भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।
उक्त सभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम रहेको थियो ।
विष्फोटबाट १ जना घाइते भएका छन्। विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
