काठमाडौं। पछिल्लो समय रियल मड्रिडका कप्तान सर्जियो रामोसको निकै चर्चा छ । ३५ वर्षीय रामोसको रियल मड्रिडसँगको सम्झौता अब सकिदैछ ।
जुलाई १ मा उनको क्लबसँगको सम्झौता सकिने भएकाले अहिलेसम्म उनले नयाँ सम्झौताको चासो देखाएका छैनन् । उनले रियल मड्रिडसँग नयाँ सम्झौता नगर्दा क्लब छाड्ने बताइएको छ ।
क्लबसँग खुशी नभएकाले उनले नयाँ सम्झौता नगरको बताइएको छ । क्लबसँग उनको बार्षिक तलब र सम्झौता अवधिमा कुरा नमिलेबो बताइएको छ ।
एक पत्रिकाका अनुसार उनले रियल मड्रिडसँगको १६ वर्षे लामो यात्रालाई टुंग्याएर क्लब छाड्ने निधो गरेका छन् । उनले रियलसँग ४ ‘च्याम्पियन्स लिग’ उपाधि ५ ‘ला(लिगा’ उपाधि सहित जम्मा २२ उपाधि जितिसकेका छन्।
