असार १६,
रन्ननगर नगरपालिका वडा नं.-१६ ले ५ लाख रुपयां बराबरकाे सिलाई मेशिन १२ जना प्रशिक्षार्थीहरुलाई वितरण गरेकाे छ । शनिबार वडा कार्यालयकाे सभाहलमा एक कार्यक्रम गरि वितरण गरिएकाे हाे ।प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं.१६ का वडाध्यक्ष हेमराज थापाले वडामा रहेका महिला तथा विपन्न महिलाहरुलाई एडभान्स सिलाई कटाई तालिम पश्चात राेजगारीकाे लागि भाैंतारिनु नपर्ने र सामूहिक तथा एकल सिलाई टेलर सञ्चालन गर्न सके व्यवसायिक रुपमा आम्दानिको स्राेत बढने बताए ।
वडा कार्यालय र बागमति प्रदेश अन्तर्गत घरेलु तथा साना उद्दाेग कार्यालय भरतपुरकाे संयुक्त आयोजनामा तालिम तथा मेशिन वितरण गरेकाे हाे । घरेलु तथा साना उद्दाेगका प्रमुख धिरेन्द्रप्रसाद पाेखरेलकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा वडाका सचिव जयन्तीदेवि रानाभाटले महिलाहरुले पनि सिपमुलक तालिम लिन सकेमा व्यवसायिक बन्न सक्ने बताए ।
करिब दुई महिनाकाे तालिममा प्रशिक्षार्थीहरुले बालबालिकाहरुकाे स्कुल ड्रेस, चाैंबन्दी चाेलाे, बच्चाकाे भाेटाे, कुर्था सुरुवाल, सर्ट पाईन्ट लगायतका १० प्रकारका दुई दुईवटा कपडाहरु तयार पारेका प्रशिक्षक नन्दलाल श्रेष्ठले बताउनु भयाे । कार्यक्रम रञ्जु भट्टले सञ्चालन गरेका थिए ।
