• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा २ लाख ६३ हजार पर्यटक भित्रिए


  •   बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
  • चितवन । चालु आर्थिक बर्ष ०७९, ८० मा चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ६३ हजार बढी पर्यटक भित्रिएका छन । चालु आबको साउन देखि बैशाख सम्मको अवधिमा निकुञ्जमा स्वदेशी र विदेशी गरी २ लाख ६३ हजार ८०६ जना पर्यटक भित्रिएका हुन् ।

    Advertisement

    सबै भन्दा बढी पर्यटक कार्तिकमा कम भदौमा

    निकुञ्जको तथ्यांक अनुसार चालु आबको कार्तिक महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छ भने सबै भन्दा कम भदौमा भ्रमण गरेका छन । जसअनुसार र्कािर्तकमा ४२ हजार ६४१ जनाले भ्रमण गरेका थिए भने भदौ महिनामा ८ हजार ८८० जनाले निकुञ्जको भ्रमण गरेका थिए ।

    यस्तै साउन महिनामा ९ हजार ६९१, असोजमा २६ हजार १६ जना, मंसिर महिनामा २२ हजार ८ जना र पुष महिनामा ३१ हजार ९५३ जनाले निकुञ्ज भ्रमण गरेका थिए । यसैगरी माघ महिनामा २३ हजार ६४७, फागुन महिनामा २९ हजार १९६ , चैत्र महिनामा ३४ हजार ४८९ जना र बैशाख महिनामा ३७ हजार २८५ जनाले भ्रमण गरेको निकुञ्जले जानकारी दिएको छ ।

    पर्यटकले निकुञ्ज प्रवेश शुल्क, जीपसफारी लगायतका गतिविधि गरेवापत शुल्क बुझाउनु पर्ने हुन्छ । निकुञ्जमा नेपाली प्रति पर्यटक शुल्क १५० रुपैंया, सार्क देशका पर्यटकका लागि प्रतिव्यक्ति एकहजार रुपैंया र अन्य देशका पर्यटकका लागि प्रति व्यक्ति दुईहजार रुपैंया प्रवेश शुल्क तोकिएको छ ।

    १९ करोड ३९ लाख राजश्व संकलन

    चालु आब १० महिनाको अवधिमा पर्यापर्यटनबाट निकुञ्जले १९ करोड ३९ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार साउन देखि बैशाख महिनाको अवधिमा १९ करोड ३९ लाख ३२ हजार २५० रुपैंया राजश्व संकलन गरेको छ । कार्यालयले पर्यटकको निकुञ्ज प्रवेश शुल्क र जीपसफारी लगायतको शुल्कबाट आम्दानी गर्ने गरेको हो । सो अवधिमा सबैभन्दा बढी बैशाखमा बैशाख महिनामा २ करोड ५२ लाख ७९ हजार सातसय रुपैंया र सबभन्दा कम साउनमा ४८ लाख ७ हजार तीनसय रुपैंया राजश्व संकलन गरेको छ ।

    यसैगरी निकुञ्जले भदौ महिनामा ५१ लाख ३ हजार तीनसय ,असोज महिनामा १ करोड ३६ लाख ४८ हजार पांँचसय ,कार्तिक महिनामा मंसिरमा १ करोड ४२ लाख ७३ हजार २५० र पुष महिनामा १ करोड ४५ लाख ५८ हजार दुईसय संकलन गरेको छ । यस्तै निकुञ्जले माघ महिनामा ९१ लाख २ हजार २५० रुपैंया, फागुनमा १ करोड ६१ लाख ४५ हजार २५० , चैत्र महिनामा २ करोड ४१ लाख १८ हजार ५५० रुपंैंया र संकलन गरेको जानकारी दिएको छ । निकुञ्जले सो अवधिमा जीपसफारीबाट मात्रै ४ करोड १८ लाख ९ हजार पांँचसय रुपैंया संकलन गरेको छ ।

    कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले पर्यापर्यटनबाट मात्रै निकुञ्जले उक्त राजश्व संकलन गरेको जानकारी दिए । ‘यो पर्यापर्यटनबाट मात्रै आम्दानी भएको राजश्व हो । निकुञ्जले अन्य स्रोतबाट पनि आम्दानी गर्छ, उनले भने, बिशेषगरी बर्षायाममा कम पर्यटक र जीप सवारी पनि बन्द हुन्छ र राजश्व पनि कम उठ्छ, सिजनमा पर्यटक पनि बढ्छन र राजश्व पनि बढ्छ ।’ निकुञ्जले अन्य शिर्षकबाट पनि आम्दानी गर्दै आएको छ ।

    जस अनुसार १० महिनाको अवधिमा निकुञ्जले काठ ,दाउरा बिक्री बापत ७ लाख १८ हजार ४०२ रुपैंया, गैह्र काष्ठ वन पैदावर बिक्रीबाट ४ करोड ७९ लाख ७१ हजार २६९ रुपैंया, दण्ड जरीवाना वापत ८ लाख २२ हजार ३९ रुपैंया अन्य शिर्षकबाट १५ लाख २९ हजार रुपैंया राजश्व संकलन भएको छ । यी सबै शिर्षक गरी निकुञ्जले चालु आबको १० महिनामा जम्मा २४ करोड ४९ लाख ४६ हजार ८६० रुपैंया राजश्व संकलन गरेको तिवारीले जानकारी दिए ।

    बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.