दुर्गाको सातौं शक्तिको नाम हो कालरात्रि । यिनको शरीर अँध्यारोजस्तै कालो छ । त्यसैले यिनलाई कालरात्रि भनिएको हो । यिनको रूप भयानक छ । कपाल छरिएका छन् । विद्युत् झैँ चम्किने माला धारण गरेकी छिन् । यिनका तीन तेत्र छन् ।
यिनको श्वासबाट अग्नि निस्कन्छ । यिनको उपासना गर्नाले निर्भयता प्राप्त हुन्छ । यिनको बायाँतर्फको माथिल्लो हातमा फलामको काँटा तथा तल्लो हातमा खड्ग छ । यिनको रूप भयानक भएपछि शुभ फल दिन्छिन् ।
यिनको स्मरण गर्नाले मात्रै असुरशक्तिहरू भाग्छन् । ग्रहहरूको बाधा हट्छ । हरेक प्रकारको भयबाट मुक्ति मिल्छ।
