• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विश्व मिर्गौला दिवस : डायलायसिसभन्दा प्रत्यारोपण उपयुक्त


  •   बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
  • ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ ।

    Advertisement

    वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले बढ्दो उमेरसँगै देखिने मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले मिर्गौलालाई असर गर्ने बताउनुभयो । विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या हुने गरेको छ । सोहीअनुसार नेपालमा पनि करिब ३० लाख जनालाई मिर्गौलासम्बन्धी कुनै न कुनै रोग रहेको उहाँ बताउनुहुन्छ ।

    उहाँका अनुसार नेपालमा तीन लाख जनाको मिर्गौला बिग्रिन थालेको, ३० हजार जनाको नराम्रोसँग बिग्रिसकेको र तीन हजार जना मिर्गौला रोगको अन्तिम चरणमा रहेका छन् । उहाँले ती तीन हजार जनाको मिर्गौलाको प्रत्यारोपण वा डायलायसिस गरेर मात्र उपचार सम्भव रहेको बताउनुभयो ।

    उहाँले सरकारले मिर्गौला रोगको उपचारमा केन्द्रित भए पनि महँगो उपचारका कारणले सर्वसाधारणको पहुँच पुग्न नसकेको बताउनुभयो । सरकारले मिर्गौलासम्बन्धी बिरामीका लागि निःशुल्क डायलायसिस र प्रत्यारोपण गर्ने गरेको छ । साथै डायलायसिस र मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक रु पाँच हजारसमेत दिने गरिएको छ । “सरकारले मिर्गौलाका बिरामीको उपचारका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा डायलायसिस निःशुल्क पुर्याएको छ”, उहाँले भन्नुभयो, “हामी उपचारमा केन्द्रित भएका छौँ, तर रोकथाम भएन ।” उहाँका अनुसार बर्सेनि आठ हजारले डायलायसिस गर्ने गरेका छन् ।

    मिर्गौला बिग्रेको कसरी थाहा पाउने ?

    वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा काफ्लेका अनुसार पिसाबबाट प्रोटिन गएपछि र रगतमा क्रिएटिनिन बढ्यो भने मिर्गौला बिग्रने गर्दछ । मिर्गौलाले शरीरमा भएका विषाक्त पदार्थ र अनावश्यक पानीलाई शरीरबाट फाल्ने काम गर्छ । मिर्गौलाले रगत उत्पादन गर्ने काम गर्नुका साथै भिटामिन ‘डी’ र क्याल्सियमलाई सन्तुलन मिलाएर राख्ने काम गर्छ । मिर्गौलाले शरीरबाट नचाहिने तत्व फिल्टर गरेर फालेर शरीरलाई स्वस्थ राख्ने गर्दछ । मिर्गौलाले गर्नुपर्ने काम गर्न सकेन भने त्यसलाई मिर्गौला बिग्रेको भन्ने बुझिन्छ ।

    विशेषज्ञ डा काफ्लेले अधिकांश व्यक्ति मिर्गौला बिग्रेपछि मात्र उपचार गर्न आउने गरेको बताउनुहुन्छ । “सुरुको अवस्थामा मिर्गौला बिग्रेका बिरामीलाई थाहा हुँदैन, जब मिर्गौला बिग्रिसकेको हुन्छ अनिमात्र बिरामी अस्पतालमा आउने गर्दछन्”, उहाँले भन्नुभयो, “मिर्गौलाको सुरुको चरणमा पत्ता लगाएर उपचार गर्न पाइयो भने उपचार सम्भव हुन्छ ।” उहाँले सबैको वर्षमा एकपटक अनिवार्यरूपमा पिसाब परीक्षण गराउनुपर्ने बताउनुभयो ।

    मिर्गौला प्रत्यारोपण नै यसको उपयुक्त उपचार

    मिर्गौला बिग्रेपछि डायलासिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त हुने चिकित्सकहरू बताउनुहुन्छ । डायलायसिस गरेपछि मानिसले काम गर्न नसक्ने र हप्तामा दुई÷तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । त्यसले गर्दा महँगो पर्ने जान्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले काम गर्न सक्ने र जीवन पनि सहज हुन्छ ।

    सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने गरेको छ । मिर्गौलाको प्रत्यारोपणका लागि बिरामीलाई काठमाडौँ आउनुपर्ने बाध्यता रहेको छ । नेपालमा सरकारी अस्पतालमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिन्छ ।

    केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठे मिर्गौलाका बिरामीले ९० प्रतिशत मिर्गौला बिग्रिसकेपछि मात्र थाहा पाउने हुँदा डायलायसिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त रहेको बताउनुहुन्छ । उहाँका अनुसार केन्द्रमा वार्षिक करिब दुई सय बिरामीको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । केन्द्रले अहिलेसम्म एक हजार दुई सय १६ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको उहाँ बताउनुहुन्छ । वीर र शिक्षण अस्पतालले सन् २००८ देखि मिर्गौला प्रत्यारोपण सुरु गरेका हुन् । केन्द्रमा अहिले दैनिक एक सय ४० जनाको डायलायसिस हुने गरेको छ ।

    निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न रु १२ देखि १८ लाख लाग्ने गरेको छ । निजी अस्पतालमा नर्भिक अस्पताल, नेपाल मेडिसिटी अस्पताल, ग्राण्डी अस्पताल, किष्ट अस्पताललगायतमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।

    वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा काफ्लेका अनुसार स्वच्छ जीवनशैली अपनाउनु नै मिर्गौला रोगबाट बच्नु रहेको छ । माछा, मासु, दूध र दही कम खाने, असन्तुलित खानेकुरा नखाने, दैनिक दश हजार पाइला हिँड्ने, प्रशस्त पानी र सागसब्जी खानुपर्ने सुझाव उहाँको छ । यस्तै अत्यधिक मात्रामा दुखाइका औषधिको प्रयोगले पनि मिर्गौलालाई असर गर्दछ ।

    लक्षण

    उहाँका अनुसार पिसाबको मात्रा घट्नु, अनुहार र आँखाका डिल सुन्निनु, शरीर सुन्निनु, पिसाबको मात्रा, गन्ध र रङमा परिवर्तन आउनुजस्ता समस्या देखिए मिर्गौलामा समस्या देखिएको हुनसक्छ । यस्तै सुरुमा थकान महसुस हुने, रगतको कमी हुने, वाकवाकी लाग्ने, फोक्सोमा पानी जम्मा भएपछि श्वास फेर्ने समस्या हुनेजस्ता मिर्गौला खराबीका लक्षण हुन् ।

    बच्ने उपाय

    उहाँका अनुसार प्रशस्त मात्रामा पानी पिउने र सन्तुलित खाना खाने गर्नु पर्दछ । मिर्गौलामा रोग लाग्न नदिन नियमितरूपमा मधुमेह तथा पिसाब परीक्षण गराउनुपर्दछ । आफ्नो इच्छाले एन्टिवायोटिक औषधि खानु हुँदैन । रासस

    बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.