• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

रविले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्तीको प्राश्चित गरेर बस्नुपर्ने हो : योगेश भट्टराई


  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
  • चितवन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले रवि लामिछानेले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्रायश्चित गरेर बस्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सभ्य समाजमा समाजलाई ढाँट्ने कुरा ठूलो अपराध भएको बताउनु भएको हो । भट्टराईले भन्नुभयो “एउटा सभ्य समाजमा मानिसले गल्ती गर्न सक्छ । त्यो गल्तीप्रति माफी पनि हुन्छ । तर सभ्य समाजमा समाजलाई ढाँट्ने कुरा ठूलो अपराध हो ।”

    Advertisement

    रवि लामिछानेले गल्ती गरेको नभई ढाँटेको बताउँदै उहाँले अगाडि भन्नुभयो “समाज र राज्यलाई ढाँटेको हो । सिंगो मुलुकलाई ढाँटेको हो । संविधान, कानुन यी सबै कुरालाई ढाँट्नु भएको हो । त्यसकारण उहाँले पाँच वर्ष ढाँटेकोप्रतिको प्राश्चित गरेर बस्नुपर्ने हो । फेरी ढाँट्ने कोशिश गर्दै हुनुहुन्छ ।” हामीले कस्तो राजनीतिकर्मी अघि बढाउने हो बहस हुनुपर्ने भन्दै उहाँले थप्नुभयो “म चाहन्छु, चितवन क्षेत्र नं. २ का जनताले पक्कै पनि यो बहस गरेर नयाँ निर्णय गर्नुहुन्छ ।” रवि लामिछानेको केश पहिले नै उठेको भन्दै उहाँले भन्नुभयो “जुन कुरा उहाँले कानुनसम्मत आफूलाई ठिकठाउँमा राख्नुपर्ने हो राख्न सक्नु भएन । त्यसलाई उहाँले अनदेखा गर्नुभयो ।”

    लाठीमुङ्ग्री गरेर भिड जम्मा गरेपछि कानुन जेसुकै होस् ति सबै आफ्नो नियन्त्रणमा आउँछन् भन्ने उहाँले ठान्नु भएको भन्दै भट्टराईले भन्नुभयो “कानुनी र विधिको शासनको उहाँले पालना गर्नुभएन । त्यसलाई उहाँले धज्जी उडाउनुभयो । त्यसको कारणले आज यहाँ उपनिर्वाचन हुन गईरहेको छ । मतदाताको केही दोष छैन ।” चितवन क्षेत्र नं. २ ले जसलाई जितायो त्यो छोटो समयमै परीक्षण भईसकेको उहाँको भनाई छ । सचिव भट्टराईले भन्नुभयो “रवि लामिछाने अब कुनै भर्जिन उम्मेदवार होइन । उहाँको भर्जिनिटी समाप्त भईसक्यो ।

    अर्गानिक उम्मेदवार होइन ।” रवि लामिछानेले गृहमन्त्री बन्ने अवसर पाएको भन्दै उहाँले “त्यो छोटो एक डेढ महिनामा उहाँले गरेका निर्णयले उहाँले हामीमाथि उठाएको सुशासनको प्रश्नले धज्जी उड्यो । एमाले लगायत ठूला दलका बारेमा सुशासनको कुरा उठाउनुभयो । उहाँका सुशासनका नारा बेकार हुन् ।” यी सबै जनतालाई भ्रममा पार्ने कुरा भएको भन्दै उहाँले भन्नुभयो “सार्वजनिक खरिद ऐन विपरित कसरी ठेक्कापट्टा गर्नुभयो ? मन्त्री छोड्नु अघिल्लो दिन हतार हतार फाईलहरु किन स्वीकृत भए ? यी प्रश्न यथार्थ हुन् ।”

    कतिपय आउने जानेलाई जवाफदेहिता र उत्तरदायित्व बोक्नु नपर्ने भन्दै उहाँले यसरी आउने जानेले जे पनि बोल्ने बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “छाडा सवाल जवाफमा हामी प्रतिस्पर्धा गर्दैनौं । रविका कतिपय सवाल एमालेले निरुपण गर्ने कुरा होइन, न्यायपालिका र राज्यका निकायले निरुपण गर्ने कुरा हुन् ।” चितवन क्षेत्र नं. २ मा विगतको परिणाम दोहोरियो भने पुनः उपनिर्वाचन हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “चितवन क्षेत्र नं. २ मा पुनः उपनिर्वाचन हुने स्थिति नआओस् ।” के आधार अहिले उपनिर्वाचन हुँदैछ, त्यही आधारमा पुनः निर्वाचन हुने उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो “उपनिर्वाचन किन भयो आज पनि त्यो आधार जीवितै छ ।” नेपालको संविधान र कानुनले प्रतिनिधि सभाको सदस्य हुन जुन योग्यता तोकेको छ त्यो योग्यताका कारणले पुरानो नतिजा दोहोरियो भने उपनिर्वाचन हुने कुरा लगभग सुनिश्चित भएको सचिव भट्टराईको भनाई छ ।

    नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई चितवन क्षेत्र नं. २ को उम्मेदवार बनाएको भन्दै उहाँले न्यौपाने जवाफदेहि र उत्तरदायी बन्ने भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो “उहाँ एमालेको उम्मेदवार हो, उहाँमा जवाफदेहिता र उत्तरदायित्व हुन्छ ।”

    आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.