चितवन । चितवन अटो मोबाइल एशोसियसन को आसन्न निर्वाचनमा युवा ब्यवसायी महालक्ष्मी मोटर्सका संचालक प्रविण गौतमले उम्मेद्वारी दिएका छन ।

यही असोज ६ गते नारायणगढ स्थित पर्व व्यांक्वेटमा हुन गईरहेको एशोसियनको २२ औं बार्षिक साधारण सभा तथा १२ औं अधिवेशनका लागि सदस्य पदको लागि गौतमले उम्मेद्वारी दिएका हुन् ।
उम्मेद्वारी दिएसंँगै आफू निर्वाचित भएमा उनले यस व्यवसायिक क्षेत्रलाई मर्यादित र ब्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे । अटोमोबाइल क्षेत्रमा आफ्नो लामो समय देखि योगदान दिदै आएको बताउंँदै उनले यस क्षेत्रलाई जिल्लाकै नमुना व्यवसायिक क्षेत्र बनाउने अठोट गरे ।
हाल ब्यवसायमा परेको आर्थिक मन्दिले गर्दा सम्पुर्ण ब्यवसायी हरूमा परेको समस्था हरूलाई नितिनियम निर्माण गरि केही सहजिकरण गर्न सदस्यको रुपमा उम्मेद्वारी दिएको भन्दै उनले आफू निर्वाचित भएमा युवा , अग्रज, समकालीन सबै व्यवसायीहरुलाई समेटेर लैजाने बताए । आफूले निर्वाचित भएपछि यस क्षेत्रमा भएका समस्या , विकृतिको समाधान गर्दै लैजाने र आफ्नो लगाव संस्थाप्रति सधै रहने उनले बचनवद्धता व्यक्त गरे ।
