चितवन, कात्तिक ४ –
पछिल्लो समय उच्च शिक्षा अध्यनका लागि विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको क्यानडाका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले वृहत सेमीनार सम्पन्न गरेको छ ।
हिजो (बिहीबार) भरतपुर–१०, स्थित आफ्नै एक्सपर्ट भवनमा गरिएको सेमीनारमा ५ सय भन्दा बढी विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । उनीहरुले क्यानडासंगै युके र अमेरिकाका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श लिएका थिए । विद्यार्थीका लागि चाहिने शैक्षिक योग्यता, बैङकिङ प्रक्रिया, कलेज तथा विश्वविद्यालयको अवस्थाको बारेमा सेमीनारमा जानकारी गराईएको थियो ।
सेमीनारमा क्यानडाका १० वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधि, युकेका १९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधि र युएसएका २२ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा त्यहाँ अध्ययन गर्न आवश्यक मापदण्ड र शिक्षाको बारेमा प्रत्यक्ष रुपमा परामर्श दिएका थिए । सेमीनार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन भएको थियो ।

