जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र इस्टिच्युट अफ ट्रोपिकल मेडिसिन बेल्जियमको संयुक्त रुपमा आयोजना गरेको सम्मेलन तीन दिनसम्म चल्ने छ ।
आईटीएम कोलोम्युम काठमाडौं नाम दिइएको सम्मेलनमा जलवायु परिवर्तन र यसले पारेको असरबारे खोज तथा अनुसन्धान गरिएका विषय १५० भन्दा बढी वैज्ञानिकहरु प्रस्तुती दिने कार्यक्रम रहेका छन् ।
कार्यक्रममा विभिन्न देशबाट तीन सय जनाको सहभागिता रहेका छन् । “अण्डरस्टयाण्डिङ द ग्लोबल ल्याण्डस्केप अफ डिजिज बर्डन इन द कन्टेक्ट अफ क्लाइमेट चेन्ज” भन्ने यो सम्मेलनको मुल नारा रहेको छ ।
परिषद्का सदस्य सचिव डा.प्रदिप ज्ञावलीले सम्मेलनले जलवायु परिवर्तनको विश्वव्यव्यापी परिदृश्यमा पर्ने रोगको बोझको सन्दर्भमा ज्ञान, विशेषज्ञता र वैज्ञानिक अनुसन्धानमाथि छलफल गरी निष्कर्ष निकाल्ने बताउनुभयो ।
सोही निष्कर्ष आगामी ३० नोभेम्बदेखि १२ डिसेम्बरसमम यूएईमा आयोजना ह्ने संयुक्त राष्ट्रिसंघको २८ औं जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा प्रस्तुत गरिने उहाँले जनाकारी दिनुभयो ।
कार्यक्रम उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलले जलवायु परिवर्तनले स्वास्थ्य तथा वातावरणको क्षेत्रमा गम्भीर सङ्कट उत्पन्न गर्दै गएकाले सबै पक्ष चनाखो हुनु पर्ने बताउनुभयो । उहाँले कुनै एउटा देशको प्रयासले मात्रै यो नियन्त्रण गर्न असम्भव भएकाले सबै देश जलवायु परिवर्तन सम्बन्धी सङ्कट टार्न हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेलले जलवायु परिवर्तनले निम्त्यारहेको असरबारे उल्लेख गर्नुहुँदै यसको नियन्त्रणका लागि सरकार सम्वेदनशील ढङ्गले लागिरहेको बताउनुभयो ।
इन्टिच्युट अफ ट्रपिकल मेडिसिनकी निर्देशक प्रा.डा.लुत लिनेनले जलवायु परिवर्नतले अप्रत्यक्ष रुपमा धेरै स्वास्थ्य समस्याहरु निम्तिएको जिकिर गर्नेुभयो ।
कार्यक्रममा सूर्तिजन्य पदार्थको प्रयोगले वातावरणमा पर्ने असर, जलवायु परिवर्तनले नसर्ने रोगमा पारेको असर, गर्भवती महिला र शिशुमा पर्ने असर लगायतका विषयमा कार्यपक्र प्रस्तुत हुनेछन् । साथै कार्यक्रममा जलवायु परिवर्तनका विषयमा विभिन्न देशहरुले लिएका नीतिका विषयमा पनि छलफल हुने सदस्य सचिव डा.ज्ञावलीले बताउनु भयो ।
