• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

जनताको त्याग र बलिदानबाट परिवर्तन सम्भव : अध्यक्ष प्रचण्ड


  •   शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको त्याग र बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताउनुभएको छ ।

    Advertisement

    गुल्मीको धुर्कोट गाउँपालिकाले निर्माण गरेको सहिद शमशेर स्मृति पार्कको उद्घाटन तथा सहिदहरुको शालिक अनावरण गर्नुहुँदै उहाँले नेपालमा भएका हरेक परिवर्तनहरु नेपाली जनताको त्याग र बलिदानबाट मात्रै सम्भव भएको बताउनुभएको हो ।

    अध्यक्ष प्रचण्डले जनताको धेरै ठुलो संघर्ष र बलिदानबाट देशमा शान्ति सम्झौता, संविधान सभाको निर्वाचन, सङ्घीय लोकतन्त्रको घोषणासँगै कार्यान्वयनको वातावरण बनेको हुँदा देशको राजनीतिक परिवर्तनमा समेत जनताको त्याग र बलिदान रहेको बताउनुभयो ।

    परिवर्तन सामान्य र सुधारात्मक मात्र नभएर गुणात्मक, युगान्तकारी र धेरै परसम्म जाने भएको उहाँको भनाइ छ । उहाँले देश गणतन्त्रमा प्रवेश भएको युगान्तकारीसँगै धेरै ठुलो परिवर्तन भएको उल्लेख गर्नुभयो ।

    जनताको बलिदानी कृतिमानको परिणाम देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको भन्दै नेपालको संविधानले पहिलो पटक नेपाली जनतालाई सार्वभौम सम्पन्न जनताको रुपमा स्थापित गरेको हुँदा अहिले सार्वभौम सत्ताको स्रोत नेपाली जनता भएको उहाँको भनाइ छ । संविधानले उच्च सम्मानको स्थानमा नेपाली जनतालाई राखेको हुँदा देशको सम्पूर्ण अधिकारको स्रोत जनता नै भएको वैधानिक रुपमा स्थापित भएको अध्यक्ष प्रचण्डको बताउनुभयो ।

    समावेशी र समानुपातिक रुपबाट जनतालाई प्रतिनिधित्व गराई नेपाल सबैको साझा हो भन्ने संवैधानिक रुपले स्थापित गर्ने काम भएको बताउनुभयो । देशमा भएका हरेक परिवर्तनसँगै जनताको अपेक्षा अनुसार विकास निर्माणका काम हुन नसकेको उहाँको भनाइ छ । गणतन्त्र घोषणा भएदेखि हालसम्म भौतिक पूर्वाधारको क्षेत्रमा आशा लाग्दा काम भएको छ । उहाँले स्वास्थ्यमा विगतभन्दा अहिले धेरै प्रगति भएको तथ्याङ्कमा देखिएको बताउनुभयो ।

    जनतालाई आफ्नो परिवारसँगै बसेर आर्थिक क्रियाकलाप, उत्पादन र उत्पादकत्व वृद्धिमा केन्द्रित हुने वातावरण नबनेको उहाँले बताउनुभयो । युवाहरु विदेश जाने क्रम बढेको हुँदा नेपालको आर्थिक क्रियाकलाप मुख्यतः विदेश गएका नेपाली युवाहरुको रेमिट्यान्सबाट चल्नु निकै नराम्रो भन्दै उहाँले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न राजनैतिक नेतृत्व, स्थानीय तह, प्रदेश र केन्द्र सरकार सबै लाग्नुपर्ने बताउनुभयो ।

    अध्यक्ष प्रचण्डले देशमा सामाजवाद उन्मुख र आर्थिक आधार निर्माण गरी सबैलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न जरुरी रहेको हुँदा अब आयातभन्दा निर्यात बढाउन उत्पादनमा वृद्धि गर्न स्थानीय तहबाटै लाग्नुपर्ने बताउनुभयो । नेपालमा पछिल्लो समय केही छैन भन्ने भास्य सिर्जना गर्नेहरु देखिएको भन्दै अध्यक्ष प्रचण्डले नेपालमा सबैथोक भएको बताउनुभयो । सबैले देशप्रति सधैँ सकारात्मक सोच राख्नुपर्ने उहाँको भनाइ छ । नेपाली माटोको सहि सदुपयोग गर्न सकिएमा देश बाहिर कोहि पनि जान नपर्ने बताउनुभयो ।

    आफूले सरकारको नेतृत्व गर्दा मिटरब्याज पीडितको पक्ष, रोजगारीका लागि विदेशिएका युवाहरु र स्वदेशमा रोजगार गर्नेलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नका लागि महत्त्वपूर्ण काम गरेको बताउनुभयो । सुशासनको पक्ष र भ्रष्टाचारविरुद्धमा निकै महत्त्वपूर्ण काम गरेको दाबी गर्नुभयो । भ्रष्टाचारले देशको समग्र संरचना क्षतविक्षत भएको हुँदा त्यसको अन्त्य गरी देशलाई सामाजिक न्यायतर्फ लैजान जोड गरेको बताउनुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक विकास आजको राष्ट्रिय आवश्यकता भएको उहाँको भनाइ छ ।

    धुर्कोट गाउँपालिकाले धुर्कोटमा जन्मनु भई विभिन्न समयमा देशको सामाजिक तथा राजनैतिक परिवर्तनका खातिर लड्दै आफ्नो ज्यानको बलिदान दिई साहदत प्राप्त गर्नुहुने सहिद शमशेर बहादुर खत्री, सहिद खिम विक्रम नेपाली र सहिद जेदुराम भण्डारीको सम्झनामा पार्कसँगै शालिक निर्माण गरी उहाँहरुको शालिक अनावरण गरेको हो ।गोरखापत्र अनलाइनबाट

    शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.