• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

सुनचाँदीको मूल्य घट्यो

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

  • २. भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

  • ३. डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

  • ४. सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

  • ५. स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ

  • ६. अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना घाइते

  • ७. सल्यानको सामुदायिक वनको ओडारबाट पाँच नाल भरुवा बन्दुक बरामद

  • ८. आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने

  • ९. भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

  • १०. आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

निर्वाचन गरेर संवैधानिक रिक्तता टार्न प्रधानमन्त्री कार्कीले खोजिन नागरिक अगुवाहरुको साथ


  •   सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले नागरिक समाजका अगुवाहरूलाई छलफल गरेकी छन् ।

    Advertisement

    सोमबार भएको छलफलमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूबीच अविश्वास बढेको र निष्पक्ष आवाजले समाजलाई जोड्ने सेतुको रूपमा नागरिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

    उनले अहिले सरकार मुख्यतः तीनवटा मोर्चा संवैधानिक अडान, प्रशासनिक तयारी र बढ्दो युवा असन्तुष्टिमा सङ्घर्ष गरिरहेको बताएकी छन् ।

    प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा मात्र नभएर यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको बताएकी छन् । उनले केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध गरेकी छन् ।

    उनले निर्वाचन आयोगको कार्यक्षमता बढाउन हामी निर्वाचन आयोगको नेतृत्वसँग निरन्तर संवादमा रहेको र  सरकारको प्राथमिकता ‘सुरक्षा र सुशासन’ भएको स्पष्ट गरेकी छन् ।

    प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनलाई हामीले केवल ‘कानुन व्यवस्थाको विषय’ मात्र नमानेको बताउदै यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति भएको र जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम देखेको उल्लेख गरिन् ।

    यस निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर रहेको बताउदै प्रधानमन्त्री कार्कीले यसपटक असफल भएमा देश लामो राजनीतिक अन्योल र संवैधानिक सङ्कटमा धकेलिने चिन्ता प्रकट गरेकी छन् । उनले नागरिक समाजका नेताहरूको रूपमा सरकार र दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्नका लागि ‘तेस्रो शक्ति’ को रूपमा सक्रिय र निर्णायक भूमिका खेल्न नागरिक अगुवाहरुलाई आग्रह समेत गरेकी छन् ।

     

    सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता
    सुनचाँदीको मूल्य घट्यो
    प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ
    आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट
    सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    लोकप्रिय

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले

    • २.
      भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो

    • ३.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की

    • ४.
      सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन

    • ५.
      स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक

    • ६.
      अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना

    भर्खरै

    • १.
      आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

    • २.
      सुनचाँदीको मूल्य घट्यो

    • ३.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    • ४.
      एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

    • ५.
      आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

    • ६.
      सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

    • ८.
      सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.