• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ४. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

एल मेन्चोको मृत्युपछि मेक्सिकोमा हिंसा


  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । मेक्सिकोको सेनाले आइतबार देशकै सबैभन्दा शक्तिशाली ड्रग कार्टेलका प्रमुख नेमेसियो ओसेगुएरा केरवेंटेसलाई कारबाहीका क्रममा मारिएको जनाएको छ । ‘एल मेन्चो’ नामले परिचित उनी अमेरिका का सबैभन्दा खोजी सूचीमा रहेका फरार अपराधीमध्ये एक थिए ।

    Advertisement

    सरकारका लागि ठूलो सफलताका रूपमा हेरिएको उक्त कारबाहीपछि भने देशका विभिन्न क्षेत्रमा हिंसात्मक घटना भड्किएका छन् । कार्टेलका सदस्यहरूले खुद्रा पसल, सार्वजनिक सवारीसाधन र सरकारी भवनमा आगजनी गर्नुका साथै सडक अवरुद्ध र गोलीबारी गरेका छन् । करिब एक दर्जन राज्यमा सवारीसाधन जलाइएको र राजमार्ग अवरुद्ध पारिएको विवरण सार्वजनिक भएको छ ।

    एल मेन्चो जलिस्को न्यू गेनेरेसन कार्टेल (जेएनजीसी) का प्रमुख थिए । यो समूह हाल मेक्सिकोको सबैभन्दा ठूलो, तीव्र रूपमा विस्तार भइरहेको र खतरनाक आपराधिक सञ्जाल मानिन्छ ।

    ५९ वर्षीय ओसेगुएरा पश्चिमी मेक्सिकोको मिचोआकान प्रान्तका बासिन्दा थिए । सन् १९९४ मा अमेरिकामा हेरोइन तस्करी अभियोगमा तीन वर्ष जेल सजाय भोगेका उनले रिहाइपछि मेक्सिको फर्केर लागुऔषध कारोबारमा आफ्नो प्रभाव विस्तार गरेका थिए । सन् २००९ तिर उनले जेएनजीसी स्थापना गरेका थिए, जसले अमेरिका सम्म कोकिन, मेथाम्फेटामिन, फेन्टानिल तथा मानव तस्करीमा संलग्नता जनाएको आरोप छ ।

    यस समूहले ड्रोन र आईईडीजस्ता आधुनिक हतियार प्रयोग गर्दै हिंसाका नयाँ तरिका अपनाएको थियो । सन् २०१५ मा जालिस्को क्षेत्रमा मेक्सिकन सेनाको हेलिकप्टर खसालिएको घटना र मेक्सिको सिटीका तत्कालीन प्रहरी प्रमुखमाथि गरिएको आक्रमण प्रयासले कार्टेललाई कुख्यात बनाएको थियो ।

    एल मेन्चोको मृत्यु पश्चात दोस्रो ठूलो सहर ग्वाडलाहारासहित विभिन्न स्थानमा सुरक्षा सतर्कता बढाइएको छ । कतिपय राज्यमा विद्यालय बन्द गरिएका छन् भने सुरक्षाकर्मी उच्च सतर्कतामा राखिएका छन्। छिमेकी ग्वाटेमालाले समेत सीमाक्षेत्रमा सुरक्षा कडा पारेको जनाएको छ ।

    अमेरिकी विदेश विभागले ओसेगुएराको पक्राउका लागि १ करोड ५० लाख डलर इनाम घोषणा गरेको थियो । अमेरिकी प्रशासनले उनको कार्टेललाई विदेशी आतंकवादी संगठन घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरूले मेक्सिकोको कारबाहीको स्वागत गरेका छन् ।

    अब जेएनजीसीको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न उठेको छ । विज्ञहरूका अनुसार एल मेन्चोले संगठनमा प्रत्यक्ष नियन्त्रण राखेका थिए । उनको अनुपस्थितिमा केही समय कार्टेल कमजोर हुन सक्ने भए पनि प्रतिद्वन्द्वी समूहबीच शक्ति संघर्ष बढ्न सक्ने र त्यसले हिंसा थप चर्किन सक्ने अनुमान गरिएको छ ।

     

    सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ४.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.