• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

विभाजित माओवादी घटकहरुको ‘केन्द्र’ बन्ने प्रयत्नमा माओवादी केन्द्र


  •   मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
  • तत्कालीन जनयुद्धकालीन माओवादीबाट विभाजित घटकहरु द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा व्यक्ति हत्याको आरोपमा दर्ताभएसँगै सहकार्यमा जुटेका उनीहरु फेरि अलग हुन पुगेका छन्।

    Advertisement

    सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर मुद्दा दर्ता पछि एकै ठाउँमा उभिएका माओवादीका विभाजित केही घटकहरु एकताको सन्निकट असन्तुष्ट बनेका हुन्।

    आइतबार माओवादीका विभाजित आठ घटकहरुले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए। सोही पत्रकार सम्मेलनमा असन्तुष्टि दर्शाउँदै केही माओवादी घटकहरुले असहमति जनाएका छन्।

    जनयुद्धकालीन माओवादीबाट विभाजित भएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिष्ट पार्टी नेपालले असहमति ब्यक्त गर्दै अलग भएको जानकारी गराएका छन्।

    माओवादीका तीन घटकहरुले पत्रकार सम्मेलनपछि जारी गर्ने संयुक्त वक्तब्यमा प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दल माओवादी केन्द्रले हस्तक्षेप गरेको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन्।

    सुरुमा सबैले अपनत्वबोध गर्ने गरी वक्तब्य तयार गरिएको तर पछि प्रचण्डकै आग्रहमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले संयुक्त वक्तब्य परिवर्तन गरी सरकारको बचाउ गर्दै आफ्नो अनुकूल सम्प्रेषित गरेको बाहिरिएका माओवादीका तीन घटकको आरोप छ।

    सत्तारुढ माओवादी केन्द्रसँगको संयुक्त मोर्चाबाट तीन घटक अलग भएको नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपी गजुरेलले बताए। उनले सत्तारुढ माओवादी केन्द्रले सत्ताकै चरित्र दर्शाएकाले कतिपय धारणा फरक भएकाले अलग हुने निर्णय गरेको उनले बताए।

    उनले डिसी नेपालसँग भने, ‘हामी उहाँहरुसँग अलग भएका छौं। अब हामीले आफ्नै ढंगले कार्यक्रम लिएर जान्छौं।’ उनले माओवादी केन्द्रले आयोजना गरेको कुनै सामूहिक कार्यक्रममा सहभागीता नजनाउने प्रष्ट पारे।

    उनले संयुक्त वक्तब्य जारी गर्ने क्रममै दुराशयपूर्ण तवरले माओवादी केन्द्रले आफ्नो अनुकूल आफूहरुको सहमति बेगर वक्तब्यबाजी गरिएको आरोप लगाए। उनले भने, ‘संयुक्त वक्तब्य जारी गर्ने जिम्मा महराजीलाई दिएको थियो तर उहाँले सबैको भावना समेट्ने गरी तयार गरिएको वक्तब्यलाई क्यान्सील गरेर आफ्नो अनुकूल नयाँ बनाउनुभएछ।’

    उनले नयाँ तयार गरिएको माओवादी घटकहरुको संयुक्त वक्तव्यमा सरकारको गुणगान गाएको आरोप लगाए। उनले भने, ‘त्यसमा आफ्नो सरकारको गुणगान गाउनु भयो। नीतिगत रुपमा हामी सरकार र यो व्यवस्था नमान्ने परियो त्यसैले उहाहरुको आशय यही सरकारको बचाउ गर्ने र आवश्यकताका आधारमा मात्रै प्रयोग गर्ने जस्तो देखियो।’

    आगामी कार्यक्रम माओवादी केन्द्र बेगर नै तीन घटकले अलग्गै संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको उनले प्रष्ट पारे। माओवादी घटकहरु राजनीतिक विचार र कार्यक्रमका आधारमा अलग यात्रा तय भइसकेकाले पूर्वमाओवादी भावनाका आधारमा मात्रै एक हुन नसक्ने गजुरेलको ठहर छ।

    तर, सत्तारुढ माओवादी केन्द्र भने सबैलाई समेटेर शक्तिशाली बन्ने अभियानमा लागेको छ। आज मंगलबार विभाजित माओवादी घटकहरुको संयुक्त आयोजनासमेत गरेपनि अन्तिम समयमा स्थगन भएको जानकारी गराइएको छ।

    गएको आइतबारबाट चिढिएका माओवादीका तीन घटकहरुसँग फेरि समन्वय गर्ने अभिप्रायले माओवादी केन्द्रले पहल थालेको पार्टी महासचिव देव गुरुङ बताउँछन्।
    उनले मुद्दाका आधारमा सबै माओवादी घटकहरु आजपनि एक ठाउँमा रहेकोे दाबी गरे। ‘प्राविधिक रुपमा केही असहमति हुनसक्छ तर हामी एक ठाउँमा छौं’, महासचिव गुरुङले भने।

    उनले पूर्व माओवादीहरुलाई जनयुद्धकालीन मुद्दाका आधारमा सबै एकतावद्ध रहेको र आगामी दिनमा समेत कायम रहने उल्लेख गरे ।
    माओवादी आन्दोलनका उपलब्धीहरुका विरुद्ध भए गरेका सबै गतिविधिमा सबै विभाजित माओवादी घटकहरुले प्रतिवाद गर्ने उनले प्रष्ट्याए।

    ‘विस्तृत शान्ति सम्झौताले यहाँसम्म ल्याएको हो । त्यसैको उपज आजको अवस्था आएको हो । त्यसको विपरीत हुने सबै क्रियाकलापको डटेर सामना गर्छौं,’ महासचिव गुरुङले भने ।

    मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.