• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मन्त्रीहरुलाई कोरोना संक्रमण भएपछि मन्त्रालयले काम कसरी गरिरहेका छन्?


  •   शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
  • काठमाडौं। मुलुक यतिबेला कोरोना संक्रमणले आक्रान्त बनेको छ। दैनिक संक्रमित हुनेको संख्याले नयाँ नयाँ रेकर्ड राखिरहेको छ। अस्पताल भरिभराउ छन्, अक्सिजन नपाएर बिमारी छटपटाएर मृत्यु वरण गर्नु परिरहेको छ।

    Advertisement

    यतिबेला कोरोना संक्रमणबाट आम सर्वसाधारण मात्रै संक्रमित भएका छैनन्, कोरोनाले उच्च पदस्थहरुलाई पनि छोडेको छैन। पूर्व राजादेखि पूर्व प्रधानमन्त्रीसम्म र मन्त्रीहरु पनि धमाधम संक्रमित भइरहेका छन्। कतिपय अस्पताल भर्ना भएका छन् भने कतिपय घरमै आइशोलेट भएर बसेका छन्।

    पछिल्लो समय नेपाल सरकारका ४ जना मन्त्रिहरु कोरोना संक्रमित भएर होम आइसोलसनमा छन्। उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकाल र खानेपानी मन्त्री मणि थापामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कसरी मन्त्रालयको काम कारवाही अघि बढीरहेको छ त?

    उर्जा जलश्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आफ्नो समन्वयमा काम भइरहेको जानकारी दिएका छन्। डिसी नेपालसँग कुरा गर्दै रायमाझीले मन्त्रालयबाट सम्पादन हुने काममा आफूले घरबाटै भए पनि समन्वय गरिरहेको बताए।

    कोरोना संक्रमण पुष्टि भएको १३ दिन भएको बताउँदै मन्त्री रायमाझीले भने, ‘मैले घरबाट भए पनि साथीहरुसँग समन्वय गरिरहेको छु। हामीले अहिले पनि विभिन्न काम गरिरहेकै छौं। जस्तो हाइड्रो पावरको काम, विद्युतको लाइन वितरणको काम र बजेट बनाउने काम पनि भइरहेको छ। आजसम्म मैले घरबाट भएर पनि समन्वय गरेको छु।’

    मन्त्रालयका सबै कर्मचारीलाई स्वास्थ्यको मापदण्ड अपनाएर काम गर्न अह्राएको उनले बताए। उनका अनुसार पछिल्लो समय बजेट बनाउने काम अलि बढी सक्रिय भएर गर्नु पर्ने भएकाले पनि केही चुनौती भएको र सकेसम्मको गर्न अह्राएको बताए। विद्युत खपत गर्ने र बिक्री वितरण पनि गर्ने कार्यमा पनि ध्यान दिन कर्मचारीलाई सुझाव दिएको उनले बताए।

    ‘हामीले कर्मचारीहरुलाई सिफ्टमा आउने भनेका छौं,’ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले डिसी नेपालसँग भनिन्, ‘नआउनेहरुलाई घरबाटै काम गर्न भनेका छौं। कतिपय आउनु हुन्छ कति आउनु हुन्न। समय अनुसार मिलाएर गरेका छौ।’

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतो पनि कोरोना संक्रमण भएर होम आइसोलेस छिन्। उनी नहुँदा मन्त्रालयको काम कसरी चलेको छ भनेर हामीले सचिव खतिवडासँग कुरा गरेका थियौं।

    हालसम्म एक तिहाइमात्र उपस्थित गराउने गरेको खतिवडाले जानकारी दिइन्। उनका अनुसार घरमा हुनेहरुलाई पनि स्ट्याण्डबाइ राखिएको र मन्त्रालयमा आवश्यक्ता पर्नासाथ उपस्थिति गराउन सकिने छ।

    सचिव खतिवडाले भनिन्, ‘महिला बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुसँगको सहकार्यमा काम गर्नु पर्ने भएकाले जोखिम पूर्ण मन्त्रालय पनि हो। हामीले हिंसामा परेका महिला, बालबालिकाका केन्द्रहरु छन्, उहाँहरुलाई जतिबेला पनि पास दिनु पर्ने हुन्छ, त्यसमा पनि लागि राख्नु पर्ने हुन्छ। त्यसैले सिफ्ट मिलाएर मन्त्रालयको काम नरोकिने गरी काम गरिरहेका छौं।’

    पछिल्लो समय बजेटको काम पनि गर्नु पर्ने भएकाले भीडभाड नहुने गरी त्यो काम पनि अघि बढी रहेको सचिव खतिवडाले जानकारी दिइन्।
    संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव यादवप्रसाद कोइराला मन्त्रालयको काम मन्त्रीको समन्वयमा भइरहेको बताउँछन्। डिसी नेपालसँग कुरा गर्दै सचिव कोइरालले ३३ प्रतिशत कर्मचारीलाई काममा लगाएको जानकारी दिए।

    उनले भने, ‘मन्त्रीज्यूलाई कोभिड भएको ५ दिन भयो। हामीले ३३ प्रतिशत कर्मचारीलाई काम लगाइरहेका छौं। पर्वतारोह र ट्रेकिङमा गएकाहरुको रेस्क्यू गर्नु पर्ने हुन्छ। रेस्क्यूका लागि उडान गर्न लागिएको हो भने अनुमति दिन्छौं। हैन भने अरु दिँदैनौ। अन्य उडानको लागि उड्यन प्राधिकरणलाई नै जिम्मेवारी दिएका छौं।’

    कोरोनाका कारण खासै काम नभएको उनको भनाइ छ। उनका अनुसार समन्वयका लागि कमिटी बनाएर काम भइरहेको छ। उनले भने, ‘नीतिगत कुरा असजिलो भयो भने, कानुनी जटिलता भयो भने फुकाउने काम मन्त्रालयको भएकाले कोडिनेसनको काम गर्न कमिटी पनि गठन गरेका छौं। सहसचिवको अध्यक्षतामा पर्यटन विभाका डिजी, पर्यटन बोर्डका सिइओलगायतका व्यक्तिहरुको समन्वय समिति छ।’

    उक्त कमिटीले असजिलो परेका काम सिफारिस गर्ने र त्यो काम मुख्यसचिव, सीसीएमसी वा क्याबिनेट कहाँ लानु पर्न त्यहाँ लाने मन्त्रालयले मन्त्रीकै समन्वयमा गरेको सचिव कोइरालाको भनाइ छ। ‘ होटल व्यवस्थापनका लागि टुरिजम बोर्ड र विभागलाई जिम्मेवारी दिएका छौं,’ उनले भने।

    शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.