• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनचाँदीको मूल्य बढ्यो

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

भेरी अस्पतालमा उपचार गराइरहेका संक्रमित भन्छन्ः सेतो कपडा लगाएका मान्छे कोठामा छिर्ने बित्तिकै मुटु काँप्छ


  •   सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित
  • नेपालगन्ज–२ घरबारी टोलका ब्यापारी हिमलाल न्यौपाने र उनकी श्रीमती दुर्गादेवी विगत चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना छन् । उक्त वार्डको ४५ नम्बर बेडमा यि दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन् । हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ । श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ । हिमलालाई भने छाती दुख्ने समस्या छ ।

    Advertisement

    गत बुधबार कोरोना पोजेटिभ भएपछि ५२ वर्षका यि दम्पती अस्पतालमा भर्ना भएका हुन् । ‘श्रीमतीलाई श्वासप्रश्वासमा समस्या भएको हुँदा बल्लतल्ल भर्ना गराएँ, ‘खाली नहुँदा मैले नै बेड पाएन, अहिलेसम्म एउटै बेडबाट बुढाबुढीले उपचार गराइरहेका छौं,’ उनले नागरिकसँग भने ।

    विगत तीन दिनयता बिरामीको चापले गर्दा अस्पताल भरिभराउ भएको स्मरण गर्दै हिमलालले भने, ‘हिजो अस्तीसम्म त खुट्टा टेक्ने ठाउँ पनि थिएन, एकछिन बेड खाली भएपनि तत्कालै सिरियस बिरामी आएपछि मानवताको नाताले छाडिदिए ।’ कोभिड वार्डमा भर्ना भएका बिरामीको बोल्दा बोल्दै मृत्यु भएको देख्दा आफ्नो होस नै उडेको हिमलाल सम्झन्छन् ।

    ‘सेतो कपडा(पिपिई) लगाएका मान्छे कोठामा छिर्ने बित्तिकै मुटु काँप्छ, उनीहरु मरेका लाशलाई उठाएर बाहिर लैजान्छन्, कसैलाई त भित्र ल्याउँदा ल्याउँदै मरेपछि बाटोबाटै फर्काएर लैजानुपर्छ,’ उनले त्यहाँको अवस्था वर्णन गर्दै भने । कोभिड वार्डमा रहेका थोरै संख्याका स्वास्थ्यकर्मीले बिरामीलाई गरेको नियमित हेरचाह र सेवा अविष्मरणीय रहेको हिमलाल सुनाउँछन् । उनले थपे, ‘साना नानीहरु धेरै मेहेनति रहेछन्, उनीहरुले गरेको सेवा देख्दा गज्जब लाग्यो ।’

    भेरी अस्पतालकै कोभिड वार्डमा नेपालगन्ज–२ बुद्धनगरका ५५ वर्षीय चित्रबहादुर डाँगी पनि कोभिडसँगै लडिरहेका छन् । उक्त वार्डको १६ नम्बर बेडमा उपचाररत उनलाई कोरोना संक्रमणका कारण छातीमा इन्फेक्सन भएको छ । यसले गर्दा नियमित रुपमा अक्सिजन चढाइरहनुपर्छ । ५५ वर्षीय चित्रबहादुरको स्याहार सुसारमा उनकी श्रीमती दिनरात खटिरहेकी छन् । तीन दिनदेखि उपचार गराइरहेका उनको स्वास्थ्यमा केही सुधार आएको छ । तर, अक्सिजन भने नियमित रुपमा चाहिन्छ । ज्वरो र टाउको दुख्ने समस्या बल्झिएपछि पिसिआर परीक्षण गर्दा उनलाई बैशाख ९ गते कोरोना पोजेटिभ देखिएको थियो ।

    अस्पतालमा बढेको बिरामीको भिड र सीमित संख्याका डाक्टर र स्वास्थ्यकर्मी देख्दा उनलाई बाँच्ने आशा थिएन । तर, सोमबार आफ्नो स्वास्थ्यमा केही सुधार आएकाले छिट्टै निको भएर घर फर्किने मनोबल बढेको छ । ‘अलिकति फोक्सोमा इन्फेक्सन भएको हुँदा श्वास फेर्न गाह्रो छ, अब त धेरै ठिक भएको छ, बाँच्ने आशा पलाएको छ,’ उनले भने ।

    दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै जाँदा यहाँका अस्पतालमा बिरामीको भिडभाड हुनु अचेल नौलो हुन छाडिसकेको छ । अस्पतालको इमेरजेन्सी कक्षदेखि कोभिड वार्डसम्म बिरामीको तात्ति नै लागेको हुन्छ । कोरोनाका शंकास्पद बिरामीको चाप पनि अस्पतालमा उत्तिकै छ । शंकास्पद बिरामीले न पिसिआर परीक्षण गर्ने पालो पाउँछन्, न त भर्ना भएर बस्नका लागि बेड । यसले गर्दा अस्पतालमा बिरामीको बिजोग नै हुन्छ ।

    कोरोनाको शंका लागेपछि नेपालगन्ज, कोरियनपुरका सन्तोष ओलीले आफ्नी आमालाई लिएर सोमबार बिहान १० बजेतिर भेरी अस्पताल पुगेका थिए । छाती दुख्ने, खकारमा रगत आउने र ज्वरो आउने लक्षण रहेपनि उनले सोमबार बेलुकीसम्म पनि आमाको पिसिआर परीक्षण र अस्पतालमा भर्ना गराउन सकेनन् । ‘कोरोना परीक्षण गराउनलाई पालो पाइएन, आमालाई गाह्रो भइरहेको छ, वार्डमा भर्ना गराउन खोज्दा बेड नै पाइएन,’ उनले भने ।

    भेरी अस्पतालमा हाल २ सय बेड क्षमताको कोभिड वार्ड रहेको छ । यसअघि रहेको १ सय ४२ लाई बढाएर २ सय पुर्याइएको छ । यसमध्ये १ सय ३० बेडको जनरल, ६० बेड आईसियु र १० बेडको भेन्टिलेटर रहेको छ । उक्त अस्पतालमा सोमबार बेलुकीसम्म २ सय १० को हाराहारीमा कोरोना संक्रमित भर्ना भएका छन् । जसमध्ये ७० जना जति सिकिस्त छन् ।

    अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डे कोरोना संक्रमितको चाप अझैपनि कायमै रहेको बताउँछन् । बिरामीको चाप बढेका कारण सोमबार बेलुकीसम्म कोभिड वार्डका सबै बेड भरिएको उनले जानकारी दिए । ‘बेड अहिले पनि पुरै प्याक छन्, स्वास्थ्यमा केही सुधार भएका कतिपय डिस्चार्ज भएका बिरामी पनि घर जान मानेनन्,’ पाण्डेले भने ‘उनीहरुलाई काउन्सिलिङ गर्नुपर्ने अवस्था आएको छ ।’ अस्पतालले बिरामीको चाप कम गर्न पछिल्लो समयमा अक्सिजन आवश्यक पर्ने खालका बिरामीलाई मात्र भर्ना गर्ने गरेको छ ।

    अस्पताललाई ८० जना कर्मचारी भर्ना गर्न स्वीकृती

    कोरोना संक्रमित तीव्र रुपमा बढेपनि जनशक्ति कम भएको समाचार बारम्बार आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालका लागि १० जना मेडिकल अफिसर, २ जना नर्सिङ अधिकृत, ४० जना स्टाफ नर्स, ५ जना ल्याब टेक्निसियन, ३ जना एनेस्थेसियोलोजिष्ट र २० जना सरसफाईकर्मी गरी ८० जना कर्मचारी भर्ना गर्न स्वीकृती दिएको छ ।

    यि कर्मचारीलाई तीन महिनाको लागि आवश्यक सेवा सुबिधा प्रदान गर्न मन्त्रालयले ६८ लाख ७ हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख गरेको छ । सोही अनुसार अस्पतालले सोमबार नै ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना मेडिकल अधिकृत, २ जना नर्सिङ अधिकृत, ५ जना ल्याब टेक्निसियन र ४० जना स्टाफ नर्स पदपुर्ती सम्बन्धी सूचना प्रकाशित गरिसकेको छ ।

    भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पतालमा रहेको कोभिड वार्डको तुलनामा कर्मचारीको संख्या कम भएकाले मन्त्रालयसँग नयाँ कर्मचारी माग गरिएको बताए । उनले भने, ‘कर्मचारी कम हुँदा उपचार गर्न निकै समस्या भएको कुरा मन्त्रालयसँग गरेपछि माथीबाट स्वीकृती भएर आईसकेको छ, कर्मचारी भर्नाका लागि आजै(सोमबार) सूचना प्रकाशन गरिसकेका छौं ।’

    सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.