• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

नेपाल विश्वकै छैटौंं सस्तो देश !


  •   आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
  • नेपाली बजारमा महंगी दिन प्रतिदिन बढिरहेको नेपाली उपभोक्ताले महसुस गरिरहेका छन् । महंगीको मार झेलिरहेका नेपाली उपभोक्तालाई नेपाल विश्वकै सस्ता देशहरुमध्ये पर्छ भन्दा पत्याउन गाह्रो हुन्छ तर यो सत्य हो ।

    Advertisement

    नेपाल विश्वकै सबैभन्दा सस्ता देशहरुको सूचीमा छैटौं नम्बरमा छ । तर, नेपाली उपभोक्ताका लागि नेपाली बजार महंगो महसुस हुनुको कारण हाम्रो नेपाली मुद्राको अवमूल्यन हो । नेपाली बजारमा वस्तुको मूल्य जसरी बढिरहेको छ त्यही अनुपातमा विदेशी मुद्राको मूल्य पनि बढिरहेको छ । त्यसैले विदेशी वा अन्तर्राष्ट्रिय मुद्रा (अमेरिकी डलर) मा भने नेपाली बजार महंगो छैन ।

    उदाहरणको लागि १ वर्षअघि १२० रुपैयाँ मूल्य पर्ने सामानलाई अहिले १३० रुपैयाँ मूल्य पर्दा नेपाली उपभोक्ताले मूल्य १० रुपैयाँ बढेको मान्नुपर्छ । तर, डलरमा भने यो मूल्य कत्ति पनि बढेको होइन । किनकि १ वर्षअघि १ डलरको मूल्य १२० रुपैयाँको आसपास थियो जुन अहिले १३० को आसपासमा पुगेको छ । अर्थात त्यो वस्तुको मूल्य १ वर्षअघि पनि १ डलर नै थियो र अहिले पनि १ डलर नै छ ।

    वास्तवमा नेपाल विश्वकै छैटौं सस्तो देश बनेको छ । नम्बियो डटकमले सार्वजनिक गरेको कस्ट अफ लिभिङ सूचकांकका अनुसार नेपाल विश्वका सस्ता सहरहरुको सूचीमा छैटौं नम्बरमा परेको हो । यो सूचकांकका लागि १४० देशहरुका तथ्यांकहरु समावेश गरी विश्लेषण गरिएका छन् ।

    यो सूचकांक अमेरिकाको न्यूयोर्क सहरलाई १०० प्रतिशतको मापदण्ड मानेर गरिएको छ । यसअनुसार नेपालको कस्ट अफ लिभिङ इन्डेक्स २४.८ छ । यसको अर्थ न्यूयोर्कमा १०० डलर मूल्य पर्ने वस्तु वा सेवा नेपालमा २४.८ डलरमै पाइन्छ । यसअनुसार सबैभन्दा सस्तो देश पाकिस्तान हो । पाकिस्तानको कस्ट अफ लिभिङ इन्डेक्स १८ छ ।

    पाकिस्तानको कस्ट अफ लिभिङ इन्डेक्स १८ हुनु भनेको न्यूयोर्कमा १०० डलर पर्ने वस्तु वा सेवा पाकिस्तानमा १८ डलरमै पाइन्छ भनिएको हो । यो सूचीमा पाकिस्तानपछि दोस्रोमा २१.६ इन्डेक्ससहित इजिप्ट छ । तेस्रोमा भारत (२२.४), चौथोमा कोलम्बिया (२३.१), पाँचौंमा लिबिया (२४.४) छन् ।

    यो इन्डेक्सअनुसार सबैभन्दा महंगो देश बर्मुडा हो । बर्मुडाको कस्ट अफ लिभिङ इन्डेक्स १४१.८ छ । यसको अर्थ न्यूयोर्कमा १०० डलर पर्ने वस्तु वा सेवालाई बर्मुडामा १४१.८ डलर पर्छ । महंगा देशको सूचीमा दोस्रोमा स्विट्जरल्याण्ड (११४.२), तेस्रोमा केयमन आइल्याण्ड (१०३.४) छन् । यसपछिका देशहरुको कस्ट अफ लिभिङ इन्डेक्स भने न्यूयोर्कको भन्दा सस्तो छ ।

    आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.