ई.सन्तोष अधिकारी
यात्रा
अन्त्यहीन जस्तो यात्रामा
कतै जङ्गल, कतै पहाड अनि
कतै समथर र कतै उजाड मरभुमी !!!
या भनु परिवर्तित मोड भएका अन्जान बाटोमा
म, मदिरामा धुत भएर सवार छु !!!
बाटो भनु या राजमार्ग
सुनसान छ।
अनि मान्छेहरु नबस्ने डरलाग्दो बस्ती,
जहाँ कहिल्यै सुर्य उदाउदैन जस्तो,
न अस्तायेर जुन!!!
वतावरण मात्र कालो छ
आकाश हेर्दा मात्र कालो
डरलाग्दो चीत्कार सुन्छु
सायद आफ्नो पेट पाल्न
अरुको स्वाभिमान र स्वतन्त्रताको लागि, मरेको सगरमाथाको छोरो को जस्तो!!!!
तर पनि नसा म धुत छु
कुनै पर्वाह छैन
खाली सुनसान बाटोमा
म पागल झै हर्न बजाउन्छु!!!
कर्फ्यु लगेको नेपाली रात भनु त कसरी
म साहारा जस्तो मरभुमी ठाँउमा छु,
आकाश कालो छ
सुर्य बिस्फोट भएर पुरै संसार ढाके जस्तो!!!
तर तेहि बाट पर मैले देखे
टल्किरहेका सायद हिमाल,
सायद मेरो यात्रा अन्त्ये हुने जनाउ जस्तो
बिना उमंग तेत्तै बढ्दै जादा
सुन्दर बस्ती
तर सुन्सान
आकाश कालो
तर उज्याला लाल्टिले चम्किरहेको बस्ती
सायद उसैको पर्खाइमा अस्ताएको गाउँ,
बले देखि ननिभेका लाल्टिन
अचम्मको सन्नाटा
मान्छे नबस्ने गाउँ !!!!!
