• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनचाँदीको मूल्य बढ्यो

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको बिषयमा यस्तो आयो ‘धुर्मुस’को दाबी !


  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
  • चितवन । सीताराम कट्टेल ‘धुर्मुस’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा आफूले कुनै पनि अनियमितता नगरेको दाबी गरेका छन् ।

    Advertisement

    मंगलबार सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै कट्टेलले रंगशाला निर्माणमा गरिएको सहयोग खेर नगएको तथा आफूहरूले यसको हिसाबकिताब सम्बन्धित निकायमा बुझाइसकेको प्रष्टीकरण दिएका हुन् । रंगशाला निर्माण अलपत्र परेपछि यसको जिम्मा लिएको धुर्मुस सुन्तली फाउन्डेसनको आलोचना सुरु भएको थियो ।

    रंगशाला निर्माणकै विषयले आफूले डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको तथा डिप्रेसनमा रहेको पनि उनले गुनासो गरेका छन् । उनले भनेका छन्, ‘यहाँहरूको सहयोग खेर गएको छैन । सबै सहयोग यही रंगशाला निर्माणमा लगाएका छौँ । यो परियोजनामा हामी सहयोगी मात्र हौँ, मात्र स्वयंसेवी हौँ । यो राज्यको सम्पत्ति हो, हामीले व्यक्तिगत सम्पत्ति बनाएका हैनौँ ।’

    रंगशाला निर्माण गर्ने सपना सपना धुर्मुस–सुन्तलीको मात्र सपना नभएर देशकै सपना भएको उनको जिकिर छ । दुई वर्षअघि नै यस विषयले निकास पाएको भए क्रिकेट खेल प्रेमीहरू रुखमा झुन्डिएर खेल हेर्न नपर्ने थियो भन्ने उनको भनाई छ ।

    ‘नेपालले एकदिवसीय मान्यता पाएपछि रंगशाला बनाउनुपर्ने कुरा उठ्यो । सबैको सुझाव अनुसार २०७५ साल माघ १६ गते हामीले कार्यक्रमबीच रंगशाला निर्माणको घोषणा गर्‍यौँ । भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएपछि रंगशाला निर्माण सुरु गर्‍यौँ । राज्य पनि साथमा छ भन्ने भयो । अपुग रकम राज्यले हाल्ने सम्झौता थियो । हामीले विश्वस्त भएर काम थाल्यौँ । तर पछिल्लो समय सरकारले साथ दिनु त कहाँ हो कहाँ । यो त धुर्मुसको रंगशाला, यो त देशको रंगशाला होइनसम्म भनियो ।’

    धुर्मुस र सुन्तलीले हिसाब सार्वजनिक नगरेर भागेर हिँडेर आरोपको पनि उनले खण्डन गरेका छन् । आफूहरू लुकेर भागेर नहिँडेको बताउँदै उनले अझै आफूहरूले नै रंगशालालाई रुँघेर बसेको स्पष्ट पारेका छन् ।

    उनले आफूहरूले प्राविधिक वा व्यवस्थापकीय कारण नभएर आर्थिक कारणले रंगशाला निर्माण गर्न नसकेको पनि खुलाएका छन् । ‘हामीले यो रंगशाला पूरा गर्न नसकेकै हो । यही बेला कोरोना आउँछ होला भन्ने हामीलाई के थाहा । वाचा केवल वाचामा मात्र सीमित भएपछि हामीले नसक्ने स्थिति आयो,’ उनले भने ।

    कट्टेलले थपे, ‘हामीले अन्ततः पुस २ गते स्वामित्व लिइदिन भरतपुर महानगरमा अनुरोध पत्र बुझायौँ । त्यही बेला हजुर आमाबित्नु भयो । त्यही बीचमा महानगरपालिकाले मूल्याङ्कन गर्‍यो, भौतिक संरचना चेकजाँच भयो । हजुरआमाको काम सकेपछि म दोस्रोपटक कोरोना सङ्क्रमित भए । त्यही बेला अख्तियारमा उजुरी पर्‍यो । साढे ५७ करोड भ्रष्टाचार भयो भनियो । यहाँ खेल खेलाएर साढे दुई लाख नतिर्नेले उजुरी गरे । महानगरले मूल्याङ्कन सकेपछि हामीले न्याय पाउँछौँ भन्ने ठान्यौँ । तर महानगरपालिकाले प्रतिवेदन सार्वजनिक गरेन । महानगरपालिकामा पुग्दा यसबारे अब छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुन्छ भनेर आश्वासन दिइयो ।’

    त्यसपछि फागुनमा प्रतिवेदन युवा तथा खेलकुद मन्त्रालयमा पुगेको र त्यहाँ एक हप्तामा रिपोर्ट दिने भनेर अर्को समिति गठन भएको उनले जानकारी दिए । ‘तर एक हप्तासम्म सदस्यहरूकहाँ चिठ्ठीसम्म पुगेन । म आफै चिठ्ठी बोकेर म पुगेँ अनि बल्ल बैठक बस्यो र फेरि मूल्याङ्कन सुरु भयो । एक हप्ता भनिएको ठाउँमा साढे पाँच महिना बित्यो । रिपोर्ट आएन । पछि सदस्यहरूले मौखिकरुपमा यसमा नेपाल सरकारसँग कुनै लेनादेना छैन, सरकारले पैसा दिन मिल्दैन भने । उता महान्यायाधिवक्ताले यो त भरतपुर महानगरपालिकाले टुङ्ग्याउनुपर्ने यता किन पठायो भन्यो । महानगरले यो त केन्द्रीय सरकारले गर्ने हो भन्दै हामीलाई घुमाइयो । पछि उधारो तिर्न कानुनले छेक्यो भनियो । म नपुगेको ठाउँ कमै होला । सिंहदरबारमा ढोका ढोकामा निकास दिनुपर्‍यो भनेर हामी अनुरोध गर्‍यौँ । तर हामीले आश्वासन मात्र पायौँ ।’

    बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.