• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

सुदूरको सबैभन्दा ठूलो जलविद्युत आयोजनाको सुरुङ ब्रेक-थ्रु, असारमा विद्युत उत्पादन लक्ष्य


  •   बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
  • चितवन । बझाङमा निर्माणाधिन ३८ मेगावाट क्षमताको कालंगाड जलविद्युत आयोजनाको मुख्य सुरुङमार्गको ब्रेकथ्रु सम्पन्न भएको छ।

    Advertisement

    आयोजनाको ८ किलोमिटरभन्दा लामो मुख्य सुरुङको ब्रेकथ्रु भएसँगै आगामी असारसम्ममा परीक्षण उत्पादन सुरु गर्ने पनि आयोजनाले तयारी गरेको छ।

    माथिल्लो कालंगाड आयोजनाको सुरुङ नीजि क्षेत्रबाट अहिलेसम्म प्रवर्द्धित आयोजनाहरु मध्येकै सबैभन्दा लामो सुरुङ हो। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाको सुरुङ मार्ग पनि साढे ८ किलोमिटर मात्रै लामो छ। यस जलविद्युत आयोजनाको मुख्य सुरुङको लम्बाई भने त्योभन्दा झन्डै तीन सय मिटर मात्रै कम (कुल ८.१५३ किमी) छ ।

    त्यस्तै सुदूरपश्चिममा निर्माण सम्पन्न आयोजनामध्ये माथिल्लो कालंगाड अहिलेसम्मकै ठूलो आयोजना समेत हुनेछ। बझाङ जिल्लाको पहिलो र सुदूरपश्चिमको पाँचौ आयोजना क्षमताका हिसाबले पनि प्रदेशकै सबैभन्दा ठूलो आयोजना हुने छ।

    यसअघि दार्चुलामा निजी क्षेत्रबाट साढे आठ मेगावाटको नौगाड, आठ मेगावाटको माथिल्लो नौगाड, विद्युत प्राधिकरणबाट ३० मेगावाटको चमेलिया र डोटीमा ३.३ मेगावाटको कपाडीगाड जलविद्युत आयोजना मात्रै सञ्चालनमा छन्।

    अति जटिल भूबनोट भएको बझाङमा आयोजना निर्माण गर्नु निकै चुनौती पूर्ण रहेपनि प्रवर्द्धकहरुले समयमै निर्माण सम्पन्न गर्ने गरि कामलाई तिब्रता दिएका थिए। कोभिडका कारण आयोजना एक वर्ष पछि नसरेको भए तोकिएकै समयमा आयोजनाको काम सम्पन्न हुने पनि आयोजनाको दावी छ।

    २०७३ भदौमा वित्तीय व्यवस्थापन गरेर आयोजनाको काम अघि बढाइएको थियो। २०७७ साउन/भदौमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोभिडले काम प्रभावित भएपछि ठिक एक वर्ष पछि आयोजनाको काम सम्पन्न हुन लागेको हो।

    आयोजनाको बाँध, विद्युत गृह देखि सम्पूर्ण भौतिक संरचनाको निर्माण ९५ प्रतिशत भन्दा बढि सम्पन्न भएको आयोजनाका सञ्चालक शिवप्रसाद घिमिरेले बिजमाण्डूलाई बताए।

    सुदूरपश्चिम प्रदेशको उत्पादन १०० मेगावाट नाघ्ने

    अहिले सुदूरपश्चिममा निजी क्षेत्रबाट ८.५ मेगावाटको नौगाड, आठ मेगावाटको माथिल्लो नौगाड, ३.३ मेगावाटको कपाडीगाड जलविद्युत आयोजना र विद्युत प्राधिकरणबाट ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना मात्रै निर्माण सम्पन्न भएका छन्।

    कालंगागाड करिडोरका तीन वटा आयोजनाले विद्युत उत्पादन सुरु गरेमा सुदूरपश्चिममा ६ वटा आयोजनाबाट १०० मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने छ।

    कालंगाडमा तीन वटा आयोजनाबाट गरि करिब ६५ मेगावाट विद्युत उत्पादन हुँदै छ। १५.३३ मेगावाटको कालंगाडबाट बैशाखदेखिनै परीक्षण उत्पादनको तयारी गरिएको घिमिरेले बिजमाण्डूलाई बताए।

    ३८.४६ मेगावाटको माथिल्लो कालंगाडको परीक्षण उत्पादन आगामी असार देखि सुरु गर्ने तयारी छ। १०.७ मेगावाटको सानीगाड जलविद्युत आयोजना भने बाँकी दुई वटा आयोजनाको विद्युत उत्पादन सुरु भएको ३ महिनापछि मात्रै सञ्चालनमा आउने घिमिरेले बताए।

    माथिल्लो कालंगाडको १७ सय मिटर सुरुङमा समस्या आएपछि ७०० मिटर रुट परिवर्तन गरेर ब्रेक थ्रु गरिएको घिमिरेले बताए। सानीगाड आयोजनाको सुरुङमा पनि समस्या देखिएपछि तीन महिनापछि मात्रै विद्युत उतपादन सुरु हुने भएको हो।

    तीनवटै आयोजनाको लागत १२ अर्ब रुपैयाँ अनुमान गरिएकोमा कोभिड १९ का कारण आयोजनाको काम प्रभावित भएपछि करिब एक अर्ब रुपैयाँ लागत बढ्ने अनुमान गरिएको छ।

    तीन वटै आयोजनाको अध्यक्ष उमेश श्रेष्ठ हुन्। सञ्चालकहरुमा शिवप्रसाद घिमिरेका अलवा राजेश श्रेष्ठ, खगेश्वर बोहरा, तीर्थराज चट्टौज र बिरेन्द्रबहादुर मल्ल रहेका छन्।

    उत्पादन सुरु गरेपछि सर्वसाधारणलाई आइपीओ बिक्रि गरिने
    आयोजनाले विद्युत उत्पादन सुरु गरिसकेपछि मात्रै सर्वसाधारण र स्थानीय प्रभावितका लागि आइपीओ जारी गर्ने तयारी गरेको छ।

    विद्युत उत्पादन र आइपीओ निष्काशन संगसँगै हुने गरि बिक्रि प्रबन्धक खोज्ने देखि क्रेडिट रेटिङ सम्मका प्रक्रिया सुरु गरिएको सञ्चालक घिमिरेले बताए।

    आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहेको छ। स्वपूजीको १० प्रतिशत स्थानीय प्रभावित र २० प्रतिशत आम सर्वसाधारणलाई सेयर जारी गर्ने आयोजनाको तयारी छ।

    बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.