्याङ्जा, गोरखा, लमजुङलगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।
    आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । आँधीमूल देवीको मन्दिरमा परेवा चढाउने, बोका र कुखुरा बलि दिने चलन छ ।

    पृथ्वीराजमार्गको सत्रसयफाँटदेखि करिब साढे दुई किलोमिटर दूरीमा आँधीमूल मन्दिर पर्दछ । उक्त दूरीको सडकमध्ये करिब सात सय मिटर कालोपत्र गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    सडक कालोपत्र गर्न एक करोड ३० लाख खर्च भइसकेको छ । रु एक करोड पचासी लाखको काम हुन अझै बाँकी छ ।

    उनले भने, “आँधीमूलमा रहेको पानीलाई थुनेर कृत्रिम ताल निर्माण गर्न लागेका छौँ ।” करिब १५ रोपनी क्षेत्रफलमा बनाइने तालका लागि गाउँपालिकाबाट रु ५० लाख विनियोजन गरिएको छ ।

    उक्त कार्यका लागि अहिले डिपिआर कार्य भइरहेको छ । पृथ्वीराजमार्ग सत्रसयदेखि पैदल हिँड्दा करिब एक घण्टा लाग्छ भने सवारीसाधनमार्फत बीस मिनेटमै पुग्न सकिनेछ ।

    गाउँपालिकाकै प्रमुख पर्यटकीय धार्मिकस्थलका रुपमा आँधीमूल मन्दिर परिचित रहेकाले यसलाई कायम राख्दै अझ व्यवस्थित गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

    चालु आर्थिक वर्षको अन्त्यसम्ममा पूरै सडक कालोपत्र गर्ने गरी काम अघि बढाइएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

    मन्दिरसम्म सडक कालोपत्र सम्पन्न भएपछि आँधीमूलसम्म पुग्न पर्यटकलाई सहज हुनाका साथै पर्यटकको सङ्ख्या अझै वृद्वि हुने विश्वास गरिएको छ । आँधीमूल पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ ।

    पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ ।

    गाउँपालिकाले गत वर्ष तारबार लगाएको थियो । त्यहाँ ट्रष्ट निर्माण गरिएको छ ।

    शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.