• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर सर्ट फिल्म प्रतिस्पर्धा गर्ने, विजेता फिल्मलाई २ लाख


  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ। बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो।

    Advertisement

    बिहीबारदेखि नै सहभागिताका खुल्ला गरिएको प्रतिस्पर्धामा फिल्म निर्माणमा रुचि भएका जोकोहीले पनि भाग लिन सक्ने कार्यक्रममा जानकारी गराइएको थियो।

    कार्यक्रममा बोल्दै नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका सर्ट फिल्म कम्पिटिसन गतिलो प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे। उनले धेरै लगानी गरेर फिल्म बनाउन गाह्रो हुनेका लागि यस्ता प्रतिस्पर्धा वरदान हुनसक्ने भन्दै सहभागिताका आव्हान गरे।

    ‘फिचर फिल्म निर्माण निकै महंगो हुने गर्छ तर सर्ट फिल्म थोरै पैसामा पनि बनाउन सकिन्छ। तर हामीले पैसा छैन तर कथा छ भने पनि निर्माणमा हातेमालो गर्न तयार छौँ भन्ने सन्देश दिन यो प्रतिस्पर्धा आयोजना गरेका हौँ,’उनले स्पष्ट पारे।

    सांगीतिक क्षेत्रमा एकनासले राज गर्दै आएको म्युजिक नेपालले संगीतसँगै नेपाली सिनेमाका लागि पनि केही गरौँ भन्ने अभिप्रायले प्रतिस्पर्धाको आयोजनामा हातेमालो गर्न लागेको जानकारी गराए। म्युजिक नेपालको प्रतिनिधिको रुपमा बोल्दै राजीव लोहनीले भने, ‘म्युजिक नेपालले नेपालको संगीत क्षेत्रमा गरेको योगदान सर्व विदित नै छ। हामी दायरा फराकिलो पार्दै फिल्मकर्मीसँग काम गर्न इच्छुक छौँ। यो एउटा सुरुवात हो।’

    सर्ट फिल्म कम्पिटिसिनमा निर्णायकको भूमिका अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारीले गर्नेछन्। कार्यक्रममा बोल्दै अनुप बरालले सर्ट फिल्मलाई बिरुवाको सानो रुपको रुपमा व्याख्या गर्दै सर्ट लम्बाइको हिसाबले सानो भए पनि सानो बनाउन झन् ठूलो मेहनत लाग्ने धारणा राखेका थिए।

    ‘सर्ट फिल्म बनेको बेर्ना हो । यही बेर्ना ठूलो भएर रुख बन्छ र फल दिन्छ। फिल्मकर्मीका लागि पनि लघु फिल्म यस्तै बेर्ना हो। सानो चिज बनाउन झन् ठूलो मेहनत पर्छ तर सानो चिजकै सामथ्र्य ठूलो हुन्छ,’ उनले भने। उनले स्टिभन स्पिलवर्गको लघु फिल्म ‘एम्बलिन’को उदाहरण दिँदै उनले विश्वका महान् निर्देशकले पनि लघु फिल्म निर्माण गरेर फिचर फिल्मका लागि अनुभव बटुलेको दृष्टान्त दिएका थिए।

    कार्यक्रममा बोल्दै अर्का निर्णायक सुजित बिडारीले यस्ता प्रतियोगिताको महत्व कति हुन्छ भन्ने कुराको आफू भुक्तभोगी भएको बताउँदै यस्ता प्रतिस्पर्धाले भिज्युवल लिटरेसी निर्माण ठूलो योगदान गर्ने धारणा राखेका थिए। कार्यक्रमको अन्त्यमा बोल्दै अभिनेत्री सुरक्षा पन्तले म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर यस्ता कार्यक्रम गर्ने कुरालाई आफूले दुवैले कामको दायरा बढाउने पहलका रुपमा बुझेको बताएकी थिइन्।

    ‘फिल्म कलेजले फिल्म पढाएर मात्र दायित्व पूरा हुँदैन। यस्ता कार्यक्रमले त्यसरी पढेको कुरालाई जाँच्ने अवसर पनि दिन्छन् र यसले सहकार्यको महत्व पनि बुझाउँछ ,’उनले भनिन्, ‘अर्को महत्वपूर्ण कुरा चाहिँ मलाई पनि धेरैले मसँग कथा छ के गरौँ भनेर पनि मेसेज गरिरहनु भएको हुन्छ। अब यता पठाउनुस् भन्न सजिलो भयो।’

    प्रतिस्पर्धामा सहभागी हुन चाहने फिल्मकर्मीले फागुन ३० सम्म कथासार बुझाउनु पर्नेछ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनु पर्नेछ। यसरी आएका स्क्रिप्टलाई निर्णायकद्धारा ३ दिन प्रशिक्षण दिइनेछ र यो पश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ। छानिका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन्।

    यो प्रक्रियापछि निर्माण भएर आएका फिल्ममध्ये पहिलो बन्नेले २ लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रुपमा नगद पुरस्कार पाउनेछन्। आयोजकका अनुसार स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान ५० हजार नगद प्राप्त गर्नेछन्।

    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.