• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

डोल्पा र सल्यानमा गठबन्धन र एमाले बीच कडा प्रतिस्पर्धा


  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ। दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन्।

    Advertisement

    निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा (एमाले) बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव प्रकाश ज्वाला छन् भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ।

    स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा सल्यानमा नेपाली काँग्रेसको ३३ हजार ६१६, मओवादी २६ हजार ७१३, एमालेको २६ हजार ६२८ र नेकपा (एकीकृत समाजवादी)को नौ हजार ४६७ मत छ। एक लाख ५७ हजार ७०१ मतदाता संख्या रहेको यस जिल्लामा गठबन्धनका साझा उम्मेदवार ज्वाला जित्नेमा ढुक्क छन्।

    विसंं २०५१, २०५६, २०७० र २०७४ सालसम्म चुनाव जितेर सल्यानमा राम्रै छवि कायम गरेका उनले यसपटक पनि आफूले चुनाव जितिसकेको र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जिकिर गरे। उनले भने, “सल्यानको विकास र समृद्धिको लागि मैलै गरेको कामलाई यहाँका मतदाताले राम्रोसँग पहिचान गर्न सक्नु नै मेरो जित हो।”

    एमालेका उम्मेदवार रायले आफ्नो व्यक्तित्व, भ्रष्टाचार नगर्ने संकल्प र परिवर्तित जनताको मत नै यस पटकको चुनाव जित्ने मुख्य आधार भएको दावी गरे।

    डोल्पामा पनि गठबन्धनमा साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य धनबहादुर बुढा आफ्नो जीत हुनेमा ढुक्क छन्। विसं.२०७० संविधानसभा तथा २०७४ सालको प्रतिनिधिसभा सदस्य जितेका उनले तेस्रो पटक पनि आफ्नो जीत सुनिश्चित रहेको जनाए।

    डोल्पा जिल्लाको स्थानीय तहको मतपरिणाम नेकपा (माओवादी केन्द्रको चार हजार ८५५, एमालेको चार हजार ५४५, काँग्रेसको तीन हजार ६९ र नेकपा (एकीकृत समाजवादी)को एक हजार ३३४ छ। जिल्लामा २२ हजार ४४० मतदाता संख्या छ।

    उनका प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीले पछिल्लो समयमा एमालेप्रति जनताको आशा बढ्दै गएकोले जीत आफ्नो पोल्टामा पर्ने जनाए। “गठबन्धनलाई नै चिरेर मैले चुनाव जित्छु,” उनले भने, “मतदाताले मेरो काम हेर्न चाहिरहेका छन्।”

    प्रतिनिधिसभा सदस्यका लागि डोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अंगतकुमार बुढा, नेकपा माक्र्सवादी (पुष्पलाल)बाट हर्कबहादुर ठकुल्ला र स्वतन्त्रबाट वीरबहादुर रोकाय पनि चुनावी मैदानमा छन्।

    प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आ-आफ्नै दावी

    सल्यान प्रदेश (१) मा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)बाट भीमप्रकाश शर्मा र एमालेका कुलबहादुर गिरी नै प्रतिस्पर्धी देखिएका छन्।

    उनले एक्लै जित्न सक्ने अवस्था हुँदै गर्दा गठबन्धन जोडिएपछि आफ्नो जीत सुनिश्चित भएको बताए। यद्यपि गिरीले गठबन्धनको हाउगुजी भ्रम मात्र भएकोले जीत आफ्नो हात पर्ने तर्क गरे।

    प्रदेश (२) क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार काँग्रेसका सुरेश अधिकारी र एमालेका उम्मेदवार गुलाबजंग शाहले टक्कर दिइरहेका छन्। उनी विसं.२०७४ को प्रदेशसभा सदस्यमा विजयी भएका थिए।

    यद्यपि काँग्रेसका निर्मल सिंहले बागी उम्मेदवारी दिएकाले जित्न सुनिश्चत गर्न गठबन्धनका उम्मेदवारलाई चुनौती बढेको छ। यसको फाइदा लिएर आफु जित्ने दाउमा भने एमाले छ।

    सल्यान (१) क्षेत्रमा बागचौर, दार्मा, कुमाख सिद्ध कुमाख गाउँपालिका, शारदा नगरपालिकाको १४ र १५ र बनगाड–कुभिण्डे नगरापलिकाका १–७ वडा पर्दछन्। त्यस्तै, (२) क्षेत्रमा कालीमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका १-१३ र वनगाड-कुपिण्डे नगरपालिकाका ९-१२ वडाहरु पर्दछन्।

    डोल्पा क्षेत्र (१)मा गठबन्धन दलका साझा उम्मेदवार काँग्रेसका दीपेन्द्रबहादुर शाही र एमाले शेरबहादुर बुढा चुनावी प्रतिस्पर्धामा छन्। एक्ला एक्लै लड्दा जीत्न सक्ने क्षमता बनाएको काँग्रेसलाई गठबन्धनले जीत सहज बनाएको उनले बताए।

    एमालेका बुढाले भने जस्तो सुकै गठबन्धन भएपनि आफ्नो जीत सुनिश्चित हुने जिकिर गरे। त्यस्तै, क्षेत्र नं. (१) मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बीरबहादुर शाही र एमालेका धनचन्द्र बैजी चुनावी प्रतिस्पर्धा छन्।

    राप्रपाका बौद्धसिंह कठायतलाई प्रतिस्पर्धी मानिएपनि शाहीले आफ्नो जित सुनिश्चित रहेको दावी गरे। एमालेका बैजीले जनताले आफूलाई अगाडि सार्ने मत व्यक्त गरे।

    डोल्पा प्रदेश क्षेत्र (१) मा काइके, छार्काताङ्सोङ र डोल्पोबुद्ध गाउँपालिका तथा ठूलीभेरी नगरपालिका रहेका छन् भने प्रदेश क्षेत्र (२)मा त्रिपुरासुन्दरी नगरपालिका, शे–फोक्सुण्डो, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका रहेका छन्।

    निर्वाचन क्षेत्र १ भएको सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन दल, नेकपा एमाले, राप्रपा, नेकपा (माले) र दुई स्वतन्त्र गरी छ र डोल्पामा एक स्वतन्त्रसहित पाँच उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन्। सल्यानबाट क र ख प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन स्वतन्त्रसहित ११ र डोल्पा क र ख प्रदेशसभा सदस्यका ७ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्।

    सल्यान र डोल्पाका दुवै जिल्लामा गठबन्धन दल, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माले)लगायतका पार्टीले यो चुनावमा भाग लिएका छन्।

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.