• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने


  •   मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
  • नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

    Advertisement

    विशेषतः डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि बजार विस्तार हुने क्रम बढेको हो। सुरुआती समयमा सेल्युलोइड प्रविधिमा चलचित्र उपत्यकाबाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । प्रिन्ट तयार गर्न खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन।

    अहिले भने समय बदलिएको छ। नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ। विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास हुने हो भने विश्वभर जहाँबाट पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ।

    नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भुषण दाहालले निर्देशन गरेकाे ‘कागबेनी’ बाट भएको हो। डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको निर्देशक निर्माताको भनाइ छ।

    डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने गरी नयाँ युगमा प्रवेश गर्‍यो। डिजिटल प्रविधिको सुरुआतसँगै प्रिन्टको डब्बा लिएर चलचित्र भवन धाउनुपर्ने बाध्यता हट्यो। यसले एउटै समयमा नेपालभर चलचित्र प्रदर्शन गर्न सहज बनायो।

    पछिल्लो समय नेपालमै डिजिटल सिनेमा इनिसेटिभ (डिसिआई) ढाँचामा चलचित्र इन्कोडिङ गरेर विश्वभर प्रदर्शन गर्न सकिन्छ। यही कारण पनि नेपालसँगै विश्वभर एकै मितिमा चलचित्र प्रदर्शन हुने गरेको छ।

    पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेको छ। नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार भइरहेको छ।

    मौलिक कथा र कलात्मक प्रस्तुति रहेको नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार विस्तार भइरहेको छ। कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन्।

    मध्यपूर्वको निप फिल्म्स, अष्ट्रेलियाको जानवी इन्टरटेनमेन्ट र अमेरिकाको नेपाल एलेभन इन्टरटेनमेन्ट मिलेर स्थापना गरिएको सेभेन सिज कम्पनीले नेपालसँगै विश्वभर एकसाथ चलचित्र प्रदर्शन गर्ने प्रदर्शक विनोद पौडेलले जानकारी दिए।

    उनले भने, “हामीले विभिन्न देशमा छरिएर चलचित्रको प्रदर्शन अधिकार खरिद गर्ने गरेका थियौँ। अब एउटै भएर जाँदा निर्माण पक्षसँगै हामीलाई पनि सहज हुन्छ।”

    नियमितरूपमा नेपाल झैँ अमेरिकामा पनि चलचित्र भवनमै चलचित्र प्रदर्शन हुँदा दर्शकलाई लाभ हुने स्थानीय प्रदर्शक प्रतीक सुवेदी बताउँछन्। “बुक गरेर प्रदर्शन गर्दा पर्ने शुल्क झन्डै सामान्यको तुलनामा दोब्बर हुन्छ। यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयमले गर्नुपर्छ। बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन”, उनले भने।

    आफ्नो समूहले चलचित्र निर्माणमा समेत सघाउने प्रदर्शक रमेश ढकालको भनाइ छ। मध्यपूर्वका सहरमा चलचित्र प्रदर्शन गरिरहेका उनी चलचित्रको नयाँ बजार खोज्न आफ्नो समूह प्रयासरत रहेको बताउँछन्।

    प्रदर्शक ढकाल भन्छन्, “इराकमा समेत नेपाली चलचित्र प्रदर्शन सुरु भएको छ। अन्य देशमा समेत हामीले बजार बनाउन खोजिरहेका छौँ। यसले व्यावसायिकरूपमा हामीलाई लाभ दिएको देखिएता पनि नेपाली चलचित्रलाई पनि टेवा पुगेको छ।”

    एकै कम्पनीले चलचित्रको प्रदर्शन अधिकार खरिद गर्दा निर्माण पक्षलाई सहज हुने निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने बताउँछन्। “यसरी एकै पटक सम्झौता गरेर चलचित्रको प्रदर्शन अधिकार बिक्री गर्दा निर्माण पक्षले धेरै झन्झटबाट मुक्ति पाउँछन्। साथै नयाँ बजार खोज्ने र चलचित्र भवनमै प्रदर्शन गरेर बजार विस्तारमा टेवा पुर्‍याउनेलाई हामीले पनि प्रोत्साहित गर्नु जरुरी छ”, उनी भन्छन्।

    ऋभिनेता लामिछानेको लेखन तथा निर्माण रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ नेपालबाहेक प्रदर्शन अधिकार खरिद गरेको सेभेन सिजले एक हजार पाँच सयभन्दा बढी प्रदर्शन गर्ने तयारी गरिरहेको छ।

    मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.