• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

लमजुङ प्रदेशसभा ‘क’ : जमिन्द्र र टकराज फेरि आमनेसामने


  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
  • आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दल र उम्मेदवार आन्तरिक जोडघटाउ र प्रचारप्रसारमा ब्यस्त हुन थालेका छन्। चुनावी माहोल तातिएसँगै चोकचोक र चियापसलहरुमा पनि सम्भावित निर्वाचन परिणामको बिषयमा छलफल र चर्चा हुन थालेको छ।

    Advertisement

    एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले प्रतिष्पर्धा गर्दैछन्।

    प्रदेश ‘क’ मा नेपाली कांग्रेस लमजुङका सभापति डा.टकराज गुरुङ र एमाले लमजुङका पूर्वअध्यक्ष जमिन्द्रमान घलेबीच प्रतिष्पर्धा हुँदैछ भने प्रदेश ख मा कांग्रेसका पूर्वसभापति भेषबहादुर पौडेल र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीबीच प्रतिष्पर्धा हुनेछ।

    संघीय निर्वाचन र प्रदेश ख मा दुई उम्मेद्वारबीच पहिलोपटक प्रतिष्पर्धा हुन लागेको हो भने प्रदेश क का उम्मेद्वारद्वय घले र गुरुङ बीच अहिले दोस्रोपटक प्रतिष्पर्धा हुन लागेको हो। दुई उम्मेद्वारबीच भएको दोस्रोपटकको प्रतिष्पर्धालाई लमजुङका नागरिकले निकै चासो र रोचकतापूर्वक हेरिरहेका छन्।

    २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा ८ सय ९२ को झिनो मतान्तरले बिजयी भएका घलेलाई मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा निर्वाचन भने भारी हुनसक्ने आँकलन छ।

    २०७९ मा भएको स्थानीय तह निर्वाचनको वडागत मतपरिणामले लोकतान्त्रिक–बाम गठबन्धनमा लमजुङमा अगाडि रहेको देखाउँछ भने प्रदेशसभा ‘क’ मा गठबन्धनको मत धेरै अगाडि देखिन्छ।

    कुल ३६ वटा वडा रहेको लमजुङ प्रदेश सभा ‘क’ मा काँग्रेस र माओवादीका केही स्वतन्त्र उम्मेद्वारको मत समेत गन्दा गठबन्धनले पाएको मत २१ हजार ३०९ रहेको छ भने नेकपा एमालेबाट उठेका वडाअध्यक्षहरुको मत १८ हजार ४४६ रहेको छ। वडाअध्यक्षले पाएको मतको आधारमा गठबन्धन २ हजार ८ सय ६३ मतले अगाडि छ।

    त्यस्तै पालिका ४ वटा पालिकाका प्रमुखको मतलाई आधारमान्दा पनि गठबन्धनको १७ हजार ९११ मत छ भने एमालेको १७ हजार १३६ मत रहेको छ । यसलाई आधार मान्दा गठबन्धन ७७५ मतले अगाडि देखिन्छ।

    त्यस्तै ४ वटै पालिकाका उपप्रमुखले पाएको मतलाई आधार मान्दा पनि गठबन्धन अगाडि देखिन्छ। गठबन्धनका उपमेयर/उपाध्यक्ष पदका उम्मेद्वारले १७ हजार ६० मत पाएका थिए भने एमालेका उपमेयर/उपाध्यक्ष पदका उम्मेद्वारले १४ हजार ९४४ मत पाएका थिए। उपाध्यक्षको मतको आधारबाट हेर्दा पनि गठबन्धन २ हजार ११६ मतले अगाडि देखिन्छ।

    ४ पालिकाका ८ जना प्रमुख/उपप्रमुख मध्य गठबन्धनबाट ५ जनाले जितेका छन भने एमालेबाट ३ जनाले जितेका छन्। कुल ३६ वटा वडामध्ये गठबन्धनको तर्फबाट २१ जना वडाअध्यक्षले निर्वाचन जितेका छन् भने एमालेको तर्फबाट १५ जना वडाअध्यक्षले निर्वाचन जितेका छन्।

    जनताको अभिमतमा एकपटक परिक्षित भईसकेका जमिन्द्रमान र यसपटक परिक्षण हुने जमर्को गरीरहेका डा.टकराज गुरुङ मध्ये कस्ले मार्ला बाजी ? त्यसलाई हेर्नभने मंसिर ४ नै कुर्नपर्नेछ।

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.