म भरतपुर ३ मा १२/ १३ बर्ष देखि बस्दै आएको छु। १० बर्ष अघि हरियाली टोलको सल्लाहकार हुँदै करिब ४ बर्ष देखि नारायणी दोभान टोलको अध्यक्ष छु।
भरतपुर ३ मा माननीय कृष्णभक्त पोख्रेल ज्यूले १० बर्ष देखी सांसद पद जितेर के कति बिकास गर्नुभयो ?
हामी नारायणी किनारमा बर्षेनि बाढीमा डुब्दा राहत र उद्दारमा के कति प्रयास गर्नुभयो ?
अनि उहाँको पट्यासलाग्दो कार्यकालमा यो क्षेत्रमा त्यस्तो के उल्लेख्य काम गर्नु भयो र फेरि मतदाताले उहाँलाई चुन्ने ?
ब्यक्तिगत रूपमा उहाँ शालीन र भद्र पक्कै हुनुहुन्छ तर उहाँ परिक्षित सङ्गै फेलियर नेता हुनुहुन्छ।
उहाँले आफ्नै पार्टीका युवा एवं अन्य साथीहरूलाई अवसर दिनुपर्ने थियो त्यो भएन खैर त्यो उहाँको पार्टीको कुरा छाडौं।
मतदाता र स्थानीयबासीले उहाँलाई जिताउन पर्ने त्यस्तो खास कारण देखिन्न।
कमरेड पुराना नेताको सोंचमा पुग्नु गलत हो। मैदानमा प्रत्यक्षमा उठेका दिग्गज, बौद्धिक, केही गर्ने आँट र जोश भएका अरु थुप्रै अपरिक्षित नेता/युवाहरु आएका छन उनीहरु मध्ये हामी जो कसैलाई रोज्न सक्छौ।बेलैमा चेतना भया।
(सुर्य बराल भन्डाफोर अभियानका प्रमुख सम्पादक समेत हुनु हुन्छ ।)
