
भरतपुर । भरतपुरस्थित दूरसञ्चार रोडमा मकै पोलेर गुजारा चलाउँदै आएकी वविता गुरूङलाई लायन्स क्लब चितवन मर्सी राइजले ठेला हस्तान्तरण गरेको छ । क्लबका सदस्यहरू ओममाया तामाङ र बिजु पौडेलको सहयोगमा क्लबले बिहीबार ठेला हस्तान्तरण गरेको हो ।

क्लबका डिस्ट्रिक गभर्नर आरएस महतोको प्रमुख आतिथ्यतामा ठेला हस्तान्तरण गरिएको हो । हाल वैदेशिक रोजगारमा रहेकी विजु पौडेलले बिहीबार आफ्नो जन्मदिनको अवसरमा क्लबमार्फत ठेला हस्तान्तरण गरिएको क्लबकी अध्यक्ष विनिता केसीले जानकारी दिइन् । कार्यक्रममा क्लबका विभिन्न व्यक्तिहरूको समेत उपस्थिति थियो ।

