• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

कांग्रेसमा बुढो पुस्ता भर्सेज युवा पुस्ता


  •   बिहिबार, असार २८, २०८० मा प्रकाशित
  • पार्टीभित्र आन्तरिक शक्ति संघर्ष चुलिएको बेला सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन दुई गते बस्दैछ। बुधबारका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि साउन दुई गते बस्ने गरी सरेको हो।

    Advertisement

    साउन दुई गते बस्ने बैठकलाई निकै चासो र महत्वका साथ हेरिएको छ। पार्टीभित्रका मतभिन्नतालाई सम्बोधन गरी पार्टीलाई एकीकृत बनाउन केन्द्रीय समिति बैठक बोलाइएको थियो। शीर्ष नेतृत्वलाई दबाब दिएर आह्वान गरिएको बैठक सभापति शेरबहादुर देउवाका लागि चुनौती बन्ने देखिएको छ।

    विशेष गरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित युवा नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषयलाई मुख्य एजेण्डा बनाउने तयारी गरेका छन्। साथै उनीहरुले भातृसंगठनको पूर्णतालगायतका विषयमा पनि बैठकमा चर्को आवाज उठाउने बताएका छन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका खाँणलाई पार्टीको जिम्मेवारीबाट नहटाइएको भन्दै कांग्रेसभित्र निकै आलोचना भइरहेको छ। यसले सिंगो पार्टीलाई समेत असर गरेको महामन्त्रीद्वयको बुझाइ छ।

    भ्रष्टाचारविरुद्ध सशक्त रुपमा अघि बढ्ने प्रण लिएको कांग्रेसले सोही आरोप लागेका व्यक्तिलाई संरक्षण गरिरहेको भन्दै आलोचना खेप्नुपरेको छ।

    प्रचार विभाग बाहेक कांग्रेसका अन्य भातृसंगठनले अझै पनि पूर्णता पाएका छैनन्। यो बैठकबाट भातृ संगठनले पूर्णता पाउने बताइएको छ।
    विशेष गरी संस्थापन इतर पक्ष सभापति शेरबहादुर देउवाविरुद्ध रणनीतिक रुपमा लागेको छ। संस्थापनइतर समूहले सभापतिमाथि निरन्तर दबाब बढाइरहेको छ।

    महामन्त्रीद्वय थापा र शर्मासहित संस्थापनइतर पक्ष नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै निरन्तर आलोचना गरिरहेको छ। जिम्मेवारी र भूमिकाको हिसाबले पार्टी सभापतिपछि दोस्रो पदमा रहेका महामन्त्री गगन थापाले सभापतिले पद छाड्नुपर्ने भन्दै आक्रामक अभिव्यक्ति दिँदै आएका छन्।

    कांग्रेसभित्रको विवाद कतिसम्म बढेको छ भने सभापतिको सहमति विना महामन्त्रीद्वय थापा र शर्माले जिल्ला सभापतिहरूको भेला नै बोलाए। दुई दिनसम्म चलेको भेलाले शुक्रबार १४ बुँदे प्रतिबद्धता जारी गर्दै समापन भयो। सो भेलामा सभापति देउवा र उनी निकट नेताहरु उपस्थित भएनन्।

    कांग्रेसभित्र गुटबन्दी बढ्दै गएका बेला महामन्त्री थापा अबको प्रधानमन्त्री युवापुस्ताबाट बन्नु पर्ने भन्दै त्यसको तयारीमा लागेका छन्। उनले आफू एक पटक संसदीय दलको नेतामा पराजित हुँदैमा नथाकेको भन्दै विधिभित्रै रहेर पुन संसदीय दलको नेता बन्ने बताउँदै आएका छन्।

    १४ औं महाधिवेशनबाट महामन्त्रीमा युवा नेताहरु निर्वाचित भएपछि उनीहरुले सभापति देउवालाई निरन्तर दबाव दिइरहेका छन्। पार्टी विधि र पद्धति अनुसार चल्नुपर्ने भन्दै उनीहरुले देउवामाथि दवाब बढाउँदै लगेका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला बस्न लागेको केन्द्रीय समिति बैठकलाई सबैले चासोका साथ हेरेका छन्।

    बिहिबार, असार २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.