कांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए।
यस्तै, काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर वान म्यान बनेका बनेको हेर्न चाहेको पनि बताएका छन्। काठमाडौं महानगर– २९ मा सोमबार विहान आयोजित घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। ‘यो क्षेत्रका जनताले मलाई सरकारको ‘नम्वर वान म्यान’ बनेको हेर्न चाहेको बताएका छन्,’ सिंहले भने ‘उहाँहरूको चाहना पूरा गर्न म प्रयासरत पनि छु।’
आफूले काठमाडौं १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताए । उनले विजयी भएपछि संकटमा रहेको देशको अर्थतन्त्र समाधान गर्ने र लगानी–मैत्री वातावरण बनाउने दायित्व पूरा गर्ने बताए।
