• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

कर्जा प्रवाहको वृद्धिदरमा सङ्कुचन बढ्यो निक्षेप परिचालन


  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • आर्थिक वर्ष २०७९/८० मा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर सङ्कुचित भएर ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो ।

    Advertisement

    नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आव २०७९/८० को वार्षिक तथ्याङ्क अनुसार समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैङ्कहरूको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरूको ०.६ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६८.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेका थिए ।

    आव २०७९/८० मा बैङ्क तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ ।

    कुल आन्तरिक कर्जाको वृद्धिदरमा पनि सङ्कुचन

    आर्थिक वर्ष २०७९/८० मा कुल आन्तरिक कर्जा ८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १४.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३४.८ प्रतिशतले बढेको छ ।अघिल्लो वर्ष यस्तो दाबी २६.६ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी १३.३ प्रतिशतले बढेको थियो ।

    निक्षेप परिचालन बढ्यो

    समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ९.० प्रतिशतले बढेको थियो । २०८० असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत थियो । गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा यस्तो निक्षेपको अंश ३८.३ प्रतिशत रहेको थियो । गोरखापत्र अनलाइन बाट

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.