• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

राप्ती प्राविधिक शिक्षालयकै भवनमा ६ मन्त्रालय रहने


  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
  • लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ। संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ।

    Advertisement

    साविकको राप्ती प्राविधिक शिक्षालय भित्रै संसद भवन, मुख्यमन्त्री कार्यालय सहित ६ वटा मन्त्रालय रहनेछन्। बाँकी मन्त्रालयलाई परिसर बाहिर व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

    राजधानी कार्यान्वयन प्रक्रिया तीव्र गति हुँदा मन्त्रालयको व्यवस्थापनको कामसमेत धमाधम भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए।

    ‘एकै थलोभित्र सबै मन्त्रालय स्थापना गर्ने योजना हो। हामीसँग भएका मन्त्रालयहरुमध्ये आधा जति यही राख्न सकिन्छ। बाँकी मन्त्रालयहरु बाहिर सरकारी भवनमा राख्ने योजना छ,’ प्रवक्ता शर्माले भने, ‘सबै मन्त्रालय एकै ठाउँमा भएमा सेवा प्रवाहमा सहजता आउँछ। त्यसका लागि हामीले ध्यान दिएका छौ।’

    साविकको शिक्षालय परिसर भित्र प्रदेशसभा भवन पनि छ। जहाँ प्रदेशका ८७ जना प्रदेशसभा सदस्यले बैठकमा भाग लिनेछन्। अहिले प्रदेशसभा भवनको तयारी अन्तिम चरणमा छ। दोस्रो कार्यकालको पहिलो बैठक यहीं राख्ने योजना सरकारको छ।

    यस्तै साविक राप्ती प्राविधिक शिक्षालयले प्रयोग गरेका संरचना मर्मत गरेर मन्त्रालयहरु स्थापना गर्ने तयारी अघि बढेको छ। जसअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय व्यवस्थापन गर्ने काम सकिएको छ भने बाँकी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय एकै परिसरभित्र स्थापना गर्न अहिले भवन मर्मतको काम चलिरहेको हो । बाँकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि भवन स्टिमेट गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले जानकारी दिए। राजधानीसँग जोडिएका पूर्वाधार तयार पार्ने काम भइरहेको छ।

    ‘हामीलाई प्राप्त भएको जिम्मेवारी अनुसार मुख्यमन्त्री कार्यालय तयार भइसक्यो। बाँकी मन्त्रालयको भवन मर्मतको काम चलिरहेको छ,’ इञ्जिनियर केसीले भने, ‘मुख्यमन्त्री कार्यालयमा सेवा सञ्चालन हुने बेला बाँकी मन्त्रालय पनि तयार हुनेछन्।’

    तालिम हललाई मुख्यमन्त्री कार्यालय, हेल्थ डिपार्टमेन्ट भवनलाई आर्थिक मामिला तथा सहकारी मन्त्रालय, साइन्स ल्यावलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय बनाइएको छ।

    नेपाल सरकार मातहतमा रहेको राप्ती प्राविधिक शिक्षालय प्रदेश सरकारको स्वामित्वमा आएको छ। शिक्षालयलाई गोवरडिहास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ।

    ‘यो प्रदेशको स्वामित्वमा रहेको संरचना र जमिन हो। यसलाई प्रदेश सरकारले प्रशासनिक केन्द्र बनाउने निर्णय गरे अनुसार यहाँ काम भइरहेको छ,’ सरकारका प्रवक्ता शर्माले भने, ‘अहिले मुकाममा रहेका मन्त्रालयहरु यहाँ आउनेछन्।’

    पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय यसअघि नै यहाँ स्थापना भइसकेको छ। स्वास्थ्य मन्त्रालय राप्ती गाउँपालिका–५ सिसहनियामा छ। यो परिसरभन्दा बाहिर रहेको मन्त्रालयमा स्वास्थ्य मन्त्रालय पर्छ।

    उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकूद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको लागि पूर्वाधार आवश्यक छ।

    प्रदेश सरकारले मन्त्रालयहरुको संख्या धेरै भएकाले गाभ्ने योजना समेत बनाएको स्रोतले बताएको छ। ‘मन्त्रालयहरु धेरै छन्। मन्त्रालयहरु गाभ्ने योजना पनि हुनसक्ने बताइएको छ। ‘महत्वपूर्ण मन्त्रालय यही परिसरभित्र रहनेछन्। नयाँ सरकार बन्ने बेलामा पनि यसले अर्थ राख्छ।’

    राप्ती प्राविधिक शिक्षालयभित्रको १८ विगाह जग्गामा साना ठूला गरेर ४० वटा भवन छन्। ती भवनलाई मर्मत गरी प्रयोगयोग्य बनाउने काम भइरहेको छ।

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.