• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

भक्तपुर २ मा महेश बस्नेत की दर्लभ थापा ? कस्को पल्ला भारी


  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
  • भक्तपुरमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र छ। क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेका महेश बस्नेत छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा छन्।

    Advertisement

    बस्नेत र थापाको अगाडि अन्य पार्टीका उम्मेदवारहरुको खासै चर्चा छैन। यसअघि सांसद भएका महेश बस्नेत फेरि पनि जित्ने आशाका साथ अघिबढी रहेका छन्। गठबन्धनका कारणले दुर्लभ थापाले नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको भोट पाउनेछन्।

    अहिलेको निर्वाचनमा नागरिकहरुले परिवर्तन चाहिरहेका छन्। त्यसैले पहिले टेस्टेड भइसकेका महेश बस्नेतको स्थानमा दुर्लभ थापालाई यसपटक मौका दिनुपर्दछ भन्ने जमात पनि भक्तपुरमा देखिएका छन्।

    उनीहरुको तर्क छ, महेश बस्नेतले जे–जे विकास गरिसकेका छन् अब उनले थप विकास गर्ने अवस्था छैन। एमालेको सरकार बनेको बखत मात्र उनको भनाइ सरकारले सुन्दछ। अहिले गठबन्धनको सरकार छ र मंसिर ४ पछि पनि नेपाली कांग्रेस कै नेतृत्वमा सरकार बनेमा महेश बस्नेतले आफ्नो क्षेत्रमा सिन्को समेत भाँच्न सक्दैनन् यस्तो अवस्थामा शेरबहादुर देउवाका निकट भनेर निचिएका दुर्लभ थापालाई जिताइयो भने उनका कारणले भक्तपुरको बाँकी क्षेत्रमा रहेका विकासका कामहरु हुन सक्छ भन्ने तर्कलाई विश्वास गर्नेहरु दुर्लभको पक्षमा खुलेका छन्।

    दुर्लभ थापा तर्क गर्छन, “नेपालको संविधानको मौलिक हक भित्र नै नागरिकहरुको लागि धेरै अवसरहरुको व्यवस्था गरिएको छ। ती कार्यान्वयन भएका छैनन्। त्यसलाई कार्यान्वयन गराउनु नै मेरो उम्मेदवारी हो।”

    अझै पनि संविधानले ग्यारेन्टी गरेका अधिकारहरु स्थापित हुन नसकेको भन्दै उनले आफ्नो ध्यान संविधानको कार्यान्वयनसंगै जनताको अधिकार पूर्ण गर्नेमा केन्द्रीत हुने धारणा राखे। उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको धेरै बर्ष भएपनि जनताले महशुस गर्न नसकेको बताए।

    दुर्लभ थापाले नागरिकको चाहना अनुसार विकास गर्दछु भन्दैछन्। एमालेले विपक्षीको क्षेत्रमा विकासका काम नगरेको गुनासो आइरहेको बेला क्षेत्रको सबैतिर विकास गर्नका लागि थापालाई जीताउने सम्भावना बढेर गएको बौद्धिक व्यक्तिहरु बताउँछन् ।

    यता नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पनि चुनावी प्रचारमा जोडतोडका साथ लागि परेका छन् । जनताको घरदैलोमा पुगेर आफुलाई जिताउन भोट मागिरेहेका छन् । पाँच बर्ष अगाडि जनताले आफुहरुलाई शंकाको दृष्टिले हेरेपनि अहिले सवै शंका हटिसकेको एमालेका उम्मेदवार बस्नेत बताउँछन् । बिगतमा एमालेले भनेको भन्दा धेरै काम गरेर देखाएको र आगामी दिनमा बाँकी कामहरुलाई पूरा गर्ने उनले बताए ।

    मैले मात्र गर्न सक्छु भनेर देखाउने र एमालेलाई मात्र अवसर दिने उनको तौरतरिकाबाट भित्र–भित्रै तटस्थ मतदाताहरु मन नपर्ने तर्क गर्दछन् । महेश बस्नेतलाई हराएर उनको मैले जे गर्दा पनि हुन्छ भन्ने भावनालाई तुहाएर अरुको जहिले पनि सत्तोसराप गरेर थर्काउने बानी कम पार्न चाहन्छन्। उनीहरु कुनै राजनीति दलका नेताहरु भन्दा स्वतन्त्रलाई भोट दिन मन भएको पनि बताउँछन् ।

    राजनीति दलका नेताहरु बिच तर्कको लडाइ निकै नै देख्न सकिन्छ । तर्कको लडाइ लड्नेमा महेश बस्नेत पनि पर्ने गर्दछन् । एक ताका महेश बस्नेतले नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवालाईआफूसंग चुनाव लड्न आउन चुनौति दिएका थिए। तर शेरबहादुर देउवाले भक्तपुरमै गएर एक कार्यक्रममा महेश बस्नेतलाई पहिले दुर्लभ थापालाई चुनाव हराएर देखाउन चुनौती दिएका छन् । महेश बस्नेतले दुर्लभ थापालाई चुनाव हराउँछन् या आफै हार्छन् । त्यो हेर्न मंसिर ४ पर्खनु नै पर्ने हुन्छ ।

    चुनाव अघिको राजनीतिक दलका नेताहरुको बोलीको विश्लेषण चुनावका बेलामा गर्ने गरिन्छ । महेश बस्नेतलाई पनि त्यस्तै भएको छ । उनको बोलीले केही मतदाताहरुलाई रुष्ट बनाएको पाइएको छ । भक्तपुरका प्रजातन्त्र प्रेमी सामाजिक भडकाब नचाहनेहरु, डर, त्रासबाट मुक्त जीवन निर्वाह गर्न चाहनेहरु सरल र मिलनसार स्वभावका दुर्लभ थापाकै पक्षमा विस्तारै ढल्कदै गएको देखिएको छ।

    जतिजति चुनाव प्रचार तिब्र भइरहेको छ, त्यतित्यति महेश बस्नेतको भनाइहरुबाट मतदाताहरुले विभिन्न कोणबाट विश्लेषण गरिरहेका छन्। विकास प्रेमी काठमाडौंका मेयर बालेन साह विरुद्धको महेश बस्नेतको अभिव्यक्तिले समेत उनलाई असर गरेको उक्त क्षेत्रका बौद्धिक व्यक्तिहरुले बताएका छन्।

    केही उम्मेदवारले महेश बस्नेतको पुरानो छबीका बारेमा कुरा उठाएर मतदाताहरुलाई सचेत गराउन थालेको देख्दा मंसिर ४ गतेसम्ममा नेपाली कांग्रेसका दुर्लभ थापा नै भक्तपुर क्षेत्र नं. २ का नागरिकमा पर्ने सम्भावनाहरु देखिन थालेको छ। यता, केही स्थानियहरु भने पहिला पनि एमालेका बस्नेतले आफुहरुका लागि निकै काम गरेको र यसपाली पनि फेरी उनलाई नै अवसर दिने बताउँछन् ।

    गठबन्धनका उम्मेदवार थापा कांग्रेस सभापति शेरबहादुुर देउवाका निकट मानिन्छन् भने बस्नेत एमाले अध्यक्ष ओलीका विश्वास पात्र हुन् । त्यसैले पनि यो निर्वाचनमा भक्तपुर क्षेत्र नं दुईलाई निकै महत्वका साथमा हेरिएको छ ।

    बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.