युनाइटेड मोदी हाइड्रोपावरले लाभांश वितरण गर्ने अनुमति प्राप्त गरेको छ। कम्पनीले नियामक निकाय विद्युत नियमन आयोगबाट आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने अनुमति प्राप्त गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँको ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने अनुमति प्राप्त गरेको हो। अब यो हाइड्रोपावर कम्पनीले आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।
