• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

निषेधाज्ञासँगै विद्युत खपतमा उच्च गिरावट, तामाकोशीको बिजुली पनि खपत नहुने चिन्ता


  •   शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
  • काठमाडौं।  गत वर्ष कोभिडविरुद्ध लड्न बन्दाबन्दी गरेपछि विद्युत खपत करिब आधा घटेको थियो। दिउँसो र साँझ-बिहानको समयमा उत्पादित विद्युत सबै खपत भए पनि रातको समयमा भने नेपालले बिजुली खेर फाल्नु परेको थियो।

    Advertisement

    ठिक एक वर्षपछि काठमाडौं उपत्यकासहित देशका मुख्य मुख्य सहरी जिल्लामा फेरि निषेधाज्ञा सुरु भएको छ। यो सँगै विद्युत खपतको ग्राफ पनि ह्वात्तै ओरालो लागिसकेको छ।

    बैशाख १५ गते बुधबार दुई करोड ९१ लाख युनिट विद्युत ऊर्जाको माग भएकोमा बैशाख १६ गते बिहीबार दुई करोड ८१ लाख युनिट र १७ गते शुक्रबार दुई करोड ७२ लाख युनिट मात्रै विद्युत ऊर्जाको माग भएको विद्युत प्राधिकरणको तथ्यांक छ।

    गत बुधबार १४४० मेगावाट रहेको उच्चतम विद्युत माग पनि बिहीबार घटेर १३१० मेगावाट र शुक्रबार १३५० मेगावाटमा सीमित भएको छ। निषेधाज्ञा लाग्ने जिल्ला थपिदै जाँदा विद्युत माग पनि दैनिक १० लाख युनिटका दरले घटिरहेको छ।

    गत वर्ष भने विद्युत खपत घटेर एक समय एक करोड ८० लाख युनिटसम्म सीमित भएको थियो। जबकी त्यतिबेला सामान्यतया दुई करोड ४० लाख देखि ५० लाख युनिटसम्म मात्रै विद्युत माग हुने गरेको थियो।

    अहिले देशका २२ भन्दा बढी जिल्लामा निशेधाज्ञा छ। गत वर्ष भने ७७ वटै जिल्लामा एकै पटक बन्दाबन्दीको घोषणा गरिएका कारण विद्युत माग आधामा सीमित भएको थियो।

    कोरोनाको दोस्रो लहर पहिलेकोभन्दा निकै नै खतरनाक रहेको र संक्रमितको संख्या बढ्दै जाँदा ढिलो चाडो अन्य जिल्लाहरुमा पनि निषेधाज्ञा सुरु हुने संकेत देखिइसकेको छ। औद्योगिक क्षेत्र रहेका सबै जिल्लामा निषेधाज्ञा लगाउने वित्तिकै विद्युत खपत दुई करोड युनिटकै आसपासमा आउन सक्ने प्राधिकरणका अधिकारीहरुको आकलन छ।

    प्राधिकरणलाई टाउको दुखाई हुन सक्छ माथिल्लो तामाकोशी
    निर्धारित समयभन्दा धेरै ढिलो गरी आउन लागेको माथिल्लो तामाकोशी आयोजना विद्युत प्राधिकरणका लागि टाउको दुखाइ हुन सक्ने सम्भावना बढेको छ।

    अहिले नेपालले भारतबाट अधिकतम एक करोड ८३ लाख युनिटसम्म विद्युत ऊर्जा आयात गरिरहेको छ। अहिलेकै अवस्थामा तामाकोशी आउन सके भारतबाट आयात हुने विद्युतको हिस्सा कटौती हुने थियो। वर्षातमा भारतबाट आयात नगरेरै नेपालले माग व्यवस्थापन गर्न सक्थ्यो भने रातको समयमा मात्रै केही विद्युत खेर जाने अवस्था हुन्थ्यो।

     

    तर निषेधाज्ञा लागिसकेपछि आयोजनाले विद्युत उत्पादन सुरु गर्दा न देशभित्र खपत हुने अवस्था छ न त भारतमा निर्यात गर्ने कुनै सम्झौता नै भएको छ। त्यसैले सुरुङमा पानी भर्न सुरु गरिएको माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन मिति नजिकिदै गर्दा नेपालीलाई खुसी बनाए पनि प्राधिकरणलाई भने तनावमा धकेलेको छ।

    प्राधिकरणले आयोजनासँग लिए पनि नलिए पनि पैसा तिर्नैपर्ने विद्युत खरिद बिक्री सम्झौता गरेकाले उसको टाउको दुखाइ हुने देखिएको हो।

    भएकै विद्युत खपत हुन नसक्ने अवस्था आइरहेका बेला निर्माण सकिएर उत्पादनको चरणमा रहेका तामाकोशी, माथिल्लो दोर्दी, सिंगटी लगायतका आयोजनाबाट उत्पादन हुने करिब ५०० मेगावाट विद्युत सोझै खेर जाने अवस्था आउन सक्ने प्राधिकरणका अधिकारीहरुको आकलन छ।

    वर्षायाममा नदि प्रवाहमा आधारित निजी क्षेत्रका आयोजनाबाट समेत पूर्ण क्षमतामा विद्युत उत्पादन हुन्छ। तामाकोशी नआउँदा पनि वर्षायाममा पहिलेकै आयोजनाबाट उत्पादित विद्युत पनि खपत हुन सक्ने अवस्था थिएन। त्यसैमाथि तामाकोशी सहितका आयोजना थपिदा करिब एक हजार मेगावाट सम्मै विद्युत खेर जान सक्ने प्राधिकरण स्रोतको दाबी छ।

    ‘आयात गर्न स्वीकृति दिने भारत निर्यातको कुरै सुन्न चाहदैन’
    प्राधिकरणलाई भारतको प्रतिष्पर्धी बजारबाट विद्युत किन्न स्वीकृति दिएको भारत सरकारले नेपालको बिजुली उक्त बजारमा निर्यातका लागि भने अनुमति दिएको छैन।

    नेपालको बिजुली बंगलादेशसम्म निर्यात गर्ने सम्भावना भए पनि भारतको बाटो प्रयोग गर्नुपर्ने भएकाले पहिले भारतलाई नै खुसी पार्नुपर्ने बाध्यता नेपाललाई छ।

    भारतले आफ्नो बिजुली नेपाललाई बेच्न फटाफट स्वीकृति दिए पनि नेपालको बिजुली भारतीय बजारमा बेच्ने विषयमा तत्काल सकारात्मक नभएको स्रोतको भनाइ छ।

    शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते
    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.