• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बन्द हुने अवस्थामा सरुवा रोग अस्पताल


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • कालीकोटमा रहेको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । दुई वर्षअघि कर्णाली प्रदेश सरकारले स्थापना गरेको अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले उक्त अस्पतालका लागि बजेट नै छुट्याएको छैन ।

    Advertisement

    दुई वर्षदेखि अस्पताल सञ्चालनमा आएको थियो । प्रदेश सरकारले कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं. १ मा सरुवा रोग अस्पताल सञ्चालनको स्वीकृती दिएको थियो । विसं. २०७८ असोज २० गते सामाजिक विकास मन्त्रालयले सरुवा रोग अस्पताल सञ्चालनका लागि स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई पत्र पठाएको हो । २१ जनाको अस्थायी दरबन्दी रहनेगरी काम सुरु गर्न पत्र पठाइएको थियो । सोहीअनुसार अस्पताल सञ्चालनमा आयो । अस्पतालको जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति, अस्पताल व्यवस्थापनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने गरेको थियो । तर यो वर्ष बजेट नै छुट्याइएको छैन ।

    अस्पताल सञ्चालन भएको दुई वर्षसम्म बजेट विनियोजन गरेको सरकारले चालु आर्थिक वर्षमा एक रूपियाँसमेत विनियोजन गरेको छैन । जसले गर्दा अस्पतालको सेवा ठप्प भएको हो । गत साउनबाट सरुवा रोग अस्पतालको सेवा नै ठप्प भएको छ भने एक जना कर्मचारीसमेत कार्यालयमा छैनन् । अस्पतालले कोभिड, क्षयरोग, कुष्टरोग, कालाजार र औलो रोगको उपचार सेवा दिइरहेको थियो ।

    बजेट विनियोजन नगर्दा समस्या भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पटक–पटक माग गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिनुभयो । ‘‘जिल्लामा सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग गरेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘यो वर्षमा बजेट व्यवस्था नहुँदा अस्पतालको सेवा ठप्प छ । सरकारले मागको कुनै सुनुवाइ गरेको छैन ।’’

    सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयलाई बजेट व्यवस्थापनका लागि माग गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. संकेत विश्वकर्माले बताउनुभयो । अस्पतालमा एक जना मेडिकल अधिकृतसहित २१ जना स्वास्थ्यकर्मीहरूको दरबन्दी रहेको छ । ‘‘२१ जना दरबन्दी रहेको अस्पतालमा २१ जनाले काम गर्दै आउनुभएको थियो,’’ उहाँले भन्नुभयो, ‘‘अहिले त अस्पतालका लागि बजेट नै आएन । गत साउन १ गतेबाट अस्पतालको सेवा नै रोकिएको छ ।’’

    प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड बजेट विनियोजन गरेको थियो । सरुवा रोग अस्पताल सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको हो । अस्पताल सञ्चालन भएको पहिलो आर्थिक वर्षमा एक करोड विनियोजन गरेको प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा समेत एक करोड नै बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारकै मातहतमा सञ्चालन भइरहेको अस्पताललाई चालु आर्थिक वर्षमा भने बजेट नै विनियोजन गरिएको छैन । जसले गर्दा अस्पतालको सेवा ठप्प भएको हो ।

    स्वास्थ्य क्षेत्रको पहुँच बढाउनुको साटो उल्टै घटाउनु दुःखद् भएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो । अस्पताल सञ्चालनका विषयमा सर्वदलीय र सर्वपक्षीय बैठक बस्ने गरिएको उहाँको भनाइ छ । अहिले करिब तीन करोड बराबरको स्वास्थ्य उपकरण अलपत्र परेका छ ।

    सङ्घीयता कार्यान्वयन हुनुअघि नै भवन डिभिजन कार्यालय जुम्लाले दुई वटा पाँच तले सरकारी भवन निर्माण गरेको थियो । सोही भवनबाट अस्पतालले सेवा दिइरहेको थियो । गत साउन १ गतेबाट अस्पतालको सेवा बन्द भएपछि एउटा भवनबाट चार वटा सरकारी कार्यालयले सेवा दिइरहेका छन् । हाल जिल्ला हुलाक कार्यालय, जिल्ला निर्वाचन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र उद्योग उपभोक्ता हित संरक्षण कार्यालय सञ्चालनमा छन् । अस्पताल सञ्चालन भएको अर्को भवनमा सरुवा रोग अस्पतालका स्वास्थ्य उपकरण राखिएको छ । दैलेख, बाजुरा अछाम समेतका बिरामी उपचारका लागि कालीकोट आउने गरेका थिए । गोरखापत्र अनलाइनबाट

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.