• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

ओरालो लाग्दै सुनको मूल्य


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • तोलामा दुई लाख रुपियाँ नजिक पुगेको सुनको मूल्य क्रमिक रूपमा घट्न थालेको छ । पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा साढे नौ हजार रुपियाँले घटेको छ ।

    Advertisement

    निरन्तर बढ्दै गएको सुनको मूल्य इजरायल र इरानबिच भएको युद्ध रोकिएसँगै घट्न थालेको हो । युद्धविराम रोकिएसँगै बजार स्थिर हुँदा लगानीकर्ताले सुन बेच्न थालेपछि मूल्यसमेत घट्दै गएको बताइएको छ । आगामी दिनमा थप मूल्य घट्दै जाने बताइएको छ ।

    असार १ गते प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य दुई सातामै तोलामा नौ हजार चार सय रुपियाँले घटेर सोमबार एक लाख ८८ हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । युद्धका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर हुँदा सुनको मूल्य निरन्तर बढ्दै गएको थियो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले युद्ध रोकिएपछि लगानीकर्ता धमाधम सुन बेच्न आउन थालेपछि सुनको मूल्य घट्न थालेको जानकारी दिनुभयो ।

    “अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔँस तीन हजार डलरसम्म झर्ने अनुमान गरिएको छ,” शाक्यले भन्नुभयो “त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य एक लाख ७५ हजार रुपियाँ हुन्छ ।” मूल्य घट्दा बजारमा सुनको माग बढ्ने हुँदा कारोबारसमेत वृद्धि हुने अनुमान गरिएको उहाँको भनाइ छ ।

    यसअघि सुनको मूल्य बढेर अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस तीन हजार ५०९ डलर पुगेको थियो । यो वर्षकै सबैभन्दा उच्च मूल्य हो । त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य तोालमा एक लाख ९७ हजार नौ सय रुपियाँमा कारोबार भएको थियो । पछिल्लो एक/डेढ सातादेखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य घटेर प्रतिऔँस तीन हजार २७४ डलरमा आएको छ ।

    निरन्तर मूल्य घटे पनि स्थानीय बजारमा सुनचाँदीको कारोबार भने हुन नसकेको व्यवसायीको भनाइ छ । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिराजडित गहनामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको माग गदै व्यवसायीले अनिश्चितकालीन पसल बन्द गर्दा कारोबार हुन नसकेको हो ।

    दुई दिनअघिदेखि मुख्य सडकदेखि भित्री गल्लीमा रहेका सुन पसल बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रेका छन् । पसल बन्द हुँदा गहना खरिद गर्ने ग्राहकलाई भने समस्या परेको छ । दैनिक २० केजीका दरले विभिन्न वाणिज्य बैङ्कले सुन आयात गर्दै आएकामा पछिल्लो समय आयात रोकेका छन् । बैङ्कसँग ५८ किलो सुन रहेको र माग पनि नभएकाले आयात नगरेको बताइएको छ ।

    वर्षमा ४६ हजारले बढ्यो मूल्य

    यसैबिच एक वर्षको अवधिमा बजारमा प्रतितोला सुनको मूल्य तोलामा ४६ हजार रुपियाँले बढेको छ । १६ असार २०८१ मा प्रतितोला एक लाख ४२ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर सोमबार एक लाख ८८ हजार एक सय रुपियाँमा कारोबार भएको छ ।

    सुन आयातमा लाग्दै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्दा तोलामा एक लाख ८१ हजार पुगेको सुनको मूल्य घटेर एक लाख ४७ हजार रुपियाँमा झरेको थियो । त्यसपछि पनि क्रमिक रूपमा बढ्दै गएर सुनको मूल्य दुई लाख नजिक पुगेको थियो ।

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.