• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

चैतभित्र सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट जोड्ने तयारी, दुई वर्षभित्र सबैलाई अनिवार्य


  •   बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
  • सरकारले आगामी दुई बर्षभित्र इम्बोस्ड नम्बर प्लेट जोडिसक्ने लक्ष्य लिएको छ।

    Advertisement

    मुद्दा परेर रोकिएको करिब २६ महिनापछि पुन: जडानको सुरु भएको इम्बोस्ड नम्बर प्लेट आगामी दुई बर्षमा देशभरका करिव ३० लाख सवारी साधनमा जोडिसक्ने यातायात व्यवस्था विभागले काम अघि बढाएको हो।

    दुई बर्षमा देशभरका सबै खालका सवारीसाधनमा जोडिसक्ने योजना बनाएर अघि बढेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

    उनका अनुसार चैतभित्र सबै खालका सरकारी सवारीसाधनहरुलाई अनिवार्य रुपमा जोडिसक्ने लक्ष्य छ। अहिले सरकारी प्लेटहरुको अर्डर धेरै आएकाले सोही अनुसार नम्बर प्लेटहरु नै छाप्ने काम भैरहेको छ।

    सरकारी सवारीसाधनमा अनिवार्य गरिएपछि बिस्तारै निजी लगायत अन्य सबै सवारीसाधनमा अनिवार्य गर्दै लैजाने हमालले बताए।

    इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि भारतको जस्तै देखिएको, नेपाली भाषामा किन नभएको र आर्थिक चलखेलसमेत भएको भन्दै रोक लगाउन माग गर्दै भरत बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए।

    उक्त रिटमा २०७४ फागुन १० गते तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको इजलासले इम्बोस्ड नम्बर प्लेट तत्कालका लागि लागू नगर्न अन्तरिम आदेश गरेको थियो। त्यसको २१ महिनापछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जनाको संयुक्त इजलासले रिट खारेज गरेसँगै विभागले पुनः जडान सुरु गरेको हो।

    भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले विभागका अधिकारीहरुलाई मिलेसम्म नेपालीमा छाप्न भनेका थिए ।

    तर विभागका अधिकारीहरुले सिस्टम सम्झौताका प्रावधान, सिस्टम मोडिफाइ लगायत विभिन्न जटिलताहरु रहेका कारण नेपालीमा छाप्न चुनौतीमा रहेको बताएका थिए। अहिले अङग्रेजीमा नै नम्वर प्ले छापेर वितरण भैरहेको छ। भने सबै नम्वर प्लेट अङग्रेजीमा नै छापिने हमालले बताए।

    विभागका अनुसार अदालतले रोक लगाउनुपूर्व सरकारी र निजी दुवैमा गरी करिब २ हजार सवारी साधनमा जडान भएको थियो।

    २०७३ भदौ ४ गतेबाट जडान सुरु गरिएको थियो। अहिले करिब ८ हजार सवारी साधनमा जडान भैसकेको छ। निजी सवारी साधनको टेकु, सरकारी सवारी साधनको मिनभवन, दुई पाङ्ग्रे सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट गुर्जुधारामा जडान भैरहेको छ। हेभी सवारीसाधनका लागि ठाउँ व्यवस्थापन भैरहेको विभागले जनाएको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतीय कम्पनी डेकाटुर टाइगरलाई करिब ४ करोड ३७ लाख ८७ हजार ५०० डलरमा पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाउन जिम्मा दिएको हो।

    आगामी मे मा सम्झौता अवधि पूरा हुँदैछ। त्यसपछि समय थप्ने तयारी छ। सवारीसाधनको संख्या बढेको र समय पनि धेरै लागेकाले लागत भने बढ्नेछ।
    गृह मन्त्रालयले सरकारी नम्बर प्लेट भएका सवारीसाधनहरु इम्वोस्ड नम्बर प्लेट जडान गर्न सर्कुलर जारी गरिसकेको छ।

    सेतो (सरकारी) नम्बर प्लेटको सवारीमा रातो (निजी प्लेट) राखी दुरुपयोग हुन सक्ने इम्वोस्ड नम्वर प्लेट जडान गर्न सर्कुलर जारी गरेको हो।

    गृह मन्त्रालय,आन्तरिक प्रशासन, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, अध्यागमन , कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाइ फागुनभित्र जोडिसक्न निर्देशन दिएको हो।

     

    के हो इम्वोस्ड नम्बर प्लेट ?

    सामान्य नम्बर प्लेटभन्दा बलियो र किफायती मानिने यो नम्बर प्लेट आधुनिक छ। प्लेटमा लेखिएका अक्षरहरु सतहभन्दा माथि उठेका हुन्छन्।
    एकपटक जडान गरेपछि निकाल्न मिल्दैन। निकाल्न खोजे यो नष्ट हुन्छ। १० वर्षमाथिको न्यूनतम आयु हुन्छ। यसमा प्रविधियुक्त चीप राखिएको हुन्छ, जसमा सवारीसाधनको पनि विवरण हुन्छ।

    कति प्रकारको हुन्छ ?

    अहिले प्रयोगमा रहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ मा सीमित गरिएको छ।
    राष्ट्रपतिको सवारीमा राष्ट्रिय झण्डा, त्यसमुनि माथिबाट हल्का नीलो रङ हुँदै गाढा निलो रङ, NEP अक्षर, त्यसमुनि लालीगुराँससहित नेपालको निशान छाप हुनेछ।

    निजी सवारी साधनमा सेतो प्लेटमा कालो अक्षर हुनेछ। सार्वजनिक सवारी साधनमा पहेँलो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो नम्बर प्लेटमा रातो अक्षर र कूटनीतिक सवारीमा सेतो प्लेटमा नीलो अक्षर राखिनेछ। सबै प्रकारका सवारी साधनहरुको नम्बर प्लेट अगाडि पट्टीको लाम्चो आकार र पछाडि चतुर्भुज आकारको हुनेछ।

     

    कति मूल्य पर्छ ?

    दुई पांग्रे, तीन पांग्रे, चार पांग्रे र ठुला गरि सवारी साधनलाइ चार वर्गमा विभाजन गरेर शुल्क निर्धारण गरिएको छ।

    दुई पांग्रेका लागि २५ सय, तीन पांग्रेका लागि २९ सय, चार पांग्रेका लागि ३ हजार २ सय रुपैया तथा ठुलाका लागि ३ हजार ६ सय रुपैयाँ तोकिएको छ।

     

    कसरी जडान गर्ने ?

    इम्बोस्ड नम्बर प्लेटका लागि आवेदन दिनुपूर्व सवारीको सम्पूर्ण कर चुक्ता गरेको हुनु पर्छ। विभागको dotm.gov.np मा गइ प्रथम पृष्ठमा रहेको ‘इम्बोस्ड नम्बर प्लेट’ बटन थिची सवारीको सम्पूर्ण विवरण भरी अनलाइन आवेदन फाराम बुझाइ आफूले भरेको फाराम प्रिन्ट गर्न सकिन्छ।
    दुई पांग्रे सवारीसाधनका लागि निवेदन गुर्जुधाराको यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) र राजस्व त्यहीँको ग्लोबल आइएमइ बैंक लिमिटेडमा बुझाउनु पर्छ। अन्य सवारीका हकमा एकान्तकुनास्थित यातायात कार्यालय (साना ठुला सवारी) र राष्ट्रिय वाणिज्य बैकमा राजस्व बुझाउनुपर्छ।

    सवारीको कर चुक्ता सम्बन्धी अध्यावधिक कागजात, नम्बर प्लेटवापत शुल्क जम्मा गरेको बैक भौचरको सक्कल प्रति र अनलाइन आवेदन प्रणालीमा उल्लेख गरिएका आवश्यक कागजातसहित अनलाइन आवेदनको प्रिन्टप्रति माथि उल्लेख गरिए अनुसार कार्यालयमा प्रमाणीकरणका लागि बुझाउनुपर्छ।

    सम्बन्धित कार्यालयमार्फत प्रमाणीकरण भए पश्चात मात्र इम्बोस्ड नम्बर प्लेट छाप्ने प्रक्रिया सुरु हुनेछ। प्लेट तयार भएको जानकारी आवेदकले एसएमएसमार्फत जानकारी पाउनेछन्। एसएमएसमार्फत आवेदकलाई जानकारी गराइए अनुसार निजी सवारीधनि आफैंले बायोमेट्रिक विवरण उपलब्ध गराइ तथा सरकारी वा संस्थानको स्वामित्वमा रहेका सवारीको हकमा आधिकारिक प्रतिनिधी उपस्थित भइ जडान गर्न सकिनेछ।

    शहरका विभिन्न भागमा प्लेट लाई रिड गर्ने गेटहरु राख्ने योजना छ। उपत्यकाभित्र विभिन्न पाँच स्थानमा राख्न लागिएको छ, तर राख्न सुरु भने भइसकेको छैन। ती गेटहरुले पार गर्ने सवारी साधनको नम्बर प्लेट रिड गरेर अटो इन्ट्री दिन्छ।

    सवारी साधन कुन ठाउँमा छ, कता जाँदैछ र कर तिरेको छ-छैन लगायतका विवरण एउटा रुमबाट हेर्न सकिन्छ। जसले सवारीसाधनको चोरी रोक्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.