• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

ओलम्पिकमा पदक जितेका भारतका खेलाडीहरूले आफ्नो पदक गंगामा नदीमा फ्याँकिदिने


  •   मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
  • भारतको राजधानी दिल्लीमा एक महिनाभन्दा बढी समयदेखि कुस्ती महासंघका अध्यक्ष बृजभूषण सिंहविरुद्ध हडतालमा रहेका पहलवानहरूले आफ्नो पदक गंगा नदीमा फाल्ने घोषणा गरेका छन् ।

    Advertisement

    कुस्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहलाई पक्राउ गर्न माग गर्दै भारतका शीर्ष कुस्ती पहलवानहरूले जन्तर मन्तरमा विरोध प्रदर्शन गरेका छन् । तर मे २८ मा दिल्ली प्रहरीले जन्तर मन्तरबाट उनीहरूको अनशन जबरजस्ती हटायो। पहलवानले बृजभूषण सिंहमाथि यौन शोषणको आरोप लगाएका छन् ।

    ओलम्पिक पदक विजेता बजरंग पुनिया, साक्षी मलिक पनि प्रदर्शन गर्ने कुस्ती खेलाडीहरू हुन्। यी बाहेक ओलम्पिकमा भारतको प्रतिनिधित्व गर्ने विनेश फोगाट पनि प्रदर्शनकी चर्चित अनुहार हुन्।

    देशको नयाँ संसद भवनको उद्घाटन मे २८ मा भएको थियो । बजरंग पुनिया, साक्षी मलिक र विनेश फोगाट यस दिन नयाँ संसदमा मार्च गर्न चाहन्थे। किसान नेताहरुले पनि साथ दिएका थिए । तर प्रहरीले उनीहरुलाई र्‍याली गर्नबाट रोकेर हिरासतमा लिएको थियो । यसबाहेक जन्तर मन्तरमा रहेको उनीहरुको पाल जबरजस्ती हटाइयो ।

    प्रहरीको यो कारबाहीको तीन दिनपछि बजरंग पुनिया र साक्षी मलिकले मंगलबार बयान जारी गरेका छन् । यसमा उनीहरूले भनेका छन्, ‘अहिले हामीलाई यी पदक चाहिँदैन किनभने यो लगाइदिएर, हामीलाई मुखौटो बनाएर यो प्रणालीले प्रचार मात्र गर्छ ।’

    विज्ञप्तिमा पहलवानहरूले भनेका छन्, “मे २८ मा के भयो सबैले देखे। प्रहरीले निर्ममतापूर्वक हामीलाई गिरफ्तार गर्‍यो। हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौँ। गम्भीर मुद्दामा हामीमाथि एफआइआर दर्ता गरियो। के महिला पहलवानहरूले आफूमाथि भएको यौन उत्पीडनविरुद्ध न्याय माग्दा कुनै अपराध गरेका थिए?”

    “हामी महिला पहलवानहरूले यो देशमा हाम्रा लागि केही बाँकी रहेन भन्ने महसुस गरिरहेका छौँ। ओलम्पिक, विश्व च्याम्पियनसिपमा पदक जित्दाका ती पलहरू सम्झन्छौँ। आत्मसम्मानमा सम्झौता गरेर पनि किन बाँचौँ। पदक कसलाई फर्काउने भन्ने प्रश्न आयो। हाम्री राष्ट्रपतिलाई ? जो दुई किलोमिटर टाढा बसेर सबै कुरा हेरिरहनुभयो तर तर केही बोल्नुभएन ? हाम्रा प्रधानमन्त्रीलाई ? जसले हामीलाई आफ्नो घरका छोरी भनेर बोलाउनुहुन्थ्यो तर एकपटक पनि वास्ता गर्नुभएन ।”

    पहलवानहरूले भने, “हामी यी पदकहरू गंगामा फ्याँक्नेछौं, किनभने उहाँ माता गंगा हुनुहुन्छ। हामी गंगालाई जति पवित्र मान्छौं, त्यति नै पवित्र काम गरेर हामीले यी पदकहरू कमाएका थियौं।”

    मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.