• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

एक्कासी भूकम्प आइहाल्यो भने त्यसबाट बच्न हामीले के गर्नुपर्छ ?


  •   मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
  • सोमबार टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्प यस दशककै सबैभन्दा घातक भूकम्प थियो । यस भूकम्पका कारण दुवै देशमा चार हजारभन्दा बढीको मृत्यु भएको पुष्टी भइसकेको छ ।

    Advertisement

    टर्की यस्तो देश हो, जहाँ भूकम्पको खतरा सधैं रहन्छ । टर्कीमा सन् १९३९ देखि १९९९ सम्म पाँचवटा ठूला भूकम्प गएका छन् ।

    सन् १९०० यता टर्कीमा ७६ वटा भूकम्प गएका छन् जसमा ९० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । यीमध्ये आधा मृत्यु सन् १९३९ र १९९९ को बीचमा भएको थियो।

    २०२१ मा हाइटीमा गएको भूकम्प पनि पछिल्लो दुई दशकमा विश्वमा आएका अन्य गम्भीर भूकम्पहरूमा परेको छ। यस भूकम्पमा २२ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

    २०१८ मा इन्डोनेसियामा भूकम्पमा ४३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। २०१७ मा अर्को भूकम्पले ४०० भन्दा बढी मानिसको ज्यान लियो।

    भूकम्पको भविष्यवाणी

    भूकम्प कहाँ आउँछ भन्ने थाहा पाउन सम्भव भए पनि भूकम्प कहिले आउँछ भन्ने अनुमान गर्न भने अझै टाढा रहेको वैज्ञानिकहरू बताउँछन् । यस्तो अवस्थामा भूकम्पको सही भविष्यवाणी गर्न सकिन्छ ?

    इम्पेरियल कलेज लन्डनका भूकम्पविद् डाक्टर स्टीफन हिक्सले यस प्रश्नको जवाफ अपसोचका साथ ‘सकिँदैन’ भनेर दिन्छन्।

    डा. हिक्स भन्छन्, “हामीले यति गर्न सक्छौं कि हामी भूकम्पको पूर्वानुमान गर्न सक्छौं। हामी अनुमान गर्न सक्छौं। अमेरिकाको क्यालिफोर्निया वा जापान जस्ता ठाउँमा भूकम्पको पूर्वानुमान गर्ने काम अहिले बढिरहेको छ ।

    त्यसोभए तपाई सुरक्षित रहन के गर्न सक्नुहुन्छ र तपाईले के गर्नु हुँदैन ?

    सधैं तयार रहनुहोस्

    भूकम्प कहिले आउँछ भनेर अनुमान लगाउन सजिलो छैन। तर विशेषज्ञहरु भन्छन् कि तपाईं सधैं तयार हुनुपर्छ। यसको मतलब यो हो कि तपाईसँग सधैं भूकम्पको सामना गर्ने योजना हुनुपर्छ।

    डाक्टर स्टीफन हिक्स भन्छन्, “यदि तपाईं भूकम्प जाने क्षेत्रमा बस्नुहुन्छ भने कुनै पनि आपतकालिन अवस्थाका लागि आफ्नो घरमा सधैं झोला तयार हुनुपर्छ।”

    यो झोलामा पानी, टर्च, प्राथमिक उपचार किट र केही खाद्यान्न समावेश हुनुपर्ने उनको भनाइ छ । रेडक्रसका अनुसार मानिसहरूले यस किटमा केही नगद र औषधि रेकर्ड जस्ता महत्त्वपूर्ण कागजातहरूको प्रतिलिपि पनि बोक्नुपर्छ।

    तपाईं बसेको भवन सुरक्षित छ भने त्यहीँ बस्नुहोस्।

    अमेरिकी सरकारको वैज्ञानिक संस्था युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार यदि तपाईं भूकम्पको समयमा जहाँ हुनुहुन्छ त्यहीँ बस्नुभयो भने घाइते हुने सम्भावना कम हुन्छ। त्यसैले भूकम्प जाँदा एक कोठाबाट अर्को कोठामा दौडनु हुँदैन भनी भूगर्भ सर्वेक्षणले सुझाव दिएको छ ।

    विज्ञहरूका अनुसार आफूलाई सुरक्षित राख्ने सूत्र भनेको – ‘भुइँमा सुत्नुहोस्, आफूलाई छोप्नुहोस् र बलियोसँग समात्नुहोस्।’

    आफ्नो खुट्टा र घुँडाको बलमा तल बस्दा तपाईंलाई माथिबाट खस्ने चीजहरूबाट बच्न मद्दत गर्नेछ र आवश्यक भएमा अलिकति हलचल गर्न पनि सक्नुहुनेछ। यदि तपाईं टेबुल वा डेस्क मुनि हुनुहुन्छ र लुक्नको लागि कुनै अन्य ठाउँ छैन भने हल्लाइरहुन्जेल यसलाई बलियोसँग समाउनुहोस्।

    भुकम्प आएपछि बच्ने एउटा उपाय भनेको ढोका नजिकै उभिनु पनि हुन सक्छ । तर, विज्ञहरू भन्छन् कि यदि तपाईं पुरानो घरमा बस्नुहुन्छ भने सबैभन्दा राम्रो तरिका टेबुलमुनि लुक्नु हो।

    भूकम्पका कारण घरका झ्याल र बालकनी प्रायः पहिले खस्छन् । यस्तो अवस्थामा तपाईलाई यी खतरनाक ठाउँहरूबाट टाढा रहन सल्लाह दिइन्छ।

    सबैभन्दा सुरक्षित महसुस भएपछि मात्र बाहिर जानुहोस्

    जब पृथ्वी हल्लिन रोकिन्छ, भत्किने खतरामा रहेको भवनबाट बाहिर निस्कनु सबैभन्दा सुरक्षित हुन्छ। यी सबै चीजहरू भूकम्पको समयमा तपाइँ भवन भित्र हुँदाका लागि हुन्। तर, भूकम्पको बेला तपाइँ बाहिर हुँदा के गर्ने ?

    विज्ञहरू भन्छन्, “तपाईं जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस्। किनभने भवनहरू, बिजुली र फोन पोलहरू, ढल म्यानहोलहरू र तेल र ग्यास पाइपलाइनहरूबाट भाग्दा तपाईंको चोटपटकको जोखिम बढ्छ। तपाइँ पूर्ण रूपमा खुला क्षेत्रमा जानु राम्रो हुनेछ। जहाँ टेलिफोन र बिजुलीका पोल छैनन् । त्यहाँ कुनै भवन हुनु हुँदैन।

    खतराबाट टाढा रहनुहोस्

    अर्थक्वेक कन्ट्री एलायन्सका अनुसार अधिकांश घाइते वा मृत्यु टेलिभिजन, बत्ती, ऐना र बुककेस जस्ता वस्तु खसेर हुने गरेको छ । त्यस्ता चीजहरूबाट चोट लाग्नबाट जोगिने एउटा उपाय भनेको आफ्नो भारी फर्निचरलाई लचिलो तारले भित्तामा बाँध्नु हो।

    भूकम्पपछिको मृत्युको अर्को ठूलो जोखिम फुटेको पाइपबाट ग्यास चुहनु हो। डाक्टर स्टीफन हिक्सले सन् १९०६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा गएको भूकम्पलाई उद्धृत गर्दै तीन हजारभन्दा बढी मानिसको ज्यान गएको बताए ।

    उनी भन्छन्, ‘त्यस घटनामा ज्यान गुमाउने धेरैजसोको मृत्यु भूकम्पका कारण भवन हल्लिएर वा भत्किएर नभई ग्यास पाइपलाइनमा भएको विस्फोटका कारण भएका हुन् ।’

    डा हिक्सले मानिसहरूलाई कुनै पनि ज्वलनशील पदार्थबाट राम्रो दूरी कायम राख्न सल्लाह दिन्छन्। डा. हिक्सले भूकम्प पूर्व तयारी अभ्यासको महत्वलाई पनि जोड दिन्छन्।

    उनी भन्छन्, ‘धेरै देशमा भूकम्प आएमा के गर्ने भनेर सिकाउन नियमित रिहर्सल गरिन्छ र त्यसमा प्रत्येक व्यक्ति सहभागी हुनुपर्छ। तर, भूकम्प गएको टर्कीको क्षेत्रमा सायद यस्तो केही भएको छैन । किनभने टर्कीको यस क्षेत्रमा लामो समयसम्म भूकम्प आएको थिएन।’

    मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.