युवाक्लब तथा युवा संसद सञ्चालन कार्यविधि-२०७५ को परिच्छेद-२ दफा ३ उपदफा ३ बमोजिम बडा स्तरीय युवा क्लवको कार्यसमिति वडा अध्यक्ष अमृत राज हमाल ज्युको अध्यक्षतामा गठन भएको छ ।
कार्यक्रममा वडा सदस्य विस्णु प्रसाद दवाडी , दुर्गा सोडारी ज्यु को उपस्थित रहेको थियो । समिती गठन कार्यलाई पुणता दिन भरतपुर महानगरपालिका बाट अनिमा घिमिरे ज्युको पनि उपस्थित रहेको थियो । कार्यक्रममा वडाका विभिन्न क्षेत्र बाट प्रतिनिधित्व रहेको थियो।
युवाक्लब तथा युवा संसद सञ्चालन कार्यविधि-२०७५ को परिच्छेद-२ दफा ३ उपदफा ३ बमोजिम बडा स्तरीय युवा क्लव कार्यसमितिमा तपसिल अनुसारका युवालाई सदस्यका रुपमा मनोनित गर्ने निर्णय गरिएको थियो।
१. अध्यक्ष – श्री अन्जन दवाडी
२. उपाध्यक्ष -श्री कञ्चन रेग्मी
३. कोषाध्या : श्री शुष्मा आले
४. सचिव : श्री सुरज परियार
५. सह-सचिव : श्री मनिष ओझा
६. सदस्य : श्री सन्जिव गुरुङ
७. सदस्य : श्री मौसम मगर
८.सदस्य : श्री सरस्वती गैरे
९. सदस्य :श्री दिपक घिमिरे
१०.सदस्य : श्री दिपेश मुजेल
११. सदस्य : श्री सुमिना पाण्डे
१२. सदस्य : श्री श्रृष्टि तमाङ
१३. सदस्य : श्री ज्योती कुमाल
१४. सदस्य : श्री सुरक्षा कोइराला
१५.सदस्य : श्री अनिता चालिसे
कार्यसमिति गठन पछि नव निर्वाचित अध्यक्ष अन्जन दवाडी ज्यु ले धन्यवाद मन्तव्य दिदै युवाहरूलाई सबै क्रियाकलापमा सहयोग गर्ने , युवा मैत्री वड निर्माण गर्ने , र युवाको एजेण्डा लाई वडा, पालिका स्तरमा उठाउने प्रण गर्नु भयो । कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष ज्युले सबैलाई बधाई तथा शुभकामना दिनु भयो ।
