• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि प्राज्ञिकले चितवनमा दशौँ राष्ट्रिय अधिवेशन गर्दै


  •   बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
  • चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
    विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

    Advertisement

    परिषद्ले बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सुरक्षा स्ववलम्बन, सुशासन, शिक्षा समाज जीवन तथा राष्ट्रियस्तरका विषयमा देशभरका युवा वर्गको सकारात्मक दृष्टिकोणको विकासका साथै युवाको राष्ट्रप्रतिको दायित्वबोधका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशन यही २०८१ चैत्र २, ३ र ४ गते सुन्दर एवम् पर्यटकीय नगरी भरपुर चितवनमा सम्पन्न हुन गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिनु भएको हो ।

    अधिवेशन देशमा बढिरहेको भ्रष्टाचा, दुव्र्यसनी, बेरोजगारी आर्थिक एवम् पर्यावरण संकट, बढेदो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा केन्द्रित रहने उहाँले बताउनु भयो । साथै अधिवेशन मार्फत देशको शिक्षा, आर्थिक , समसामयिक र संकल्प गरि चारवटा अलग अलग प्रस्तावहरू पारित हुने परिषद्ले जनाएको छ ।

    त्यसैगरी परिषद्को संगठनात्मक गतिविधि, समाजमा यसको प्रभाव र आवश्यकता, अगामी दिशा आदि विषयमा पनि दशौँ राष्ट्रिय अधिवेशन केन्द्रीत रहने महासचिव विष्णुप्रसाद पंगेनीले बताउनु भयो ।

    सम्मेलनमा राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेलले विद्यार्थी परिषद् दलगत राजनीति भन्दा माथी रहेर देशको समग्र शिक्षा क्षेत्रको सुधारका लागि अथक रूपमा निरन्त राष्ट्र प्रथम भावका साथ काम गरिरहेको विषय बताउनु भयो । साथै परिषद्को ध्येय असल व्यक्ति निर्माण गर्ने रहेकोले राष्ट्र राष्ट्रियताका लागि दलगत स्वार्थलाई त्याग गरि व्यक्ति निर्माणको केन्द्र क्याम्पस विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य, राजनीतिक हस्तक्षेपको अन्त्य गरी सुसंस्कृत व्यत्ति र नागरिक निर्माणका लागि काम गरिरहेकोले यस्तो कार्यमा संचार जगतले पनि साथ र सहयोग गर्नु पर्ने विषय बताउनु भएको थियो ।

    त्यसैगरी देशभरबाट आउने १ हजार प्रतिनिधिहरूलाई सहजतापूर्ण रूपमा कार्यक्रममा सहभागी हुनका भरतपुर स्थित चितवन उद्योग संघमा सम्पूर्ण व्यवस्थापनहरू भइरहेको, अधिवेशन स्थलको रङरोगन, तोरण, झण्डा लगाउने देखिलिएर प्रचार प्रसार, मञ्च व्यवस्थापन लगायतका कार्यहरू दुर्तगतिमा भइरहेको, प्रतिनिधिहरूका लागि खान बस्न लगायतका सम्पूर्ण चिजहरूको पनि सम्पूर्ण बन्दोबस्त भइसकेको साथै उक्त व्यवस्थापनका लागि आर्थिक रूपमा स्थानीय सरकार, समाजसेवी, व्यावसायी शुभचिन्तक र भरतपुरका नागरिकले सहयोग गरिरहेको लगायतका विषयहरूको बारेमा अधिवेशन व्यवस्थापन प्रमुख राजु सापकोटाले जानकारी दिनु भयो ।

    त्यसैगरी अधिवेशन चैत्र २ गते दिउँसो २ः०० बजे उद्योग संघको सभाहलमा सन्त समाजका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्ने कार्यक्रम रहेको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि प्रसाद लम्साल र भरतपुर महानगरका मेयर रेणु दाहालको पनि विशेष उपस्थिति रहने महासचिव पंगेनीले जनाउनु भयो ।
    त्यसैगरी राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण हुमागाईंले विद्यार्थी परिषद्ले देशको शिक्षा क्षेत्रमा विपद्यार्थीहरूलाई रचनात्मक गतिविधि गर्दै आइरहेको र राष्ट्र व्यापीरूपमा परिषद्को प्रभाव पनि बढदै गएको सन्दर्भमा परिषद्ले यो अधिवशेन ऐतिहासिक रूपमा पर्यटकीय नगरी चितवनको भरतपुरमा गर्न गइरहेको विषय बताउनु भएको थियो ।

    तीनदिन सम्म चल्ने अधिवेशनमा विभिन्न समयमा अलग अलग सत्रहरू सञ्चालन हुने जसमा समानान्तर सत्र चैत्र ३ गते विहान “वर्तमान शिक्षा प्रविधिको उपयोगिता एवं प्रभाव” भन्ने विषय रहने छ भने चैत्र ४ गते विहान “राष्ट्रिय सुरक्षा र सुशासन”को विषयमा रहने महासचिव पंगेनीले बताउनु भयो । त्यसैगरी क्रमश चैत्र ३ गते दिउँसो शोभा यात्रा रहने छ जसमा विद्यार्थीहरूले अधिवेशन स्थलदेखि पुल्चोक हुँदै भरतपुरको विभिन्न ठाउँको परिक्रमा गर्दै खुल्ला अधिवेशन हुने र देशभरबाट सहभागि युवा विद्यार्थीहरूले अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रस्ताव पारित सत्र: अधिवेशनमार्फत् देशको शिक्षा, आर्थिक र समसामयिक विषयमा महत्वपूर्ण प्रस्तावहरू पारित हुने, स्वास्थ्य सेवी दिनेश तामाङलाई विद्यार्थी परिषद्ले वितरण गर्ने राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण गर्ने कार्यक्रम रहने छ ।

    त्यसैगरी, चैत्र ४ गते दिउँसो नयाँ केन्द्रीय कार्यकारिणी समिति घोषणा गर्ने र सोही दिन दिउँसो । विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिवको समापन भाषण रहने छ र तत् पश्चात् उक्त अधिवेशन समापन हुने परिषद्का महासचिव विषणु प्रसाद पंगेनीले उक्त पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।

    बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.