गत स्थानीय चुनावमा भरतपुर महानगरपालिकाका मेयरका उम्मेद्वार एमाले निकट विजय सुबेदिलाइ आफ्नै निकटतम पार्टीका नेता कार्यकर्ताबाट असहयोग भएको देख्न र सुन्नमा आएको छ।
स्थानीय निकायको चुनावी नतिजा हेर्दा, विजय सुबेदिलाई आफ्नै पार्टीको भोट नआएको देखिन्छ।
भरतपुर महानगरपालिकामा रहेको कुल २९ वडामा सुर्य चिन्नमा ४३९०३ मत खसेको थियो ।
विजय सुबेदिलाई ३९५८२ मत प्राप्त भएको थियो । विभिन्न वडाको मत सर्भेक्षण गर्दा विजय सुबेदिलाइ आफ्नै पार्टीका सहकर्मीहरुबाट असहयोग भएको सजिलै आकलन गर्न सकिन्छ ।
एमालेका पुर्ब जिल्ला पार्टी अध्यक्ष क्षेत्र नम्बर २ का माननिय कृष्ण भक्त पोखरेलको वडामा ३२७ मतले एमाले पार्टी, गठबन्दनका उम्मेद्वार भन्दा पछी परेको थियो, जुन वडा पहिले एमालेले जितेको थियोे।
उक्त वडा न १० भरतपुरको मुटु भनेर पनि चिनिने ठाउँ हो। त्यस्तै पुर्ब अध्यक्ष पार्वती रावलको वडामा पनि एमालेलाई आउन पर्ने २८३० मत नआएको देखिन्छ।
केन्द्रिय सदस्य तथा पुर्ब अध्यक्ष देबि ज्ञावालीको ४ नम्बर वडामा पनि निकटतम प्रतिद्वन्दी काङ्ग्रेसको भन्दा ३४ मत कम आएको देखिन्छ ।
वर्तमान एमाले जिल्ला अध्यक्ष राम प्रसाद न्यौपानेको ७ नम्बर वडामा पनि एमाले कमजोर देखिएको छ र २७२ मत एमालेलाई घाटा लाएको थियो।
त्यस्तै निसा अधिकारीको माइती १५ नम्बर वडामा एमालेलाई १५२३ मत कम आएको थियो।
दिब्य आचार्यको २१ नम्बर वडामा ७४३ मत एमालेलाई कम आयो, एमालेका सह सचिव प्रकाश ढुङ्गानाको वडा नम्बर १३ मा पनि एमालेलाई ३०० मत कम अएको थियो ।
माननिय कृष्ण भुर्तेलको वाड २६ नम्बरमा एमालेलाई १७२० मत कम आएको देखिन्छ ।
यसरी तथ्यांक सरासर हेर्दा एमालेका उच्च पदस्थ नेताहरुले आफ्नो वडामा मत गडबड गरि आफ्नो प्रतिद्वन्दीलाई जिताउन सहयोग गरेको महसुस आम सर्वसाधारणले गरेका छन् ।
एमाले भित्रको चरम गुटबन्दिले मेयरमा विजय सुबेदी पराजय भोग्नु भएको छ आकलन गरिएको छ।
