• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

बाढी प्रभावित क्षेत्रमा धमाधम सर्प देखिन थालेपछि..


  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो । वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौँ र घरमै बसौँ भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे । घर सफा गर्न थाल्दा सर्प निस्कियो ।

    Advertisement

    “घरभिर झारपात र हिलोमाटो भरिएको थियो, बूढाबूढी मिलेर सरसफाइ गर्दै थियो”, श्यामले भने, “श्रीमतीको हातैमा सर्प आयो, धन्न टोकेन, घरभित्र जम्मा भएको घाँसमा बसेको रहेछ ।”

    घरभित्रै सर्प निस्किएपछि उनीहरुले राम्ररी सरसफाइ गर्न सकेका छैनन् । बस्ने ठाउँ नभएकाले घर सफा नगरी नहुने छ । “असोज १ गते आएको बाढीले पनि विस्थापित बनायो, दसैँको चार दिनअघि घर आएका थियौँ, फेरि १९ गते आएको बाढीले पुनः घर छोडेर भाग्यौँ, घर छोडेको महिना नै पुग्न थाल्यो”, श्यामले भने, “जीवन अस्तव्यस्त भएको छ । बच्चाको एक महिनादेखि पढाइ प्रभावित भएको छ । त्रासैत्रासमा घर सफा गर्न थालेका छौँ । अब जस्तो भए पनि घरमै बस्छौँ ।”

    टीकापुर–८ का धना साउँदको घर सरसफाइ गर्ने बेला उहाँको घरमा पनि सर्प देखियो । “घर वरिपरि पानी बगिरहेको छ । घरभित्र पनि चार फिटसम्म पानी पुगेको थियो । घरभित्र झारपात, हिलो र बालुवा मात्र छ”, धनाले भनिन्, “सारा फोहोर घरभित्र र बस्तीमा आएको छ । जताततै गन्हाएको छ । सर्पमात्र होइन अन्य किरा पनि देखिन थालेका छन् ।”

    प्रभावित क्षेत्रमा बाढीले दुर्गन्ध बढाउनुका साथै सर्प किरा बस्ने बासस्थान पानीले भरिएकाले उनीहरु बासस्थान खोज्न घरभित्र पसेकाले जोखिम बढेको छ । टीकापुर ७ का अनु धामीको घरभित्र दुई किसिमका सर्प देखिए । “बाहिर जलमग्न भएपछि हाम्रो घरभित्र सर्प देखिए, माटोको घर हिलाम्मे भएका छन् । त्यसैमाथि किरा फट्याङ्ग्राको पनि त्रास बढेको छ”, उहाँले भनिन्, “मौसमअनुसार वर्षा सकिने समय भएको छ तर यहाँ साउन, भदौजस्तै बस्ती जलमग्न छन् । लामखुट्टे पनि उस्तै छन् ।”

    बाढी प्रभावित क्षेत्रमा जोखिमसँगै विभिन्न स्वास्थ्य समस्या हुनसक्ने भएकाले स्वास्थ्य संस्थाले सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्नुपर्ने बाढी पीडितको माग छ । भजनीकी धनादेवी विक बाढीले विस्थापित भएकाका लागि उपचार सेवा स्थानीयस्तरमै दिनुपर्ने माग गर्छिन्।

    लगातारको वर्षाले धेरै ठाउँ जलमग्न भएका छन् । घरभित्र पानी पसेको छ भने भर्खर पानी घट्दै गइरहेको छ । जताततै पानी हुँदा सर्प सुरक्षित ठाउँको खोजीमा घरभित्र पस्ने भएकाले सर्पदंशको त्रास बढी हुने गर्दछ । यस्तो बेला नागरिक बढी चनाखो हुनुपर्ने टीकापुर अस्पतालका फ्यामीली फिजिसियन डा दिलीप शाह बताउछन्।

    “झुल लगाएर सुत्ने गर्नुपर्छ । पानीले दुलो भरिएर सर्प बाहिर आउने भएकाले घरभित्र सुरक्षित ठाउँ खोज्न पस्छन्, यस्तो बेला सर्पदंशका घटना हुनसक्छन्”, डाक्टर शाहले भने, “अस्पतालमा पानी पर्ने समयमा सर्पदंशका बिरामी आउँछन् । यसपटकको वर्षापछि तीन जना सर्पदंशका बिरामी आएका थिए ।”

    सर्पदंशबाट बच्न राति कतै जानुपरे टर्च लाइट बालेर हिँड्न, जुत्ता लगाउँदा बुट लगाउने, सर्पलाई नजिस्काउने, टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा उपचारमा जान उनी सल्लाह दिन्छन् । “घर भिजेकाले सर्प घरको धुरीवामाथि सुरक्षित ठाउँमा हुनसक्छन्”, उनले भने, “अनिवार्य झुल लगाएर सुत्ने, आफ्नो स्वास्थ्यको आफैँले ख्याल गर्ने गर्नुपर्छ ।”

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.