• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ३. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ४. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ५. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

सप्तरी-२ : उपेन्द्र यादवलाई सहज छैन चुनाव जित्न, लोसपाका ठाकुरको टक्कर


  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
  • आसन्न निर्वाचन मिति नजिकिएसँगै सप्तरी–२ मा चुनावी माहोल दिनप्रतिदिन चासोका साथ बढ्दै गएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि दुई राष्ट्रिय अध्यक्षसहित सत्तारुढ गठबन्धनका नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएपछि सबैको चासो सप्तरी– २ मा देखिएको छ ।

    Advertisement

    निर्वाचन मिति नजिकिँदै जाँदा तीनै नेताहरु आ–आफ्नो पक्षमा पार्न मत तान्न दिनरात मतदाताको घरदैलोमा घोषणापत्र बोकेर पुग्ने गरेका छन् ।

    यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर, जसपा–एमाले गठबन्धनबाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतसहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रतिस्पर्धा मुख्य प्रतिस्पर्धा यिनै तीन उम्मेदवारबीच हुने स्थानीयहरू बताउँछन् ।

    सप्तरीमा प्रतिनिधिसभा तर्फ चार र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्र रहेकोमा ९५ हजार ३ सय ४४ मतदाता रहेको यस क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालीन राजपा हालको लोसपाका साथै नेपाली कांग्रेससमेतको साथ पाएर उपेन्द्र यादवले चुनाव जितेका थिए ।

    यसपटक उपेन्द्रले एमालेसँग गठबन्धन गरि चुनावी मैदानमा आएका हुन् । अर्कोतिर अर्का प्रभावशाली नेता जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको उम्मेदवारीले पनि उनलाई चुनौती थपिएको छ ।

    यादव र राउत दुबै महादेवा गाउँपालिका–२ का मतदाता हुन् । एउटै वडाका दुई प्रभावशाली नेताले एउटै निर्वाचन क्षेत्र रोजेपछि यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको हो ।

    सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुर र जनमत पार्टीका अध्यक्ष समेत रहेका डा.राउतको पनि अहिले बलियो प्रतिस्पर्धा देखिन्छ । गत स्थानीय तहको मतपरिणालाई आधार मान्दा सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुर उपेन्द्र र डा.राउत भन्दा बलियो देखिएको नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल बताउँछन् ।

    स्थानीयतहको निर्वाचनमा जसपा र एमालेले पाएको मत जोड्दा १९ हजार ७५ पुग्छ । जबकी सत्तारुढ गठबन्धनको मत ३७ हजार ३७३ पुग्छ । जनमतले भने स्थानीयतहको निर्वाचनमा यस क्षेत्रबाट ३ हजार २७१ मत प्राप्त गरेको थियो । जनमतको सांगठनिक मत कमजोर देखिए पनि डा. राउतको व्यक्तिगत छवि र बढ्दो क्रेजले जित्न सक्ने सम्भावना बढी रहेको केही मतदाताको बुझाइ छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा ठाकुरले चुनाव जित्ने सम्भावना प्रवल रहेको गठबन्धनको दावी छ ।

    यस क्षेत्रमा राजविराज नगरपालिकाका, महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका गरी ४ पालिका पर्दछ । जस मध्ये २ मा लोसपा र १/१ पालिकाको प्रमुखमा कांग्रेस र जसपाले जितेका छन् । संसदीय चुनावमा जित दोहोर्‍याउने दबावमा रहेका उपेन्द्र आफूले गरेको विकास निर्माण कार्यलाई प्रमुख एजेन्डा बनाएका छन् ।

    जसपाको समेत अध्यक्ष रहेको यादवले आफ्नो कोही प्रतिस्पर्धी नै नभएको दावी गर्दै आएका छन् । पाँच वर्षमा विकास निर्माणका धेरै आधारहरु सुरू गरिसकेको जनताले पुनः आफुलाई नै मत दिने दावी गर्छन् ।

    सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले स्थानीय तह निर्वाचनमा गठबन्धन भित्रका दलहरुले प्राप्त गरेको मत तथा अहिलेसम्म जनताकै काम गर्दै आएकाले चुनाव जित्नेमा पूर्ण आशावादी छन् । जनताको नजिक भएको र उनीहरुको सेवा गरेको आधारमा पनि आफू बलियो स्थितिमा पुगेको ठाकुरको बुझाइ छ ।

    उनले आफू जिते सीमावर्ती भारतको निर्मलीसम्म पुगेको रेल सेवालाई भारत सरकारसँग कुटनीतिक पहल गरि जिल्लासम्म जोड्ने महत्वकांक्षी योजनाका साथै कृषि, स्वास्थ्य, शिक्षा, सडक, खेलकुद, पत्रकारिता लगायत क्षेत्र समेतको विकासका स्थानीय मुद्दा पनि समेट्दै मतदातासामू ३० बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् । घरदैलोका क्रममा उनले आफू जिते सबैलाई समान व्यवहार गर्ने मतदातासमक्ष प्रतिबद्धता गर्ने गरेका छन् ।

    पहिलोपटक निर्वाचनमा होमिएका जनमत पार्टीका अध्यक्ष डा. राउतले ठाकुर र यादवको मत काटेर आफूले चुनाव जित्ने बताए । नेताको आश्वासनबाट दिक्क भएका जनताले आफुलाई अवसर दिने र जित्नेमा उनी ढुक्क छन् ।

    आगामी ४ मंसिरमा देशरभा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदै छ ।

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.