पोखरा । पोखराको लेकसाइड, स्ट्रीट नं. १६ मा रहेको Himalayan Jazz Restro & Bar स्वदेशी तथा विदेशी पर्यटकका लागि खानपान, संगीत र मनोरञ्जनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
पोखरा भ्रमणमा आउने पर्यटकलाई मौलिक नेपाली स्वादसँगै विभिन्न अन्तर्राष्ट्रिय परिकारको स्वाद प्रदान गर्ने उद्देश्यले रेस्टुरेन्टले सेवा दिँदै आएको छ। यहाँ नेपाली खानालाई विशेष प्राथमिकता दिइएको छ भने लोकल कुखुरा, लोकल हाँस, स्थानीय स्वादमा आधारित परिकार, फेवातालको स्थानीय माछाबाट तयार गरिने परिकार, स्पेसल माछा, छोइला लगायतका विभिन्न नेपाली परिकार उपलब्ध छन्।
नेपाली परिकारसँगै Himalayan Jazz मा Continental, Chinese, Indian तथा अन्य International Cuisine समेत उपलब्ध छन्। ग्राहकको रुचिअनुसार विभिन्न Multi-Cuisine परिकारको स्वाद लिन सकिने रेस्टुरेन्टले जनाएको छ। त्यस्तै, Coffee, Juice, Drinks तथा Bar सेवाको समेत व्यवस्था गरिएको छ।
खानपानसँगै मनोरञ्जनका लागि रेस्टुरेन्टमा Live Music तथा रमाइलो वातावरणको व्यवस्था गरिएको छ। परिवार, साथीभाइ, पर्यटक तथा विशेष भेटघाटका लागि खानासँगै संगीत र आत्मीय वातावरणको अनुभव लिन सकिने रेस्टुरेन्टको भनाइ छ।
Himalayan Jazz Restro & Bar ले नेपाली पाहुनालाई नेपाली मौलिक स्वाद र विदेशी पाहुनालाई नेपालको स्थानीय खानाको अनुभव गराउने अवधारणालाई प्राथमिकता दिएको छ। पोखरा भ्रमणमा आउने पर्यटकले खानपानसँगै नेपाली संस्कृति र स्थानीय स्वादको अनुभव लिन सकून् भन्ने उद्देश्य रहेको रेस्टुरेन्टले जनाएको छ।
रेस्टुरेन्टले विशेष अवधारणाअन्तर्गत २४ घण्टा सेवा उपलब्ध गराउने योजना तथा सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै रेस्टुरेन्टले स्वादिलो खाना, उत्कृष्ट सेवा, लाइभ संगीत र आत्मीय वातावरणमार्फत पर्यटकको पोखरा बसाइलाई थप रमाइलो बनाउने लक्ष्य राखेको छ।
Himalayan Jazz Restro & Bar
📍 लेकसाइड, स्ट्रीट नं. १६, पोखरा
📞 9856101333 | 9856100235
