• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

तमू भाषा कक्षा सञ्चालन : ‘तमू क्युई’ नामक पुस्तक विमोचन


  •   आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
  • Advertisement

    भरतपुर,
    तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले शनिबारदेखि तमू भाषा कक्षा सञ्चालन गरेको छ। असोज १३ गतेसम्मका लागि महाबौद्ध गुम्बा तीनखोलेमा सुरू गरिएको भाषा कक्षाको तमू ह्युल छोंज धीं बागमती प्रदेशका प्रमुख गणेशबहादुर गुरूङले उद्घाटन गरेका हुन्।

    तमू समुदायमा भाषाको ज्ञान कम हुँदै गएपछि यसको संरक्षणको लागि पनि कक्षा नै सञ्चालन गर्नुपरेको ह्युल छोंज धीं चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन्। ह्युल छोंज धींले भाषा नजान्नेहरूका लागि गतवर्षबाट नियमित कक्षा सञ्चालन गर्न थालेको हो। गतवर्षजस्तै यसवर्ष पनि दुई हप्ताको कक्षा सञ्चालन गरिएको अध्यक्ष गुरूङले बताइन्।

    चितवनमा बस्ने गुरूङहरू अधिकांश पहाडी जिल्लाबाट बसाइँ सरेर आएको हुँदा भाषा बोल्न नसक्ने अवस्थामा आइपुगेको छ। त्यसकारण भावी पुस्तासम्म पनि भाषा जीवित रहोस् भन्ने उद्देश्यसहित कक्षा सञ्चालन गरिएको ह्युल छोंज धींले जनाएको छ। ‘हाम्रो पुस्ताले संरक्षण गर्न सक्यो भने बल्ल हामीभन्दा पछिल्लो पुस्तामा कायम रहन्छ,’ उनले भनिन्, ‘भाषालाई पुस्तान्तरण गर्नकै लागि पनि तालिम दिन आवश्यक छ।’ सामाजिक संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दै आएकै व्यक्तिहरूमा समेत भाषाको दख्खल नदेखेपछि कम्तिमा वर्षको एक पटक कक्षा सञ्चालन गर्नेगरी नयाँ कार्यक्रम ल्याएको तमू ह्युल छोंज धीं चितवनका वरिष्ठ उपाध्यक्ष एवम् भाषा कक्षा सञ्चालन उपसमितिका संयोजक कृष्णबहादुर गुरूङले बताए।

    चितवनमै जन्मिएका करिब शतप्रतिशतलाई भाषा  नआउने हुँदा भाषा हराउने जोखिम बढेको उनले बताए । ‘हामीले पनि नसिके पछिका पुस्ताले झन् क्यै नबुझ्ने हो कि भन्ने चिन्ता भयो,’ कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा उनले भने, ‘त्यसैले चितवनमै बसोबास गर्ने र भाषा बोल्न सक्नेहरूमार्फत तालिम दिलाउने प्रयास गरेका हौँ।’तमू ह्युल छोंज र्धी बागमती प्रदेश प्रमुख एवम् चितवन जिल्लाका निवर्तमान अध्यक्ष गणेशबहादुर गुरूङले कुनै पनि जातिका लागि आफ्नो भाषा नै सबैभन्दा मह¤वपूर्ण पहिचान भएको हुँदा यसको संरक्षण गर्नु ह्युल छोंज धींको कर्तव्य भएको बताए। आगामी दिनमा पनि जिल्ला समितिले यस्ता कार्यक्रमलाई वार्षिक कार्ययोजना निर्माण गरेर नियमित गराउन आवश्यक रहेको उनको भनाइ छ।

    ‘ह्युल छोंज धींले हरेक इकाइ तथा गुरूङ जातिको बस्ती भएको ठाउँमा गएर तालिम दिन जरूरी छ,’ उनले भने, ‘त्यसले भाषा संरक्षणमा टेवा पुग्छ।’ गतवर्षदेखि भाषाको लागि कक्षा सञ्चालन गरेर तमू ह्युल छोंज धींले नमुना कायम गरेको उनको भनाइ छ। तमू ह्युल छोंज धींकी केन्द्रीय सल्लाहकार शारदा गुरूङले गुरूङ जातिको पहिचान र अस्तित्व जोगाउने अभियानमा ह्युल छोंज धींले सक्रियता देखाएको भन्दै खुसी व्यक्त गरिन्। ‘व्यक्तिले मात्रै पहल गरेर साध्य हुँदैन। संस्थागतरूपमै संरक्षणमा ध्यान दिने हो भने भावी पुस्तासम्म हाम्रो भाषा जीवित रहन सक्छ,’ उनले भनिन्।

    ह्युल छोंज धींका केन्द्रीय सदस्य गोपीराम गुरूङले भाषा सिकेर बोलीमा अभ्यास गर्नुपर्ने सुझाव दिए। ‘वर्षमा दुई हप्ता सिक्दैमा ठूलै परिवर्तन हुन्छ भन्ने सोच्नु हुँदैन,’ उनले भने, ‘त्यसको लागि त सिकेको भाषालाई बोलीमा अभ्यास गराउने प्रयास गर्नुपर्छ। नत्र सिकेको कुरा पनि बिर्सन्छ।’ तालिममा पत्रकार तुलमान गुरूङसहित उमिता गुरूङ, सीतादेवी गुरूङ, हरिमाया गुरूङ र कमला गुरूङले प्रशिक्षण दिनेछन्।

    ‘तमू क्युई’ सार्वजनिक

    तमू ह्युल छोंज धीं चितवनले भाषा कक्षा सञ्चालनकै लागि तयार पारेको तमू भाषासम्बन्धी सामान्य ज्ञानसहितको पुस्तक ‘तमू क्युई’को लोकार्पण गरेको छ। पत्रकार तुलमान गुरूङद्वारा सङ्कलित उक्त पुस्तकको शनिबार दुई हप्ते तमू भाषा कक्षाको उद्घाटन समारोहमा तमू ह्युल छोंज धीं बागमती प्रदेशका प्रमुख गणेशबहादुर गुरूङ, केन्द्रीय सदस्य गोपीराम गुरूङ, केन्द्रीय सल्लाहकार शारदा गुरूङ, चितवन जिल्ला अध्यक्ष विमलादेवी गुरूङ, बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकास गुरूङ, भरतपुर तमू नगर गुठीका अध्यक्ष पूर्णबहादुर गुरूङ, मृगौला रोग विशेषज्ञ डा सन्तोष गुरूङलगायतले उक्त पुस्तकको सामूहिक लोकर्पण गरिएको हो।

    पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलोपटक पाठ्यक्रमको रूपमा पुस्तक प्रकाशन गरिएको पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर गुरूङले जानकारी दिए। लामो समयको प्रयासपछि पुस्तक प्रकाशन सम्भव भएको उनले बताए। ‘पुस्तक भएपछि हामीलाई जिल्लाभरका तमू समुदायमा पुग्न पनि सजिलो हुन्छ,’ उनले भने, ‘आगामी दिनमा पनि भाषा कक्षालाई निरन्तरता दिलाउनको लागि बाटो बलियो हुन्छ।’

    पुस्तकका लेखक एवम् सङ्कलक तुलमान गुरूङले गुरूङ भाषामा भेगीय भिन्नता पाइने हुँदा भाषामा एकरूपता नभएको बताए। हाल प्रकाशित पुस्तक ‘तमू क्युई’मा गोरखामा बोलिने भाषा प्रभावित भएको बताए। आधारभूत सिकाइका लागि प्रकाशन गरिएको हुँदा पुस्तकमा सामान्य बोलीचालीमा प्रयोग हुने शब्दलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

    आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.