निराज रानाभाट , तनहुँ : काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमोचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ असाेज ०८ गते , शनिबार , सम्पन्न भएको छ ।
` काश्यप गोत्रीय रानाभाट प्रतिष्ठान : पितापुर्खाहरुप्रतिको हार्दिक सम्मान ´ भन्ने मुल नारासहित वि.सं. २०७८ सालमा स्थापना भएको काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानले माननीय राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यकाे प्रमुख आतिथ्यमा ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमोचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमकाे अध्यक्ष्ातामा नेपालहरि रानाभाट रहेका थिए , भने प्रमुख अतिथिमा राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्य रहेका थिए । त्यसैगरी , विशिष्ट अतिथिमा जे.भी. फाउन्डेसनका प्रेस सल्लाहकार टीपी भुसाल रहेका थिए । त्यस्तै , अतिथिमा भाषा सम्पादक ऋषिकेश बराल , केन्द्रीय प्रतिष्ठान परामर्श समितिका संयोजक सु. बलबहादुर रानाभाट , परामर्श समितिका सदस्य सुरज रानाभाट , काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानका उपाध्यक्ष शिवबहादुर रानाभाट , प्रतिष्ठानका सचिव शिवलाल रानाभाट रहेका थिए ।
अतिथिको रूपमै रानाभाट / भाट समाज नेपालका वरिष्ठ उपाध्यक्ष तथा काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानका अाजीवन सदस्य हरिबहादुर रानाभाट , प्रतिष्ठानका बलराम रानाभाट , प्रतिष्ठानका अाजीवन सदस्य नारन रानाभाट , प्रतिष्ठानका खिमबहादुर बिसी , प्रतिष्ठानका सदस्य तथा विधान मस्यौदा समितिका सदस्य विनोद रानाभाट रहेका थिए ।
त्यस्तै , तनहुँकाे म्याग्दे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष शिवबहादुर रानाभाट , म्याग्दे गाउँपालिका वडा नम्बर २ का वडा सदस्य महेन्द्र रानाभाट , कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २६ का सदस्य एवम् प्रतिष्ठानका सदस्य तीर्थबहादुर राजभाट , कास्कीकाे माछापुच्छ्रे गाउँपालिका वडा सदस्य गंगा रानाभाट , चर्चित राष्ट्रिय लाेक तथा दोहोरी गायक एवम् प्रतिष्ठानका अाजीवन सदस्य कृष्ण रानाभाट , प्रतिष्ठानका अाजीवन सदस्य तथा विभिन्न अनलाइन मिडियामा कार्यरत पत्रकार निराज रानाभाट , केन्द्रीय प्रतिष्ठानका केन्द्रीय सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई खादा तथा ब्याच वितरण भने प्रतिष्ठानका केन्द्रीय सदस्य अनिता रानाभाट गरेकी थिइन् ।
उक्त कार्यक्रममा सामुहिक राष्ट्रिय गान गाएर र साथै प्रमुख अतिथिमा राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यले पानसमा बत्ती बालेर उद्धाटन गरिएको थियो । त्यसैगरी , प्रमुख अतिथिमा राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यबाट काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानद्वारा प्रकाशित रानाभाट तथा भाट समुदायकाे उत्पत्ति र विकास तथा काश्यप गोत्रीय वंशावली शिर्षकको पुस्तक विमाेचन समेत गरिएको थियो ।
कार्यक्रममा सम्पूर्ण काश्यप गोत्रीय दिवंगत अग्रज पू्र्खाहरुको चिरशान्तिको लागि स्वस्तिवाचन सहित प्रार्थना सबै जना उठेर अा – आफ्नो पू्र्खाहरुको सम्झनामा मौन धारण पनि गरिएको थियो , जसमा स्वस्तिवाचन भाषा विद ऋषिकेश बरालले स्वस्तिवाचन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष शिवबहादुर रानाभाट व्यक्त गरेका थिए भने ऐतिहासिक पुस्तकका भाषा विद ऋषिकेश बराल लगायत अन्य अतिथिहरुले शुभकामना मन्तव्य साथसाथै अाउदै गरेको चाडपर्वकाे शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिमा राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यले काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानलाई आगामी दिनहरूमा आवश्यक परेमा सहयोग तथा अगाडि बढाउन सहयोग गर्ने प्रतिबद्धता राखेका थिए भने अाउदै गरेको नेपाली हिन्दुहरुको महान चाड विजय दशमी , शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त समेत गरेका थिए ।
त्यसैगरी , कार्यक्रममा बोल्दै प्रतिष्ठानका संस्थापक तथा केन्द्रीय अध्यक्ष नेपालहरि रानाभाट विगत केही वर्षदेखि ऐतिहासिक पुस्तक लेखनको लागि दिनरात नभनि लागेकाे र अहिले अाएर पुस्तक विमाेचन समेत गरिएको भनि अाउदै गरेको नेपाली हिन्दुहरुको महान चाडपर्व वडा दशैं , तिहार एवम् छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै , कार्यक्रममा बोल्दै प्रतिष्ठानको अाजीवन सदस्य हरिबहादुर रानाभाटले यस प्रतिष्ठानले शुरु गरेको काश्यप गाेत्रीय रानाभाट प्रतिष्ठानले जसरी अन्य गाेत्रहरुलाई प्रतिष्ठान स्थापना गर्न बाटो देखाएको र आगामी दिनहरूमा रानाभाट / भाट नेपालले साथ – सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अाउदै गरेको नेपालीहरुको मुख्य चाड – पर्व विजय दशमी ( बडा दशैं ) , शुभ – दिपावली ( तिहार ) साथै छठ पर्वको शुभ – कामना पनि दिएका थिए ।
शास्त्रगत मान्यतालाई शिरोपर गर्दै पितृपक्षको पावन अवसरमा काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानले आफन्त बिहिन वेवारिसे शवहरूको मृत्यु संस्कारको लागि अक्षयकोष स्थापना गरेको छ ।कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यले अभिप्रेरित भई उनीबाटै प्रारम्भिक खल्ती दानले ५ मिनेटमै २५ हजार रुपैयाँ संकलन भएको थियो ।
उक्त कार्यक्रममा आगामी ४ वर्षको लागि नयाँ केन्द्रीय कार्य समिति समेत गठन गरिएको थियो । जसमा केन्द्रीय अध्यक्षमा नेपालहरि रानाभाट , प्रथम उपाध्यक्षमा शिवबहादुर रानाभाट , द्वितीय उपाध्यक्षमा राजु रानाभाट , महा – सचिवमा शिवलाल रानाभाट , सचिवमा कृष्ण रानाभाट , कोषाध्यक्षमा बिनोद रानाभाट , सह – कोषाध्यक्षमा अनिता रानाभाट चयन भएका छन् , भने सदस्यहरुमा प्रदीप रानाभाट , सोमलाल रानाभाट , ऐकेन्द्र राजभाट , गोविन्द रानाभाट गरि १२ जना निर्वाचित र ३ जना मनोनित गरिएको छ । नव निर्वाचित कार्य समिति निर्विरोध भएको थियो ।
नयाँ केन्द्रीय कार्य समिति गठनमा चयन भएका सम्पूर्ण पदाधिकारीहरु तथा सदस्यहरुलाई प्रतिष्ठानको अाजीवन सदस्य हरिबहादुर रानाभाटले सपथ ग्रहण गराएका थिए । नयाँ कार्य समितिका पदाधिकारीहरु तथा सदस्यहरुलाई हरिबहादुर रानाभाट लगायत अन्य अतिथिहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम भने गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका – २ , बगुवास्थित रोयल्स हाेम रिसोर्ट प्रा. लि. सम्पन्न हुने भएको छ ।
काश्यप गाेत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानद्वारा प्रकाशित रानाभाट तथा भाट समुदायको उत्पत्ति र विकास तथा काश्यप गाेत्रीय वंशावली शिर्षककाे पुस्तकलाई कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश बैद्यले कार्यक्रममा उपस्थित भएका सम्पन्नता अाजीवन सदस्यहरु र कार्य समितिका पदाधिकारीहरुलाई ढाका टाेली लगाइदिदै काश्यप गाेत्रीय वंशावली समेटिएको ऐतिहासिक पुस्तक वितरण गरेका थिए ।
कार्यक्रमलाई भव्य र सव्य तरिकाले सम्पन्न गर्नेको लागि काठमाडौं उपत्यका , चितवन , तनहुँ , कास्की जिल्ला लगायत विभिन्न ठाउँबाट उपस्थित भएका थिए ।
अहिलेसम्म देश तथा विदेशबाट गरि कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानमा १ सय जना अाजीवन सदस्यहरु र ४२ जना साधारण सदस्यहरु छन् , भने अप्रत्यक्ष रूपमा साथ – सहयोग गर्ने सयौं व्यक्तिहरु रहेका छन् ।
