• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

चुनाव नजित्दै ‘प्रधानमन्त्री’ पदमा किचलो शुरु, अन्तर्घातको संकेत


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • आमचुनावमा जित हारको फैशला हुन बाँकी छँदै सत्तारुढ नेपाली कांग्रेसभित्र प्रधानमन्त्री पदको किचलो शुरु भएको छ।

    Advertisement

    पार्टीका महामन्त्री गगनकुमार थापाले अवको चुनावपछि आफू प्रधानमन्त्री बन्ने र संसदीय दलमा हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिने बताएपछि देउवा क्याम्प महामन्त्री थापाको भनाइ अर्थहीन भएको भन्दै आक्रोशित भएको छ।

    उनै थापासँग महामन्त्रीमा पराजित भएका तर पार्टी सभापतिबाट पार्टीको प्रबक्ता पदमा नियुक्त गरिएका नेता प्रकाशशरण महतले त पार्टी कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा गगन थापाको दावीलाई खिल्ली उडाए।

    महतले स्पष्ट भाषामा भने, देउवाबाहेक अरुले भावी प्रधानमन्त्री पदमा दावी गर्नु प्रचारमात्र हो। उनले आगामी चुनावपछिको प्रधानमन्त्री शेरबहादुर देउवा नै भएको किटान पनि गरे।

    देउवा पक्षका नेता मीनबहादुर विश्वकर्माले पनि सार्वजानिकरुपमै संचारमाध्यमहरुमा देउवा नै भावी प्रधानमन्त्री हुने घोषणा गरेका छन्। अरुको दावीलाई उनले त गगन थापाको सम्भावना नै नभएको पनि बताएका छन्।

    उता, नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले अबको चुनावपछि गगन थापा प्रधानमन्त्री बन्ने र आफूले थापालाई नै सो पदका लागि सघाउने सार्वजानिक गरिसकेका छन्।

    कांग्रेसभित्रका गुटका नेताहरु यसरी चुनावअघि नै को प्रधानमन्त्री बन्ने र को बन्न असम्भव हुने भन्ने धारणा राख्दै मुख लाग्न थालेको घटनाले चुनावपछि पुन अस्थिरताको शंका बढाएको छ। प्रधानमन्त्री पदमा हुने वार्गेनिङले फेरि राजनीति तरंगित हुने र त्यसको तुसले मुलुकलाई अस्थिर बनाउन सक्ने छ।

    अहिले चुनाव जितिहालौं, हाम्रो क्षेत्रको हामीले भोट दिएको व्यक्ति प्रधानमन्त्री बन्दै छ भनेर जनतलाई ढाँट्नका लागि मात्र अहिले प्रधानमन्त्री पदमा गगन दावी गरेका हुन् भने उनको राजनीतिक जीवनमा यो झूठ भारी पर्न सक्छ। होइन उनी साँच्चै भावी प्रधानमन्त्रीको दौडमा इमान्दार छन् भने उनलाई उनकै पार्टी सभापति देउवा र सो पक्षीय नेताहरुले हराउने जोडदार प्रयत्न गर्न सक्नेछन्।

    जनतलाई भन्ने कुरा न हो चुनावपछि कसकस्को समीकरण बन्छ, चुनावी परिणाम नै के आउँछ त्यो थाहा छैन भन्ने अवसरवादी टिप्पणीहरु माओवादीका नेता कार्यकर्ताको मुखबाट सार्वजानिक भइरहेका बेला दाहालले पौडेललाई पनि प्रधानमन्त्रीका रुपमा सार्वजानिक सभामा उचालेर हिँडेका छन्।

    उता, कांग्रेसभित्रको यही किचलोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि खेल्ने मौका पाएका छन्। कात्तिक २८ गते तनहुं पुगेर उनले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बन्ने दावी गरिदिएर हिँडका छन्।

    पौडेलका लागि भोट माग्न आयोजित आमसभामा दाहालले पौडेलले जिते मुलुकको भावी प्रधानमन्त्री पौडल बन्न सक्ने बताएका थिए। जनतलाई भन्ने कुरा न हो चुनावपछि कसकस्को समीकरण बन्छ, चुनावी परिणाम नै के आउँछ त्यो थाहा छैन भन्ने अवसरवादी टिप्पणीहरु माओवादीका नेता कार्यकर्ताको मुखबाट सार्वजानिक भइरहेका बेला दाहालले पौडेललाई पनि प्रधानमन्त्रीका रुपमा सार्वजानिक सभामा उचालेर हिँडेका छन्।

    दाहालले पनि जनतलाई सिधै ढाँटेका छन्। कांग्रेस नेता मीन विश्वकर्माले सार्वजानिक गरेअनुसार आगामी निर्वाचनपछि गठबन्धनका तर्फबाट शुरुको

    आधा कार्यकाल शेरबहादुर देउवा प्रधानमन्त्री हुने र बाँकी कार्यकाल पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने आन्तरिक सहमति छ। यस्तो सहमति हुँदा हुँदै रामचन्द्र पौडेललाई प्रधानमन्त्री भन्दै प्रचार गर्नुमा दाहालको नियत के हो? चुनाव जनताको मन जित्ने लोकतान्त्रिक अभ्यास हो जनतलाई गुमराहमा राख्ने र ढाँट्ने अवसर होइन। यो कुरा नेताहरुले कहिले बुझ्लान?

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.