भरतपुर । बालिका बलात्कार आरोपमा जिल्ला अदालत चितवनले एक पुरुषलाई १० वर्ष कैद र महिलालाई तीन वर्ष कैद हुने फैसला गरेको छ । चितवन अदालतका न्यायधीश सकुन्तला कार्कीको इजलासले वैशाख ५ गते उक्त फैसला गरेको हो ।
०७२ साउन १३ गते भरतपुर महानगरपालिका वडा नं ४ का ४७ वर्षीय राजुकमार श्रेष्ठले १३ वर्षीया बालिकालाई भरतपुर महानर वडा नम्बर ८ बीसहजारी ताल नजिकको होटलमा लागि बलात्कार गरेको भनी पीडितको बाबुले साउन १७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।
सोही घटनाका अर्को आरोपित भरतपुर महानगरपालिका ४ की २७ वर्षीया विमला विकलाई तीन वर्ष कैद हुने फैसला अदालतले जनाएको छ । घटनाका आरोपितहरु दुवै जना हालसम्म फरार रहेको अदालतले जनाएको छ । बालिकाको साउन १७ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।
