• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

करदाता शिक्षा एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
  • १० कार्तिक, भरतपुर,
    चितवनको उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनको आयोजना एवम् चनौली बजार व्यवस्थापन समितिको सह आयोजनामा आज पश्चिम चितवनका व्यवसायीहरूलाई लक्षित गरी करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पश्चिम चितवनको चनौली बजार स्थित चनौली पाटी प्यालेसमा भएको हो । पश्चिम चितवनका उद्योगी व्यवसायीहरुलाई आय कर तथा मूल्य अभिवृद्धि कर लगायत करका नीति नियमका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

    Advertisement

    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले करको न्युनतम जानकारी व्यवसायीहरुमा नहुँदा करसम्बद्ध झन्झटहरु जस्तै मिसम्याचमा पर्ने, ननफाईलर रहने, कर चुक्ता लिने, आय विवरण बुझाउने जस्ता विषयमा समस्याहरु भोगेको हुनाले ति समस्याहरु निराकरण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले व्यवसायीहरूलाई अन्य कुनै तालिम आवश्यक परे तालिम दिन उद्योग वाणिज्य संघ–चितवन सधै तयार रहेको बताउनुभयो ।

    कार्यक्रमका आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत एवम कार्यक्रमका प्रमुख अतिथि पुण्य विक्रम खड्काले करदाता भनेको राज्यको रक्तसञ्चार भएको बताउँदै देश विकासका लागि सरकार मात्र केही होइन हाम्रो पनि भूमिका ठुलो हुन्छ भन्ने सोचेर कर कर तिर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुले आय व्यय वुझाउने क्रममा लेखा राख्दाका त्रुटि लगाएतका कारणले करको भार बढी भएको बताउँदै एक महिना भित्र आय व्ययमा भएको त्रुटि सच्याउन मिल्ने बताउनु भएको थियो । उहाँले करमा बजारमा आएको समस्याका विषयलाई ध्यानमा राखेर सिकाउनु पर्ने बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै संघ सँग सहकार्य गरि अगाडि बढ्ने बताउनु भयो ।

    कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले व्यवसाय गर्दा व्यवसायीहरूले करका बारेमा जानेको छैन भनेर छुट नहुने भएकाले सवैले जान्नुपर्ने भएकाले ध्यान दिएर नजानेका कुरा निर्धक्क सँग प्रशिक्षक सँग सोध्न व्यवसायीलाई अनुरोध गर्नुभयो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका अध्यक्ष ओम लामिछानेले करका नीति नियमका बारेमा जानकारी बिना व्यवसायिक सफलता प्राप्त गर्न नसकिने भएकाले नीति नियमका बारेमा सिक्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

    करदाता शिक्षा एवम् प्रक्षिण कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका राजश्व सल्लाहकार सिए विमान कार्की, सिए सुजिता अधिकारी र आन्तरिक राजश्व कार्यालयको कर अधिकृत विमल पौडेलले कार्यक्रमको मध्यस्तकर्ता रहनु भएको थियो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, तालिक संयोजक सुनिता लिगल कर्माचार्य, कार्यकारी निर्देशक निल के.सी, निर्माण सामाग्र हार्डवयेर व्यवसायी संघका अध्यक्ष नरहरी घिमिरे, वरिष्ठ उपाध्यक्ष अर्जुन लामिछाने लगायत चनौली बजार व्यवस्थापन समितिका पदाधिकारी, कार्यसमिति, पश्चिम चितवनका विभिन्न बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रतिनिधि, उद्योग वाणिज्य संघ चितवनका कर्मचारी सहित पश्चिम चितवनका उद्योगी व्यवसायी गरी १०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

    उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमानकुमार श्रेष्ठको अध्यक्षता एवम् चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकालले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो । उद्योग वाणिज्य संघ चितवनले यस बर्ष चितवन जिल्लका विभिन्न स्थानहरुमा निरन्तर रुपमा कर सचेतना तथा कर शिक्षा लगायतका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

    शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.